Pokharapatra National Daily

अस्थिरताको शुरुआत

देशमा स्थिरताको जनताले दिएको मतलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का नेताहरूले अस्थिरतामा बदलिदिएका छन । झण्डै दुई तिहाइ सांसद प्रदेश र संघमा जितेर सरकार चलाएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विभाजित भएको छ।विभाजन वडा सम्म पुगेको छ।विभाजनका कारण नेकपाको सरकार भएका छ वटै प्रदेश सरकारमा परेको छ । बागमती र प्रदेश १का मुख्यमन्त्री डोरमणि पौडेल र शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निकटका मुख्यमन्त्री असुरक्षित छन।नेपाली काङ्ग्रेसको समर्थन भएमा केही प्रदेशका मुख्यमन्त्रीको पद जोगिए पनि सहजरूपमा सरकार चलाउने अवस्था छैन ।
प्रदेश नम्बर १ र वाग्मती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ भने गण्डकी र लुम्विनी प्रदेशको सरकार पनि हल्लिने लक्षण देखिएको छ । प्रदेश सभामा संख्याको खेल सुरु हुनुको अर्थ स्थानीय तहमा पनि असर पर्छ । संविधान जारी भएपछि आमचुनावबाट बहुमत पाएको सरकार ढलाउन सरकारमै भएका मन्त्री संलग्न हुनु फोहोरी खेल हो । विगतमा भएका जस्तै गतिविधि दोहोरिनु अस्थिरताले नेताहरूलाई कति गाँजेको रहेछ भन्ने प्रमाण हो ।अहिलेको क्रियाकलापले लोकतन्त्रप्रति नै वितृष्णा उब्जाउने र संघीयता नरुचाउनेलाई हौसला बढाउने काम गरेको छ ।
संसद् भंग गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दा तीन वर्ष पुरा नभएका प्रदेश सरकारमाथि प्रहार भएको छ। प्रदेश सरकारहरूले बल्लतल्ल गति लिने बेलामा फेरि अस्थिरता सुरु बनाउने काम भएको छ । नेपाली जनताले कम्युनिस्टहरूलाई देशैभर जस्तो सबै तहमा प्रचण्ड बहुमत दिनु गल्ती थियो भन्ने पनि सिद्ध भएको छ । कुकुरलाई घ्यू नपचे जस्तै कम्युनिस्टलाई बहुमत पच्दैन भन्ने सन्देश गएको छ। प्रधानमन्त्री ओलीले कुसमयमा गलत कदम चाले । तर, अरू नेताहरूले त्यसलाई सच्याउन भन्दा चर्काएर जनताका आकांक्षामा नै प्रहार गर्ने बाटो रोजेको देखियो । नेकपा नेताहरूसँग विनास गर्ने सोचाइ मात्र रहेछ भन्ने देखाएको छ ।
बहुमत अल्पमतको खेलले सरकार सधैं अस्थिर हुनेछ । विश्वासको मत लिन नसकेमा र एउटा दल तटस्थ बसेमा प्रदेश सभा भंग हुने अवस्था पनि छ । प्रदेश सरकारहरूलाई अस्थिर बनाउने प्रयास संघीयता विरोधीहरूका लागि सुनौला अवसर पनि बन्नसक्ने जोखिम छ । धेरै प्रदेशमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको समर्थन सरकारका लागि निर्णायक बन्न सक्ने देखिएको छ । नेपाली कांग्रेस सत्ताको लाभहानिको पछि लाग्ने कि संघीयता जोगाउन लाग्ने अहं प्रश्न उठेको छ । देशको पुरानो लोकतान्त्रिक पार्टीले स्थिरता,संविधानको रक्षा ,संघीयता जोगाउन कस्तो भुमिका खेल्छ भन्ने आम चासो छ । क्षणिक रिसमा आएर निर्णय लिने कम्युनिस्टको जस्तो गल्ती कांग्रेसले लिनुहुँदैन ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...