Pokharapatra National Daily

चुनावका लागि सहमति

लामो समयको छलफलपछि सत्ता गठबन्धन दलहरू स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन । स्थानीय तहको निर्वाचन एक वर्षपछि गर्ने गरि कानुन संशोधनको तयारीमा सत्ता गठबन्धन दलहरू लागेका थिए । संघीयताको जग स्थानीय तहको निर्वाचन नगराउने खेलमा लागेका सत्ता गठबन्धनका शिर्ष नेताहरूलाई चौतर्फी दबाबपछि आउँदो जेठमा निर्वाचन गर्न राजी भएका छन । निरन्तरको छलफलपछि शनिबार बसेको गठबन्धनको दोस्रो बैठकले जेठभित्र स्थानीय निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमाले, मुख्य सत्तारूढ नेपाली काङ्ग्रेस, निर्वाचन आयोग कानुनविद, नागरिक समाज र स्थानीय तहका जनप्रतिनिधिको निरन्तरको दबाबले स्थानीय तहलाई रिक्त नराख्न बैठकले संविधानसँग बाझिने निर्वाचन कानुन संशोधन गर्न समेत सरकारसँग आग्रह गरेको छ ।
‘संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल निर्वाचित भएको मितिले ५ वर्ष हुने र कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ । ऐन बनाउँदा संविधानसँग बाझिने गरी कार्यकाल सकिनु २ महिनाअघि नै चुनाव हुने उल्लेख भएको छ । ऐनमा भएको त्रुटि सच्याउने र जेठमै स्थानीय निर्वाचन गर्ने विधि उपयुक्त हो भन्नेमा गठबन्धन पुगेको छ । गठबन्धनका केही नेता चुनावमा तालमेल हुने भएकोले चुनावमा जान तयार भएका छन । सरकारले मिति घोषणा नगरेसम्म अब त चुनाव हुन्छ भनेर ढुक्क हुने अवस्था बनेको छैन । २०७४ साल बैशाखमा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतनिधिहरुको कार्यकाल २०७९ जेठ ५ गते सकिदैछ । सत्तारुढ गठबन्धनमा जेठ ५ पछिमात्रै स्थानीय निर्वाचन गर्ने सहमति बनेको छ । आगामि जेठ ५ मा वागमती, गण्डकी र कर्णाली प्रदेश अन्तर्गत रहेका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिने छ । उनीहरुको कार्यकाल सकिएको हप्ता दसदिनमा स्थानीय निर्वाचन हुने सम्भावना रहेको गठबन्धनका नेताहरु बताउँछन् ।
‘जेठ ५ मा केही जनप्रतिनिधिहरुको कार्यकाल सकिन्छ । लामो समय स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउन सकिदैन । त्यसैले त्यसको हप्ता दसदिनमा हुनेगरी निर्वाचनको मिति तोकिने संभावना छ।सरकारले जेठ १५ गते निर्वाचनमुखी बजेट ल्याउने नियत लुकेको छ । जेठ ५ मा रिक्त हुने २ सय ८३ स्थानीय तहमध्ये २०७४ को परिणाम अनुसार नेकपा एमालेले प्रमुख जितेका १ सय २५, नेपाली कांग्रेसले प्रमुख जितेका १ सय ५ र नेकपा माओवादी केन्द्रले प्रमुख जितेका ४६ स्थानीय तह रहेका छन् । राप्रपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाले १—१ स्थानीय तहको प्रमुख जितेका छन् । स्थानीय तहको निर्वाचनको परिणामले संघीय र प्रदेशको निर्वाचन प्रभावित हुनेछ ।
स्थानीय निर्वाचन जेठमा गर्ने सहमति बनेसँगै सत्तारुढ गठबन्धनले तत्कालका लागि अर्ली इलेक्सनको च्याप्टर क्लोज भएको जनाएको छ । ‘सरकार बनाउन नसकेको अवस्थामा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष हुने सर्वोच्च अदालतको स्पष्ट फैसला भएकोले संसदीय निर्वाचन चाडै गर्ने सम्भावना नरहेको निष्कर्षमा गठबन्धनका सबै नेता पुगेका छन । नेकपा माओवादी, नेकपा एस, जसपा र कांग्रेसकै केही नेताहरु पहिले संसदीय निर्वाचन हुनुपर्ने पक्षमा रहँदै आएका थिए । ‘एउटै सरकारमा बसेर स्थानीय निर्वाचनमा एकले अर्कालाई हराउन लागेपछि सरकारको निरन्तरतामा पनि प्रश्न उठ्न सक्छ । त्यसैले चुनावी तालमेलको उपयुक्त मोडलबाट गठबन्धनले उपयुक्त समयमा निर्णय लिने समझदारी बनेकोछ । प्रतिनिधिसभालाई पूरा कार्यकाल सञ्चालन गर्न र संसदीय निर्वाचन सुनिश्चित गर्नपनि स्थानीय निर्वाचनमा तालमेलको सम्भावना भएको हो । त्यसकारण चुनावमा लान देउवाले सहमत गराएका छन ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...