Pokharapatra National Daily

चिनिया चासो

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी टोलीले नेकपाको मामिलामा चासो देखाएक‍ो छ । शान्त कुटनीति गर्दै आएको चीनले भाइचारा सम्बन्ध कायम गरेको नेकपा विभाजन हुँदा गहिरो चासो देखाएको छ । पहिला चीन धाउने चलन थियो । अहिले चिनिया आउने गरेका छन । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यैचोको टोली आइतबार काठमाडौं आए लगत्तै भेटघाट तिब्र बनाएको छ । टोलीले आइतबार र सोमबार नेकपा विभिन्न शीर्षनेताहरुसँग भेटवार्ता गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता यैचोले सुरुमै शीतलनिवास पुगेर विद्या भण्डारीसँग कुराकानी गरेका थिए । त्यसपछि उनले आइतबार राति नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरे ।
सोमबार बिहान चिनियाँ टोलीले पूर्वप्रधानमन्त्री प्रचण्डसँग करिब डेढ घण्टा छलफल ग¥यो । सोमबारै अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि चिनियाँ टोलीले कुराकानी ग¥यो सोमबार बिहान प्रचण्ड निवास पुगेको यो टोलीले माधवकुमार नेपाललाई भने नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेको थियो । यस्तै डल्लु पुगेर वरिष्ठ नेता झलनाथ खनालसँग पनि कुराकानी गरेक चिनियाँ टोलीले नेकपाको विभाजनबारे राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरुसँग जिज्ञासा राख्दै विभिन्न प्रश्न सोधेका थिए । नेकपाका नेताहरुलाई भेटेर फेरि मिल्ने ठाउँ छ कि छैन भनेर चिनियाँहरुले चासो राखेका छन् ।
‘चिनियाँ टोलीको चासो के कारणले यस्तो भएको हो ? अब मिल्ने ठाउँ छ कि छैन भन्ने चासो राखेपनि कुनै राय सल्लाह दिने गरेका छैनन् । चिनियाँ विदेश मन्त्रालयका प्रबक्ताले नेपालको घटनाक्रम बारे जानकार रहेको स्पष्ट पारेका छन । अन्तरिक मामिलामा कुनै दवाव नदिने अडान दोहो¥याएको छ।नेकपाका दुवै पक्षसँग भेटवार्ता भएपनि सबै विवरण आएका छैनन् । प्रचण्ड पक्षलाई केपी ओलीसंग मिलेर जान सकिने अवस्था कस्तो रहन्छ भन्ने चासो रहेको बुझ्न सकिन्छ । नेपाली जनता र नेकपा कार्यकर्ताको चाहना विपरीत नेताहरूको सत्ता स्वार्थ र देशमा स्थिरता नचाहनेको कारण घटनाक्रम बढेको हो ।
नेपालमा बहुमतको स्थिर सरकार बनेपछि सहकार्यको लागि तयार भएका देशका लागि अस्थिरताले चिन्तित बनाउँछ । नेपालको स्थिरता र विकासमा जोड दिदै आएको चीनको लागि अनुकूल अवस्था होइन । सकभर मिल भन्नू भाइचारा सम्बन्ध गरेको कारणले ठिकै हो ।नेकपा नेताहरूको जुँगाको लडाइँको कारण नेपाली जनता,पार्टी कार्यकर्ता मात्र होइन छिमेकी मुलुकले पनि राम्रो मान्न सकेका छैनन् । राजनीति भनेको संभावनाको खेल भएको हुँदा दुवै पक्षले गल्ती महसुुस गरेर जान सकिने आँट देखाउन सके ढिलोचाँडो फेरि एकता हुन सक्नेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...