Pokharapatra National Daily

पोखराको सडक ब्यवस्थित बनाऔं

प्राकृति सुन्दरताले भरिपूर्ण पर्यटकिय नगरी पोखरा, गण्डकी प्रदेशको राजधानी भए पछि ब्यस्तबाट अस्तब्यस्त बन्दैगएकोछ । कमै मात्र ट्राफिक जाम हुने पोखरामा अहिले छिनछिमै टा«फिक जाम हुने गरेको छ । फोहरहरु पनि बढेको छ । सानो र सुन्दर नगरीलाई कसरी ब्यस्थित बनाउने भन्ने खाका अहिलेसम्म सार्वजनिक भएको छैन । पैदल यात्रुहरुको चाप पनि बढ्दै गएको छ । ट्राफिक लाईट छैन । जसको कारण दुर्घटना पनि बढेको देखिन्छ । सार्वजनिक, सरकारी र निजी सवारी साधनको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण पोखरा नगरी प्रतिदिन प्रदुषित बन्दैगए छ । महनगरले केहि ब्यवस्थीत गर्न खोजे पनि हुनसकेको हो ।
पोखरालाई सुन्दर, ब्यवस्थित र सफा शहर बनाउन धेरै गाहे कुरा छैन । दुर्घटना कम गराउन शहरका केही ठाउमा आकासे पुलको निमार्ण गर्नुपर्ने सार्थ पार्किङको समस्या भएको र नगरभित्र जग्गाको अभाव भएकोले गर्दा एकै संरचनामा धेरै सवारी साधन पार्किङको ब्यवस्था सहितको भवन निर्माण गर्न ढिलाई भइसकेको छ । पैदल यात्रुहरुलाई सुबिधा दिन ट्राफिक लाईटको ब्यवस्था गर्नुपर्ने देखिन्छ । जसले गर्दा दुर्घटनाको जोखिम कम हुन्छ । पोखरा महानगरलाई अहिले ब्यवस्थित बसपार्कको आवस्यक्ता ट्कारो रुपमा देखिएको छ । पर्यटकिय शहर भनेर चिनाउन पर्यटक भित्रिने ठाउमा नै फोहरको डङगुर र सवारी साधनको अस्तब्यस्ता देखिन्छ । महानगरमा चल्ने सवारीसाधनको ब्यवस्थापन आवस्यक्ता भन्दा बढी सवारीसाधन भित्र्याउन प्रोत्साहन नगर्ने र भएका सवाारीसाधनहरुलाई ब्यवस्थित गर्नुपर्ने देखिन्छ ।
लामो समय भयो अझै कोत्रे पोखरा सडक खण्ड निर्माण हुन सकेको छैन । उक्त बाटो बन्न ढिलाई भएका कारण यात्रुहरु तथा सवारीसाधन बिग्रने र दुर्घटना बढाउनेरेको छ । कोत्रे पोखरा सडक भत्केका कारण यात्रुहरु मर्कामा परेको छन् । कोत्रेको सडक जतिसक्दो छिटो निमार्ण सम्पन्न गर्नुपर्ने देखिन्छ । साथै पोखरालाई धुलो रहित शहर बनाउन आसपासका ग्रामिण क्षेत्रमा जथाभावी डोजर चलाउन नदिने गर्नुपर्दछ । सार्वजनिक जग्गाहरुको संरक्षण गरी बगैचा र पार्कहरु निमार्ण गर्नुपर्दछ । फेवातालको सफाई तथा संरक्षण गर्नुपर्ने । शहरलाई जोड्ने बाटोहरुको निमार्ण र पोखरा शहरलाई प्रबिधीले जोड्नु पर्ने । महानगरले दिने सेवाहरु छिटो छरितो र चुस्त हुनुपर्ने । समग्रमा पर्यटकिय नगरी पोखरालाई ब्यवस्थित बनाउन नेतृत्वमा इच्छाशक्ति हुन जरुरी छ ।
नगरबसहरु धेरै हुदा ट्राफिक ब्यवस्थापनमा पनि त्यतिकै समस्या उत्पन्न भएको देख्न सकिन्छ । नगरबसहरु धेरै भएका कारण यात्रुहरु अन्यौलमा परेको र कुन बस कुन ठाउमा कुन,कुन रुट भएर जान्छ भन्ने समेत जानकारी नभएको यात्रुहरु बताउछन् । बसहरुको होडबाजीले गर्दा यात्रुहरु घण्टौं बस भित्र बस्नुका साथै ठूला बस भएको कारण यात्रु नभरीए सम्म नजाने गर्दा अफिस, इस्कुल बिशेष कामले हिड्नेहरु समयमा पुग्न नपाएको गुनासो गर्दछन् । बस बिसौनीमा बसका लस्कर देखिन्छन् तर यात्रुहरुले खोजेका बेला गन्तब्यमा पुग्न नपाउनु यो कस्तो बाध्यता हो । नगर बस धेरै र ठूला हुनुले पोखरेलीलाई सुबिधा होइन सास्ती मात्रै थपिएको यात्रुहरु गुनासो पोख्छन् । बिद्यालय र कार्यालय समयमा यात्रुहरुको चहलपहल बढे पनि दिउसोको समयमा ठुला र लामा बसहरु कहिल्यै भरिएको देख्न पाईदैन । पाच पाच मिनेटको समा एकले अर्को लाई उछिन पाछिन गर्दै हिड्छन् यी बसहरु । यसले गर्दा पोखराका सागुरा सडकहरुमा ट्राफिक जाम हुने गरेका छन् । दिनानु दिन निजी सवारी साधन बढ्दै गईरहेको अवस्था छ । सार्वजनिक यातायातहरु पनि प्रसस्तै छन् । पोखराको ट्राफिक ब्यवस्थापनमा समस्या मात्रै होई दुर्घटनाहरु पनि बढीरहेका छन् । यी ठूला र लामा नगरबसहरुले अनावस्यक रुपमा बटुवाहरुलाई त्रास फैलाउने र फोहर पानी छ्याप्ने र धुलो उडाउने गरेरको बटुवाहरु गुनासो गर्दछन् ।
बिगतमा पोखरामा एउटै मात्रै बस ब्यावसायी समिति पोखरा बस ब्यावसायी समिति थियो । करिव दुई बर्ष अघि सिन्डीकेट तोड्ने बहानामा कास्की प्रशासनले अर्को बिन्दवासिनी बस ब्यावसायी समितिबाट धेरै बसहरु भित्र्याईयो । ब्यावसायीहरुको स्वस्थ्य प्रतिश्पर्दा हुनु स्वभाबिक कुरा हो तर प्रतिश्प्रर्दाको नाउमा सडक, यात्रु नहेरी स्वयं ब्यावसायी आफैलाई नै घाटा पर्ने गरी ब्यवसाय गरिएको देखिन्छ । राम्रा र सुबिधा सम्पन्न सार्वजनीक सवारीसाधन हुदा पनि यात्रुहरु कम छन् साथै यी सुबिधा सम्पन्न बस कुनै सिस्टममा नचल्दा यात्रुहरुले भएको सुबिधा प्रयोग गर्न समेत पाएका छैनन् । नगरबसहरु सुबिधा समन्न हुनु पर्दछ साथै यसलाई ब्यवस्थीत पनि बनाईनु पर्दछ । यात्रुहरुलाई समयमै गन्तब्यमा पु¥याउने सोच लिएमा यी बसहरु खाली खाली चलाउनु पर्ने बध्यता नरहन सक्छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...