Pokharapatra National Daily

कांग्रेसको कमाण्ड देउवालाई

प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा २७ सय ३३ मत प्राप्त गर्दै उनी सभापतिमा दोहोरिएका छन । पहिलो चरणको मतदानमा कसैको पनि बहुमत नआएपछि दोस्रो चरणमा देउवालाई हटाउनुपर्छ भन्नेहरूले समर्थन गरेर जितलाई सजिलो बनाउने काम गरे । काङ्ग्रेसमा नेतृत्व परिवर्तनको चाहना राख्ने नयाँ पिढीलाई खल्लो बनाइदिएको छ । देउवाले कुल खसेको मतको ५९.१२ प्रतिशत मत पाउँदा उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८ सय ५५ अर्थात् ४०.१३ प्रतिशत मत पाए । कुल खसेको ४६ सय २३ मतमध्ये ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । काङ्ग्रेसमा ६०% र ४०% को अवस्था कायमै रहेको छ। काङ्ग्रेसमा कोइराला परिवारसँग जुधेर देउवा शक्तिशाली बने ।
०७२ मा भएको १३औँ महाधिवेशनबाट देउवा पहिलोपटक सभापति निर्वाचित भएका थिए । पार्टीभित्र लामो अन्तर्संघर्ष गर्दै उनी नेतृत्वमा पुगेका हुन । ०६७ मा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका देउवा ०५७ मा पोखरामा सम्पन्न नवाँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । ०७० माघमा भएको संसदीय दलको नेताको चुनावमा पनि उनी सुशीलसँग पराजित भएका थिए । चर्को अन्तर्संघर्षकै कारण कारबाहीमा परेपछि देउवाले आफ्नै नेतृत्वमा ०५९ असारमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । ०६४ सम्म उनले त्यसको नेतृत्व गरे । अहिले उनी पाँचौँपटक प्रधानमन्त्री छन् । पार्टी
विभाजन गरेर फेरि त्यही पार्टीमा आएर दुई पटक सभापति र दुई पटक प्रधानमन्त्री बन्ने मौका पाउने भाग्यमानी बनेका छन ।
पहिलो चरणमा प्रतिस्पर्धामा उत्रिएका पाँच उम्मेद्वारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचन भएको थियो । कुल चार हजार सात सय ४३ मतदातामध्ये पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेका थिए, जसमा देउवाले दुई हजार दुई ५८ अर्थात ४८.२५ प्रतिशत मत पाएका थिए । जितका लागि उनलाई ८२ मत अपुग भएको थियो । दोस्रो चरणमा देउवाले नौ सय सात मतान्तरले जित निकालेका छन् । चुनावी रणनीति बनाउन माहिर देउवाले कट्टर आलोचकलाई पनि रातारात समर्थक बनाएर सबैलाई चित खुवाएका छन।विपक्षी र मिडियाको सहानुभूति नपाएका देउवाले सत्ता र शक्तिको आडमा पासा पल्टाउन सकिन्छ भन्ने सन्देश दिएका छन।जुन लोकतन्त्रका लागि घातक हो ।
पहिलो चरणमा सभापतिका अन्य प्रत्याशी प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ५० र कल्याण गुरुङले २२ मत पाएका थिए । पहिलो चरणको निर्वाचनमै झन्डै जितनजिक पुगेपछि देउवामा दोस्रो चरणमा इतरपक्ष मिलेको भए पराजित हुनुपथ्र्यो । त्यसैअनुसार उनले दोस्रो चरणको निर्वाचनको तयारी र संवाद अगाडि बढाए । आफूले हारे गठबन्धन सरकार जोखिममा पर्छ र त्यसो हुँदा कांग्रेस नेतृत्वमा चुनाव हुँदैन भन्ने देउवाको चेतावनी अर्थपूर्ण रह्यो । केन्द्रीय सदस्यमा मनोनीतदेखि आगामी चुनावमा टिकट वितरणसम्ममा सबै भागबन्डा र अन्यत्र लेनदेनका कारण सहज बनाउने बाटो निधि र सिंहले रोजे । अहिले समीकरण बने पनि सिटौलासँगको शक्तिसन्तुलन मिलाइराख्न देउवाले उनीहरू दुवैका प्रस्ताव स्विकारे । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला तटस्थ बस्दा पनि देउवालाई सहज वातावारण बन्यो । पहिलो चरणमा सिंह, निधि र गुरुङले कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा उठाएका थिए । त्यति मात्र होइन निधि र सिंहले त दोस्रो चरणमा धेरै मत ल्याउने इतर समूहका प्रत्यशीलाई समर्थन गर्ने घोषणासमेत गरेका थिए ।
कोइरालाको पक्षमा खुल्न चियापानमा पौडेलमाथि दबाब, तर मौन बसेर मतदान पनि बहिष्कार गरे दोस्रो चरणको
मतदानअघि सभापतिका दुवै प्रत्याशी देउवा र कोइरालालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मञ्च सेयर गर्ने अवसर मिल्यो । रामचन्द्र पौडेलजस्तै डा. शशांक कोइराला पनि कुनै उम्मेदवारतिर खुलेनन् । विचार समुहका ठूला नेता आफू बाहेक अरुलाई नेतृत्व सुम्पन तयार रहेनछन भन्ने छर्लङ्ग भएको छ । काङ्ग्रेसलाई भागबन्डाबाट जोगाएर विधि र नीतिका आधारमा चलाउने मौका देउवाले पाएका छन।देशको पुरानो र लोकतान्त्रिक पार्टीलाई लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा चलाउन सकेमा दोस्रो कार्यकाल उपलब्धिमूलक हुनेछ । काङ्ग्रेसको कमाण्ड समाल्ने ौका पाएका देउवालाई बधाई तथा शुभकामना ।

प्रतिकृया दिनुहोस्

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...