Pokharapatra National Daily

प्रधानन्यायाधीश विरुद्ध महाअभियोग

एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने भन्ने विवादमा अल्झिएको सत्तारुढ गठबन्धनले आइतबार अचानक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेका छन् । महाअभियोग दर्ता भएकाले प्रधानन्यायाधीश राणा निलम्बन भएका छन । सत्ता गठबन्धनको महाअभियोगको विपक्षी नेकपा एमालेले प्रतिवाद गर्ने भएको छ । गठबन्धन सम्बद्ध तीन नेता प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालबीच बालुवाटारमा भएको शनिवारको बैठकले प्रधानन्यायाधीश राणालाई महाअभियोग लगाउने तय गरेको थियो ।
बैठकमा प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पास गराउन साथ मागेपछि पुष्पकमल र माधवले त्यसको बदलामा प्रधानन्यायाधीश विरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन देउवालाई ‘सहमत गराएका थिए । सत्तारुढ दलका नेताहरूले अचानक आएको महाअभियोग दर्ताका पछाडिको कारण न्यायालयमा निरन्तरको गतिरोधको अन्त्य गर्ने दाबी गरेका छन । बाहिर प्रचारमा जे आरोप लगाएपनि गठबन्धन आवद्घ नेताहरूको सत्ता स्वार्थ र राजनीतिक मुद्दा र त्यसको लाभहानीको हिसाब गरेरै महाभियोग प्रक्रिया अघि बढाएको स्पष्ट छ ।
एमसीसी, स्थानीय निर्वाचन र माधव नेपाल सहितका १४ सांसदको मुद्दा फैसला लगायतका विषयले जबरा विरुद्ध महाअभियोग लगाउन तीन देउवा दाहाल र नेपाल तयार भएका हुनुपर्छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन थालेको एक सय दिन कटिसकेको थियो । जबराले ९० दिनदेखि बेन्च सम्हाल्न पाएकै थिएनन् । कानुन व्यवसायीको आन्दोलन होइन, सर्वोच्चका न्यायाधीश स्वयं बेन्च बहिष्कार गर्दा समेत गलेका थिएनन् प्रधानन्यायाधीश जबरा काममा फर्किन लागेसँगै सत्तारुढ दलहरूलाई अब यसबाट आफूहरूलाई हानी पुग्ने विश्लेषण शनिवारको बैठकमा चलेको थियो । त्यही आधारमा देउवा, दाहाल र नेपाल जबरालाई हटाउने निष्कर्षमा पुगेको विपक्षी एमालेको आशंका छ ।
एमसीसीमा अमेरिकालाई चिठ्ठी लेखेर उदाङ्गीएका माओवादी अध्यक्ष दाहाल त जसरी पनि गठबन्धन टुटे राजनीतिक भविष्य समाप्त हुने भएमा थिए नै । उता अदालतबाट पार्टी र पद दुवै गुम्ने भयमा थिए माधव नेपाल । प्रधानमन्त्री देउवा त एमसीसीको उपयुक्त मौका खोजेर बसेकै थिए । टुट्नै लागेको गठबन्धन र समाप्त हुन लागेको राजनीतिक भविष्यको अड्कलबाजीमा पुन गठबन्धनका तीन नेता एक भएका छन् । अन्तिम समयमा प्रधानन्यायाधीश विरुद्ध पास हुनै नसक्ने महाभियोग लगाएर उनीहरूले अस्थिरता र अदालतलाई आफ्नो अनुकूलको बनाउन खोजेका छन । बाहिर एउटा प्रचार गराएर भित्री अर्को काम गर्ने खुराफाती कामलाई निरन्तरता दिएका छन ।
यो प्रकरणले मन्त्रीको पदसँग परमादेश साटेर उदाङगीएको देउवा दाहाल र माधवको षडयन्त्रको चक्रव्युहँ मात्र बाहिर ल्याएको छैन परमादेश जारी गर्ने प्रधानन्यायाधीश जबरा स्वंयमलाई भष्म पारेको छ । महाअभियोग दर्ता गरे पनि सत्तारुढ दलसँग त्यसलाई पास गर्न आवश्यक सङ्ख्या छैन । पास नै नहुने महाअभियोग ल्याउनु पर्ने कारण भने गठबन्धन दलहरूले जबरा निलम्बनमा परिहाल्ने र तत्काल सुरक्षित होइन अनि प्रक्रिया पुरा हुने समयसम्ममा आफ्नो स्वार्थको पापड पेल्ने भित्री मनशाय हो ।
माधवको राजनीतिक पार्टी जोगाउने, सर्वत्र विरोध भइरहेको एमसीसीको पुन्तुरो खोल्ने र घोषणा भएको निर्वाचन रोकेर देशलाई गैर संवैधानिक बाटोमा हिँडाउने देउवा दाहाल र नेपालको यो उल्टो राजनीतिक यात्रा अझै कहाँसम्म पुग्ने हो टुङ्गो छैन । २०७४ सालको स्थानीय तहको निर्वाचन अधि प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउने काम ज जस्ले गरे अहिले पनि तिनकै अग्रसरता छ।पहिले पनि विपक्षी एमालेले प्रतिवाद गरेको थियोे । सधैं अस्थिरताबाट शक्ति आर्जन गर्ने सोच राख्ने को राजनीतिमा हावी रहेसम्म न्यायालय स्वतन्त्र रहन सक्नेछैन ।

प्रतिकृया दिनुहोस्

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...