Pokharapatra National Daily

सडक महोत्सव पोखराको चिनारी

पोखराको लेकसाइड क्षेत्रमा सडकमै रेष्टुराँ राखेर परिकारको स्वाद लिन पाउने अवसर मिलाउन थालेको २२ वर्ष पुरा भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीलाई पोखरामा जाने र विदेशी पर्यटकहरुलाई समेत नयाँबर्षको रमाइलो मनाउन पाउँने मेला हो, पोखरा सडक महोत्सव । नेपालीहरुलाई पनि परिवार सहित घुमघाम गर्ने अवसर बनेको छ सडक महोत्सव । सडकमै रेष्टुराँको परिकारका साथै पर्यटकीय गतिविधि जानकारी गराउन सडक महोत्सव मनाउन थालिएको २३ औं वर्ष लागेको छ । रेष्टुरेष्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले बिहीबारदेखि सञ्चालन गरेको २३ औं संस्करणको सडक महोत्सव शनिबारसम्म चल्ने छ । कोभिडका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ । २ वर्षसम्म पर्यटकहरु आउन नसकेका कारण पर्यटन उद्योगमा परेको असरले धेरै क्षेत्रलाई असर पारेको छ । कोभिड विरुद्ध खोप पछि केही तङिग्रएला भनेर आशा गरेको बेला कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको कारण फेरी पर्यटन क्षेत्र प्रभावित भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर महोत्सव गरेमा नकरात्मक सन्देश जाने छैन ।
कोभिडका कारण उकुसमुकुस जीवन विताएका व्यक्तिहरुलाई नयाँ ठाउँ घुम्ने रमाइलो गर्ने इच्छा हुन्छ । संक्रमणका बीच पनि सडक महोत्सवको रमाईलो गर्न पाइने आशामा मध्यमस्तरका नेपालीहरु पनि पोखरामा आउने गरेका छन् । महोत्सवको बेला पोखराका पर्यटकीय स्तरका होटलहरु आन्तरिक पर्यटकले पनि भरिभराउ हुने गरेको छ । पर्यटन व्यवसायीहरुको सक्रियतामा मनाउन थालिएको सडक महोत्सवलाई पोखराका विभिन्न जातजातिले सघाउदै आएका छन् । आफ्ना मौलिक भेषभूषा र परम्परा झल्कने झाकी प्रर्दशन गरेर विविधतामा एकता प्रर्दशन गर्ने अवसर बनेको छ । त्यसमा सवैले सहकार्य गर्ने वातावरण वन्दै जानु महोत्सवको सफलता हो । सडक महोत्सव पोखराको ब्राण्ड बन्न सकेको छ ।
चाडपर्वका अवसरमा रमाइलो गरी मनाउने नेपालीहरुको परम्परा बन्दै आएको छ । हरेक चाडपर्वलाई मेला÷उत्सवको रुपमा मनाउने पोख्रेलीहरुले नमूना पेश गरेका छन् । मेलालाई नयाँ रुपमा मनाउने र पर्यटनसंग जोड्ने पोख्रेलीहरुको मौलिकता हो । मेलालाई महोत्सवको रुप दिएर त्यसमा विविधता दिनु परिस्कृत रुप हो । सबैलाई सामेल गराएर रमाइलो दिन सकेमा त्यसले निरन्तरता पाउँछ । मेला, महोत्सव सफल पार्न प्रायोजकले गर्ने सहयोग र दर्शकहरुको ओइरो लागेर पोखराकै चिनारी गराउन सकेको छ । मेला महोत्सव पर्यटन प्रबद्र्धन गर्न, मौलिक संस्कृतिको जगेर्ना र नयाँ संभावनाको खोजी गर्न सघाउ पु¥याउँछ । सडक महोत्सवको मुख्य आकर्षण साँझ र रातिको समयमा हुने भएको हुँदा सुरक्षा र यातायातको राम्रो प्रबन्ध हुनु पर्दछ ।
देश संघीय संरचनामा गएकोे हुँदा तीनै तहका सरकार मिलेर मात्र आफ्नो क्षेत्रको विकास हुन सक्छ । स्थानीय र प्रदेश सरकारले प्रदेश राजधानी पोखराको पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रसंग सहकार्य गर्नुपर्दछ । सरकार र निजी क्षेत्र मिलेर मात्र पोखराको पर्यटन विकास हुन सक्छ । पोखरा पर्यटकीय राजधानी घोषण नभएपनि पर्यटकीय प्रमुख गन्तब्य हो । कोरोनाले पर्यटन क्षेत्र वढी प्रभावित भएको हुँदा पुनस्र्थानका लागि सरल र सहुलियत ऋण प्रवाह गर्ने नीतिको लागि सरकारको ध्यान जानुपर्दछ । सरकारले पर्यटन क्षेत्रका व्यवसायीहरुलाई उभिनसक्ने वातावरण बनाउनु पहिलो कर्तव्य हो । सरकार र निजी क्षेत्रले कस्ता गतिविधी सञ्चालन गर्दा पर्यटकलाई आकर्षित गर्न सकिन्छ भनेर संघीय सरकारसंग योजना पेश गर्नुपर्दछ । पर्यटकको बसाई अवधि लम्ब्याउने र जीवनमा एक पटक पोखरा पुग्नैपर्ने रहेछ भन्ने सन्देश प्रबाह गर्ने काम पनि पोख्रेलीको हो । कस्तुरीलाई आफ्नै विना थाहा नपाएर भौतारिए झै स्थानीय र प्रदेशको अधिकार र महत्वलाई नबुझि केन्द्रीकृत शासन प्रणाली कै शैलीमा गतिविधि हुन थालेमा त्यसले केहि व्यक्तिलाई फाइदा पु¥याए पनि पोखरा र पोखरेलीले त्यसको फाइदा लिन सक्नेछैनन् । अग्रेजी नयाँ वर्षको अवसरमा भएको महोत्सवले पर्यटन क्षेत्रमा नयाँपन दिन प्रेरित गरोस भनि सफलताको शुभकामना व्यक्त गर्दछौं ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...