Pokharapatra National Daily

चिनिया चासो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी टोलीले नेकपाको मामिलामा चासो देखाएक‍ो छ । शान्त कुटनीति गर्दै आएको चीनले भाइचारा सम्बन्ध कायम गरेको नेकपा विभाजन हुँदा गहिरो चासो देखाएको छ । पहिला चीन धाउने चलन थियो । अहिले चिनिया आउने गरेका छन । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यैचोको टोली आइतबार काठमाडौं आए लगत्तै भेटघाट तिब्र बनाएको छ । टोलीले आइतबार र सोमबार नेकपा विभिन्न शीर्षनेताहरुसँग भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता यैचोले सुरुमै शीतलनिवास पुगेर विद्या भण्डारीसँग कुराकानी गरेका थिए । त्यसपछि उनले आइतबार राति नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरे ।
सोमबार बिहान चिनियाँ टोलीले पूर्वप्रधानमन्त्री प्रचण्डसँग करिब डेढ घण्टा छलफल ग¥यो । सोमबारै अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि चिनियाँ टोलीले कुराकानी ग¥यो सोमबार बिहान प्रचण्ड निवास पुगेको यो टोलीले माधवकुमार नेपाललाई भने नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेको थियो । यस्तै डल्लु पुगेर वरिष्ठ नेता झलनाथ खनालसँग पनि कुराकानी गरेक चिनियाँ टोलीले नेकपाको विभाजनबारे राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरुसँग जिज्ञासा राख्दै विभिन्न प्रश्न सोधेका थिए । नेकपाका नेताहरुलाई भेटेर फेरि मिल्ने ठाउँ छ कि छैन भनेर चिनियाँहरुले चासो राखेका छन् ।
‘चिनियाँ टोलीको चासो के कारणले यस्तो भएको हो ? अब मिल्ने ठाउँ छ कि छैन भन्ने चासो राखेपनि कुनै राय सल्लाह दिने गरेका छैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रबक्ताले नेपालको घटनाक्रम बारे जानकार रहेको स्पष्ट पारेका छन । अन्तरिक मामिलामा कुनै दवाव नदिने अडान दोहो¥याएको छ।नेकपाका दुवै पक्षसँग भेटवार्ता भएपनि सबै विवरण आएका छैनन् । प्रचण्ड पक्षलाई केपी ओलीसंग मिलेर जान सकिने अवस्था कस्तो रहन्छ भन्ने चासो रहेको बुझ्न सकिन्छ । नेपाली जनता र नेकपा कार्यकर्ताको चाहना विपरीत नेताहरूको सत्ता स्वार्थ र देशमा स्थिरता नचाहनेको कारण घटनाक्रम बढेको हो ।
नेपालमा बहुमतको स्थिर सरकार बनेपछि सहकार्यको लागि तयार भएका देशका लागि अस्थिरताले चिन्तित बनाउँछ । नेपालको स्थिरता र विकासमा जोड दिदै आएको चीनको लागि अनुकूल अवस्था होइन । सकभर मिल भन्नू भाइचारा सम्बन्ध गरेको कारणले ठिकै हो ।नेकपा नेताहरूको जुँगाको लडाइँको कारण नेपाली जनता,पार्टी कार्यकर्ता मात्र होइन छिमेकी मुलुकले पनि राम्रो मान्न सकेका छैनन् । राजनीति भनेको संभावनाको खेल भएको हुँदा दुवै पक्षले गल्ती महसुुस गरेर जान सकिने आँट देखाउन सके ढिलोचाँडो फेरि एकता हुन सक्नेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...