समाज जति विकसित र सभ्य हुँदै जान्छ त्यतिबेला मानवअधिकार पालना र हिंसाका घटना कम हुन्छन् । मानवअधिकार, न्याय र समानताका लागि वकालत गर्दै आएका देशमा हिंसा र विभेदका घटना कम हुने गरेको छ । अविकसित, गरिब, पछौटे चिन्तन र कुसंस्कार कायमै रहेका मुलुकहरुमा महिलामाथि हिंसा र विभेदका घटनामा कमि आउन सकेको छैन । कोभिड–१९ का कारण हिंसा र दुव्र्यवहारका घटना सार्वजनिक हुन पाएनन । सार्वजनिक भएका घटना पनि प्रहरी र प्रशासन समक्ष पुग्न सकेन । हिंसा र दर्ब्यवहारबाट पीडितले न्याय पाउने अवस्था नभएपछि आत्महत्या गर्नुपरेको घटना सार्वजनिक भएका छन ।
महिला विरुद्ध भैरहेको हिंसा विभेद र अन्याय अन्त्य गर्न संचालन हुने विभिन्न अभियान मध्ये अन्तर्राष्ट्रिय रुपमा मनाउने गरिएको लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । यस वर्ष “घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौं “भन्ने राष्ट्रिय नारा तय गरिएको छ। नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी यो अभियान संचालन गरिन्छ । सन् १९९९ देखि यो दिवस संसारभरी विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइंदै आइरहेको छ । नोभेम्वर २५ महिला माथि हुने हिसांको अन्त्य गर्ने दिवसको छुट्टै महत्व छ । डोमिनिकन रिपब्लिकको निरंकुश र अत्याचार शासकको विरुद्ध आवाज उठाउने दुई बहादुर दिदीबहिनी मिरावल र पेट्रिकाको निरंकुश सरकारले १९६० मा हत्या गरेको थियो । सयुक्त राष्ट्र संघको महासभाले १९९९ मा ति हत्या गरिएको मिरावल पेट्रिकाको स्मृतिलाई जिवन्त राख्न महिला विरुद्धको हिंसा अभियान शुरु गरिएको हो ।
महिला हिंसा विरुद्धको अभियान सुरु हुँदा पनि महिलामाथीको हिंसाका समाचार तारन्तर आउने गरेका छन् । संचार माध्याम र समाजिक सञ्जालबाट आएका समाचारलाई हेर्ने हो भने हाम्रो समाज बैदिक परम्परा र व्यवहारबाट बाहिर गएको छ । महिला विरुद्धको हिंसा नितान्त मानवअधिकारको हनन् हो । महिला विरुद्धको हिंसा लैंगिक असमानताको उपज हो । जुन समाजमा महिला र पुरुष वीच असमान व्यवहार छ त्यहाँ महिला माथिको हिंसा बढी छ । वैद्धिक सनातन हिन्दु अनि हाम्रो बैदिक परम्पराको व्यवहारिक नियममा महिला पुरुष दुबैलाई समानता र आधार दिएको छ । जे जति घटनाहरु सार्वजनिक भएका छन् ती घटनाहरु कहालीलाग्दा छन् महिला माथि हुने हिंसा मानवअधिकार विरोधीकार्य हो भन्ने कुरा स्थापित गराउन संचारमाध्यमले सशक्त भूमिका खेल्दै आएका छन् । १६ दिने अभियानमा मात्र ति कुरा उजागर गरेर पुग्दैन । ३६५ दिनमा नै महिला हिंसा विरुद्धका घटना सार्वजनिक गरेर ग्रामिण तहदेखि राष्ट्रिय स्तर सम्म पु¥याउन सक्नुपर्दछ ।
प्रहरीमा जादा उजुरी लिन आलटाल गर्ने, पिडकलाई प्रशासनिक संरक्षण र अदालतले गर्ने फैसला कार्यान्वयनमा ढिलाईले पनि महिला हिंसामा कमि आउन सकेको छैन । सरकारले महिला माथि एसिड प्रहार गर्ने र वलात्कृत महिलाको उजुरी नलिने र पीडकलाई संरक्षण गर्ने र मिलापत्र गराउनेलाई कैद सजायँ गर्ने कानुन केपी शर्मा ओली सरकारले अध्यादेश मार्फत ल्याएको थियो । राजनीतिक उतारचढावले गर्दा संसद्ले कानुन बनाउन सकेको छैन । सरकारलाई यस्ता मुद्दा भन्दा गठबन्धन टिकाउनु मुख्य काम भएको छ । महिलामाथि हुने हिंसा कम गर्न । सरकारले मात्र गरेर पुग्दैन । घरैबाट शुरु गरे मात्र महिला हिंसा अन्त्य गर्न सकिन्छ । महिला हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र संचार माध्यमले ससक्त भुमिका खेल्न सकेमा मात्र महिलामाथि हुने हिंसा, यौन दुव्र्यवहारका घटनामा कमि आउनेछ । १६ दिने अभियान चलाएको सार्थक हुनेछ ।