हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
यश अघि माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु मचलीमा तथा १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । जहानीय निरंकुश राणा शासनको विरुद्ध वलिवेदीमा चढ्ने वीर शहिदलाई संझने गरिएको छ । उनीहरूको जीवन गाथालाई संझेमा शहिदको योगदान ताजा बनाउँछ । जस्ले लोकतन्त्र, राजनीतिक स्वतन्त्रता र नागरिक अधिकारका लागि लगि ज्यानको आहुती दिए उनीहरूलाई सहिद घोषणा गरिएको थियो । शहिदलाई सम्मान गर्ने सबैको साझा बनाउन सकेमा शहिद प्रतिको सच्चा श्रद्धाञ्जली हनेछ । आफ्नो देश संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोक हितमा व्यक्ति अमर हुन्छ । उनीहरुको सम्झनामा शिर निहुराउने अवस्था हरेक वर्ष आउने गर्छ । उनीहरुले पछ्याएको बाटोमा लाग्ने प्रण पनि गर्ने दिन सहिद दिवस हो ।
देश र जनताको हक अधिकार प्राप्तिका लागि आफ्नो जीवन बलिदान दिने सहिदको सम्झनामा सहिद सप्ताह मनाउने गरिएको छ । वि.स. २०१२ देखि माघ १६ गते शहीद दिवस मनाउने थालिएको छ । वि.स. ११९७ मा युवराज शास्त्री माघ १० गते काठमाडांै पचलीमा मृत्यु दण्ड दिइएको थियो । त्यस्तैगरी धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणा शासकले मृत्यु दण्ड दिएका थिए । तीनै सहिदले जनताको अधिकार प्राप्ति र राष्ट्रिय स्वाभिमानका लागि प्राणको आहुती दिएको हुँदा सहिदको संझना सहिद दिवस मनाउने गरिएको हो । चार जनालाई सहिद मान्नु अघि लखन थापा सहिद भएका थिए । लखन थापालाई पहिलो सहिद मान्ने गरिएको छ । नेपालमा प्रजातन्त्र पुनस्थापनाको लागि भएको आन्दोलनमा धेरैले ज्यान गुमाएका छन् । राणा कांग्रेसको सरकार बनेपनि चिनिया काजीले ज्यान गुमाउनु प¥यो । पंचायतीकालरात्रीको बेला धेरैले ज्यान गुमाए २०४६ को प्रजातन्त्र पुनस्थापनाको आन्दोलनमा शाहदत प्राप्त गर्ने १९ जनालाई सहिद घोषणा गरियो । प्रजातन्त्र पुनस्थापना पछि पनि जनताले अधिकार प्राप्तिका लागि आन्दोलन जारी राखे । त्यसबेला पनि शाहदत प्राप्त गर्नेहरुलाई राजनीतिक पार्टीले सहीद मान्न थालेका थिए ।
राजनैतिक दलले संचालन गरेको आन्दोलन, माओवादीले २०५२ साल फागुन १ गतेदेखि थालेको जनयुद्ध, २०६२÷०६३ को आन्दोलन, त्यसपछिका मधेश आन्दोलनमा राज्यबाट मारिएकालाई सहिद घोषणा गर्ने क्रम जारी रहेको छ । थारु आन्दोलन आदीवासी जनजाती आन्दोलनमा शाहदत प्राप्त गरेकालाई सहिद घोषणा गरिएको छ । दोश्रो जनआन्दोलन पछिका सरकारले विभिन्न दलले संचालन गरेका आन्दोलनमा मरेकोलाई सहिद घोषणा गर्ने र १० लाख रुपैया दिने गरिएको छ । नेकपाको सरकारले शसस्त्र द्वन्द्वमा मारिएका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा कार्यरत समेतलाई सहीद घोषणा गरिएको छ । नेपालमा अझै कति सहीद थपिने हुन टुङ्गो छैन ।
यसरी घोषणा गर्दै जादाँ सहीदको अपमान गर्ने काम मात्र भएको छ । कस्तालाई सहिद मान्ने भन्ने मापदण्ड पनि सरकार पिच्छे फरक फरक बनाउने गरिएको छ । सहीदलाई सस्तो बनाउने र १० लाख रुपैयामा तुलना गर्ने गरिएको छ । देश र जनताका लागि आफ्नो प्राण त्याग गर्ने सहिदलाई राज्यले घोषणा नगरे पनि नेपाली जनताले सम्झने र श्रद्धा गर्ने गरेका थिए । विभिन्न कालखण्डका सरकारले हचुवाको भरमा र सडक आन्दोलन गरेको भरमा सहिदको संख्या बढाउने गरेको छ । राज्य कोषबाट १० लाख लिनकै लागि सहिद घोषणा गरेर सहिदको अवमुल्यन गर्ने गरिएको छ । सारा देशले सहीद प्रति श्रद्धा गर्ने र उनीहरुले आन्दोलनमा पु¥याएको योगदानको कदर गर्न सकेमा मात्र सहीद दिवस मनाएको सार्थकता हुनेछ । सहीदप्रतिको सम्मान गर्न आन्दोलन र आन्दोलनका योद्धाहरुलाई विर्सन मिल्दैन । जसले ज्यान दिए, अंग भंग भए, सन्तान गुमाए, टुहुरा भए तिनका बारेमा पनि राज्यले सोच्नुपर्दछ । सहीद, सहीद परिवार र घाइते तथा अपाङ्ग राजनीतिक मुद्धा बनाउनु हुदैन । सहीद, योद्धा, घाइते, अपाङग र सहीद परिवारलाई सम्मान गरे मात्र सहीदहरुप्रति सच्चा सम्मान हुनेछ ।