Pokharapatra National Daily

ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई ल्होसारको रुपमा मनाउने गरिन्छ । विभिन्न धर्म, जातजातिले आफ्नो धर्म, संस्कति र प्रचलन अनुरुप नयाँ वर्ष मनाउने प्रचलनले नेपालको छुट्टै पहिचान दिने गरेको छ । तमु जातिले परापूर्व कालदेखि पुस १५ लाई वर्ग फेरिने दिनको रुपमा लिएका छन् । वर्ग फेरिने दिन नै नयाँ वर्षको रुपमा धुमधामसंग मनाउँदै आएका छन् । ल्वों (गाई) वर्गलाई विदाइ गरि तो (बाघ) वर्गलाई स्वागत गरिएको छ । देशका विभिन्न ठाउँमा मात्र होइन संसारका विभिन्न ठाउँमा रहेका गुरुङहरुले भव्यताका साथ मनाउने गर्दछन्
एशिया महादिपका केहि मुलुकहरुमा नयाँ वर्ष ल्हो पद्धतिमा प्रचलित छ । ल्हो १२ वटा हुन्छन । विभिन्न १२ वटा पशुपंक्षीहरुको नामबाट १२ वटा ल्हो (वर्ग) को नाम रहेको छ । ल्हो वर्गलाई १२ वटा पशुपंक्षिको आधारमा वर्गिकरण गरिएको छ । च्यु (मुसा), लोङ (गाई÷गोरु), तो (बाघ), ह्यिव (बिरालो÷खरायो), मुप्री÷प्हु (गरुड), प्हि÷सप्रि (सर्प), त(घोडा), ल्हु (भेडा), प्र (बा“दर), च्ह्य (चरा), खि (कुकुर) र फो (मृग) वर्ग छन । ल्होसार मान्नु नै आफ्नो सांस्कतिक परम्परालाई मान्यता दिई समाजलाई व्यवस्थित गर्नु हो । ल्होसार मनाउने नेपाल मात्र नभई तिब्बत, चिन, भुटान र मंगोलिया आदि देशहरु छन् । चिनियाँ ज्योतिष शास्त्र र चाइनिज पात्रो अनुसार ल्होसार मनाउने गरिन्छ । ल्होसारलाई तोला, सोनाम, रग्याल्वो तीन थरीले मनाउने गर्दछन् । पौष कृष्ण पक्षको प्रतिपदा दिनदेखि अर्थात पुस १५ देखि तोला ल्होसार मनाउने गरिन्छ । नेपालमा गुरुङले महान् चाडको रुपमा मनाउने ल्होसार तोला भनिन्छ । माघ शुक्ल पक्षको प्रतिपदा देखि तामाङ, थकाली, हेल्मो, शेर्पा आदि जातिले मनाउ“दछन । सोनाम ल्होसार मनाउनेको संख्या बढी छ । त्यस्तै ग्याल्वो ल्होसार नेपालमा रहेका तिब्बतीहरुले फाल्गुण कृष्णपक्षको प्रतिपदाको दिनदेखि मनाउने गर्दछन् । वर्गलाई ल्हो र फेरिनेकर्मलाई सार (क्षार) भनिन्छ । तमु जातिले मनाउने नया“ बर्ष (ल्होसार) प्रकृतिसंग पनि सम्बन्धित छ । पुस १५ लाई सबै भन्दा लामो रातको रुपमा लिने गरिन्छ । पुस १५ पछि दिन लम्बिने गर्दछ । सूर्य पृथ्वीको उत्तरी दिशाबाट दक्षिण पुगी उत्तर फर्कन्छ । दिन छोटो र रात लामो हुने दिन पुस १५ भएको हुंदा प्रकृति नियमसंग सम्बन्ध छ । तमुहरुले सूर्यलाई मानेको हु“दा पुस १५ को ल्होसार को आफनै महत्व रहेको छ ।
संघीय सरकारले तमु ल्होसार पुस १५ गते देशभरि र विदेश स्थित नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले पनि सार्वजनिक विदा दिने निर्णय अघिल्ला वर्षदेखि गर्दै आएको थियो । नेपालमा ल्होसार कहिलेदेखि मनाउन थालियो भन्ने यकिन नभए पनि परापूर्वकालदेखि मनाउ“दै आएका छन् । गण्डकी प्रदेश गुरुङ जातिको ऐतिहासिक थाकथलोको रुपमा चिनिन्छ । गुरुङ जातिको उल्लेख्य बसोबास भएको हुँदा यस प्रदेशले ल्होसारलाई विशेष भव्य रुपमा मनाउने गरिएको छ । प्रदेश सरकारले ल्होसारको महत्व बुझेर विदा दिने निर्णय गर्नु स्वागतयोग्य काम हो । नेपाल संघीयतामा गएको अनुभूति गर्ने मौका पनि प्रदेशमा बसोबास गर्ने मुख्य जातिको चार्ड पर्वलाई विशेष रुपले मनाउनु हो । सबै जाति र धर्मको चाड पर्व उत्तिकै महत्वपूर्ण छन् । तमुजातिले बन्धुहरुवीच शुभकामना आदानप्रदान, मान्यजनबाट आशिर्वाद लिने, चेलीवेटीलाई खुवाउने, आपसी सम्बन्ध बलियो बनाउने काममा ल्होसारलाई लिने गरिन्छ । विदेशमा रहेका गुरुङ जातिले आफ्नो संस्कृतिको जगेर्ना गर्न ल्होसार पर्व भव्य रुपले मनाउने गरेका छन् । देशमा विभिन्न स्थानमा पनि समारोह हुँदै छन् ।
नेपालको संविधान २०७२ ले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको छ । बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक मुलुक भएको हुँदा सबैले मनाउने चाडपर्वलाई राष्ट्रिय मान्यता दिएको छ । सबै धर्मालम्वी भाषाभाषीको सँस्कृतिलाई एकआपसमा शुभकामना आदानप्रदान गरेमा सद्भाव कायम हुन्छ । समाजमा सद्भाव बिगार्न खोज्नेहरुलाई सबैले तिरस्कार गर्दै सामाजिक एकता कायम गर्न अगुवाहरु नै सकृय हुनु पर्दछ । जातिय सद्भाव र मेलमिलाप कायम राख्न र सबै जातजातिको पर्व सबैले शुभकामना साटासाट गर्न ल्वोङ वर्गले सबैलाई सद्बुद्धि देओस् भनि हामी देश विदेशमा रहनुभएका सम्पूर्णलाई शुभकामना दिन्छौ । विगतमा जस्तो धुमधनमसंग मनाउने गरिएको छ । कोरोना संक्रमण कायमै रहेको र नयाँ भेरियन्ट ओमीक्रोन फैलिरहेको अवस्थामा भिडभाड गर्नु उचित हुदैन । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर मनाए मात्रै संक्रमणबाट जोगिन सकिन्छ । ल्होसारले सबैलाई एकताको मालामा जोडिन सकोस् हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान जीवन्त राख्न संशोधन गर

नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर पनि बढ्दै गएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु...

साक्षरता अभियान प्रभावकारी बनाऊ

अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइएको छ । ५८ औं साक्षरता दिवस मनाईरहँदा अझै पनि...

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो...