Pokharapatra National Daily

पोखराको सडक ब्यवस्थित बनाऔं

प्राकृति सुन्दरताले भरिपूर्ण पर्यटकिय नगरी पोखरा, गण्डकी प्रदेशको राजधानी भए पछि ब्यस्तबाट अस्तब्यस्त बन्दैगएकोछ । कमै मात्र ट्राफिक जाम हुने पोखरामा अहिले छिनछिमै टा«फिक जाम हुने गरेको छ । फोहरहरु पनि बढेको छ । सानो र सुन्दर नगरीलाई कसरी ब्यस्थित बनाउने भन्ने खाका अहिलेसम्म सार्वजनिक भएको छैन । पैदल यात्रुहरुको चाप पनि बढ्दै गएको छ । ट्राफिक लाईट छैन । जसको कारण दुर्घटना पनि बढेको देखिन्छ । सार्वजनिक, सरकारी र निजी सवारी साधनको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण पोखरा नगरी प्रतिदिन प्रदुषित बन्दैगए छ । महनगरले केहि ब्यवस्थीत गर्न खोजे पनि हुनसकेको हो ।
पोखरालाई सुन्दर, ब्यवस्थित र सफा शहर बनाउन धेरै गाहे कुरा छैन । दुर्घटना कम गराउन शहरका केही ठाउमा आकासे पुलको निमार्ण गर्नुपर्ने सार्थ पार्किङको समस्या भएको र नगरभित्र जग्गाको अभाव भएकोले गर्दा एकै संरचनामा धेरै सवारी साधन पार्किङको ब्यवस्था सहितको भवन निर्माण गर्न ढिलाई भइसकेको छ । पैदल यात्रुहरुलाई सुबिधा दिन ट्राफिक लाईटको ब्यवस्था गर्नुपर्ने देखिन्छ । जसले गर्दा दुर्घटनाको जोखिम कम हुन्छ । पोखरा महानगरलाई अहिले ब्यवस्थित बसपार्कको आवस्यक्ता ट्कारो रुपमा देखिएको छ । पर्यटकिय शहर भनेर चिनाउन पर्यटक भित्रिने ठाउमा नै फोहरको डङगुर र सवारी साधनको अस्तब्यस्ता देखिन्छ । महानगरमा चल्ने सवारीसाधनको ब्यवस्थापन आवस्यक्ता भन्दा बढी सवारीसाधन भित्र्याउन प्रोत्साहन नगर्ने र भएका सवाारीसाधनहरुलाई ब्यवस्थित गर्नुपर्ने देखिन्छ ।
लामो समय भयो अझै कोत्रे पोखरा सडक खण्ड निर्माण हुन सकेको छैन । उक्त बाटो बन्न ढिलाई भएका कारण यात्रुहरु तथा सवारीसाधन बिग्रने र दुर्घटना बढाउनेरेको छ । कोत्रे पोखरा सडक भत्केका कारण यात्रुहरु मर्कामा परेको छन् । कोत्रेको सडक जतिसक्दो छिटो निमार्ण सम्पन्न गर्नुपर्ने देखिन्छ । साथै पोखरालाई धुलो रहित शहर बनाउन आसपासका ग्रामिण क्षेत्रमा जथाभावी डोजर चलाउन नदिने गर्नुपर्दछ । सार्वजनिक जग्गाहरुको संरक्षण गरी बगैचा र पार्कहरु निमार्ण गर्नुपर्दछ । फेवातालको सफाई तथा संरक्षण गर्नुपर्ने । शहरलाई जोड्ने बाटोहरुको निमार्ण र पोखरा शहरलाई प्रबिधीले जोड्नु पर्ने । महानगरले दिने सेवाहरु छिटो छरितो र चुस्त हुनुपर्ने । समग्रमा पर्यटकिय नगरी पोखरालाई ब्यवस्थित बनाउन नेतृत्वमा इच्छाशक्ति हुन जरुरी छ ।
नगरबसहरु धेरै हुदा ट्राफिक ब्यवस्थापनमा पनि त्यतिकै समस्या उत्पन्न भएको देख्न सकिन्छ । नगरबसहरु धेरै भएका कारण यात्रुहरु अन्यौलमा परेको र कुन बस कुन ठाउमा कुन,कुन रुट भएर जान्छ भन्ने समेत जानकारी नभएको यात्रुहरु बताउछन् । बसहरुको होडबाजीले गर्दा यात्रुहरु घण्टौं बस भित्र बस्नुका साथै ठूला बस भएको कारण यात्रु नभरीए सम्म नजाने गर्दा अफिस, इस्कुल बिशेष कामले हिड्नेहरु समयमा पुग्न नपाएको गुनासो गर्दछन् । बस बिसौनीमा बसका लस्कर देखिन्छन् तर यात्रुहरुले खोजेका बेला गन्तब्यमा पुग्न नपाउनु यो कस्तो बाध्यता हो । नगर बस धेरै र ठूला हुनुले पोखरेलीलाई सुबिधा होइन सास्ती मात्रै थपिएको यात्रुहरु गुनासो पोख्छन् । बिद्यालय र कार्यालय समयमा यात्रुहरुको चहलपहल बढे पनि दिउसोको समयमा ठुला र लामा बसहरु कहिल्यै भरिएको देख्न पाईदैन । पाच पाच मिनेटको समा एकले अर्को लाई उछिन पाछिन गर्दै हिड्छन् यी बसहरु । यसले गर्दा पोखराका सागुरा सडकहरुमा ट्राफिक जाम हुने गरेका छन् । दिनानु दिन निजी सवारी साधन बढ्दै गईरहेको अवस्था छ । सार्वजनिक यातायातहरु पनि प्रसस्तै छन् । पोखराको ट्राफिक ब्यवस्थापनमा समस्या मात्रै होई दुर्घटनाहरु पनि बढीरहेका छन् । यी ठूला र लामा नगरबसहरुले अनावस्यक रुपमा बटुवाहरुलाई त्रास फैलाउने र फोहर पानी छ्याप्ने र धुलो उडाउने गरेरको बटुवाहरु गुनासो गर्दछन् ।
बिगतमा पोखरामा एउटै मात्रै बस ब्यावसायी समिति पोखरा बस ब्यावसायी समिति थियो । करिव दुई बर्ष अघि सिन्डीकेट तोड्ने बहानामा कास्की प्रशासनले अर्को बिन्दवासिनी बस ब्यावसायी समितिबाट धेरै बसहरु भित्र्याईयो । ब्यावसायीहरुको स्वस्थ्य प्रतिश्पर्दा हुनु स्वभाबिक कुरा हो तर प्रतिश्प्रर्दाको नाउमा सडक, यात्रु नहेरी स्वयं ब्यावसायी आफैलाई नै घाटा पर्ने गरी ब्यवसाय गरिएको देखिन्छ । राम्रा र सुबिधा सम्पन्न सार्वजनीक सवारीसाधन हुदा पनि यात्रुहरु कम छन् साथै यी सुबिधा सम्पन्न बस कुनै सिस्टममा नचल्दा यात्रुहरुले भएको सुबिधा प्रयोग गर्न समेत पाएका छैनन् । नगरबसहरु सुबिधा समन्न हुनु पर्दछ साथै यसलाई ब्यवस्थीत पनि बनाईनु पर्दछ । यात्रुहरुलाई समयमै गन्तब्यमा पु¥याउने सोच लिएमा यी बसहरु खाली खाली चलाउनु पर्ने बध्यता नरहन सक्छ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...