Pokharapatra National Daily

माओवादीमा प्रचण्डको वर्चस्व

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी सदस्यहरूको नामलाई अनुमोदन गर्दै सम्पन्न भएको छ । महाधिवेशनको अन्तिम दिन आइतबार पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए । प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनले अनुमोदन गरेको थियो । महाधिवेशनको आठौं दिनमा केन्द्रीय कमिटी सदस्य चयनसंगै अन्त्य भएको घोषणा गरिएको छ । केन्द्रीय कमिटीले अध्यक्ष र पदाधिकारी चयन गर्ने र महाधिवेशन हलले अनुमोदन गराउने योजना सफल हुन सकेन ।
खुलाउन राजनीतिमा आएको माओवादीले अध्यक्ष लगायत पदाधिकारी महाधिवेशनको हलले अनुमोदन गर्नेछ भन्ने कार्यकर्ताको विश्वास थियोे । नेकपा एमालेको महाधिवेशनमा केपी शर्मा ओलीले महाधिवेशनको हलले दिएको म्याण्डेट अनुसार प्रस्तुत गर्दा अलोकतान्त्रिक भन्नेहरू अहिले मौन देखिएका छन । माओवादीले निर्वाचनको कुनै प्रकृयामा नगै केन्द्रीय सदस्यहरूको नामावली बन्द सत्रले सर्वसम्मत पारित गरेपछि निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरू नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीका निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य प्रचण्डले महाधिवेशनलाई संक्षिप्त सम्बोधन गरे । उनले विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक जेष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी गराएका छन ।
पार्टीका सर्वशक्तिमान अध्यक्ष प्रचण्डलाई देशभरबाट आएका प्रतिनिधले चुन्न पाएनन् । अध्यक्ष मात्र होइन, पार्टीको समग्र नेतृत्व चयन प्रक्रियामा नै उनीहरु भूमिकाविहिन बनेका छन।एमालेको महाधिवेशन गर्दा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधको अधिकार कुल्चिँदै नाम लिस्ट पढेको भनेर तिव्र विवाद भएको थियो । एमाले लोकतान्त्रिक भएन भनेर चिन्ता लिने र ओली कम्पनी भनेर चर्को बिरोध गर्नेछ माओवादीले त्यसबाट पाठ नसिकी झन खल्ती अनुमोदन गरेको छ । ओलीकै शैलीलाई पछ्याउँदै प्रचण्डले बन्दकोठामा लिस्ट बनाएर बन्दसत्रमा सुनाए । एमालेमा ओलीले पढेको लिस्टलाई चुनौति दिँदै केही नेताले उम्मेदवारी दिएपछि चुनाव भएको थियो । तर, माओवादीमा त्यो पनि भएन । प्रचण्डले सुनाएको सुचीलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेपछि चुनावको लेठो माओवादीले लिनु परेन । यसले एकातर्फ पार्टीमा प्रचण्डको एकमना प्रभूत्व त दर्शाएको छ नै, अर्कोतर्फ प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व चयन नगरेको आरोप माओवादीले खेपिरहनुपर्ने भएको छ ।
आफूसहित परिवारका तीन सदस्यलाई प्रचण्डले केन्द्रीय सदस्यको सूचीमा राखेका छन् । यदि उनीहरु प्रतिनिधिको भोटले केन्द्रीय सदस्य बनेको भए त्यसमा कसैले प्रश्न उठाउन सक्थेन । तर, प्रचण्डले टिका लगाएको शैलीमा परिवारका सदस्यहरुलाई केन्द्रय सदस्य तोक्दा त्यो उनीहरुकै निम्ति बेस्वादिलो बनेको छ । अध्यक्ष र पदाधिकारीको छनोट महाधिवेशनमा हुने–नहुनेबारे अन्योल थियो । त्यसो त माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेकोमा अघिल्लो दिन आएर मात्रै यसलाई महाधिवेशनमा रुपान्तरण गरेको हो । महाविधेशनमा कम्तिमा अध्यक्षको चयनमा आफूहरुले गर्न पाउने विश्वास प्रतिनिधिले राखेका थिए । अन्तिम दिन आज बन्दसत्रमा प्रतिनिधिहरुले हलबाटै छनोट गर्नुपर्ने माग पनि गरेका थिए ।
यदि प्रतिनिधिहरुलाई त्यो अधिकार दिइएको भए पनि प्रचण्ड नै अध्यक्ष बन्ने निश्चित नै थियो । तर, पार्टीको विधानलाई देखाउँदै प्रचण्डले अध्यक्षसहितका सबै पदाधिकारी भोली केन्द्रीय समितिले चयन गर्ने बताए । माओवादी विधानमा पदाधिकारीहरुको चयन पार्टीको केन्द्रीय समितिले गर्ने भनिएको छ । अध्यक्ष पनि एकजना पदाधिकारी नै भएकाले केन्द्रीय समितिले नै छान्न विधानअनुकुल हुने प्रचण्डको भनाइ थियो । माओवादी केन्द्रीय सदस्यको सूची प्रचण्ड आफैंले बनाएकाले केन्द्रीय समितिमा उनको एकछत्र दवदवा रहने निश्चित नै छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...