Pokharapatra National Daily

जनगणनालाई सबैले सघाऔं

राष्ट्रिय जनगणना आजदेखि शुरु हुँदैछ । प्रत्येक दस वर्षमा हुने जनगणनाको यो बाह्रौं संस्करण हो ।आगामी मङ्सिर ९ गतेसम्म जारी रहनेछ । कोभिड–१९ का कारण जनगणना ढिलो भएको छ।देशका सबै वर्ग,समुदाय परिचालन हुने जनगणनाका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्नेछन् ।त्यसका लागि करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गरिने भएको छ ।
जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ । जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । यश अघिको भन्दा यसपटक धेरै पक्ष समेटिएको प्रश्नावली राखिएको छ । जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने बनाइएको छ ।
यसपटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा इ–सेन्ससविधि अपनाई वेबसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण सङ्कलन गर्न लागिएको छ । घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरिएको छ । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन दुई वर्षको समय लाग्ने बताइएको छ । हरेक दश वर्षको अन्तरालमा गरिने जनगणनाले राष्ट्रिय र स्थानीयस्तरमा आधारभूत जनसंख्याको तथ्याङ्क तयार गरी आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मूल्याङ्कनसँग सम्बन्धित सामाजिक, जनसाख्यिक र आर्थिक सूचकको लागिसमेत सूचना प्रदान गर्न सकिने हुँदा तीन तहका सरकारले सघाउनु पर्दछ । राजनीतिक दलले पनि सघाउन आफ्ना सदस्यहरूलाई आग्रह गरेका छन।कोही नछुटुन, कोही नदोहोररिउन भने मान्यताको आधारमा जनगणनामा सबैले सघाउनु आबश्यक छ ।
जनगणनाले कुन ठाउँमा कति मानिसको बसोबास छ, कुन समुदायका र कुन उमेरका मानिसको बसोबास छ, शिक्षा स्वास्थ्य र मानव विकासको अवस्था के छ भन्ने देशैभरिका नागरिकको सूचना एकैपटक उपलब्ध गराउँदछ,’ । ‘देशमा रोजगार, बेरोजगार नागरिक कति छन्, वैदेशिक रोजगारीमा छन्, यी सबै जानकारी जनगणनाबाट नै प्राप्त हुन्छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो जनगणना पनि भएकाले संघीयता अवलम्बन गरिसकेपछि यसले जनतालाई राज्यले उपलब्ध गराउने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन के कस्तो रणनीति अपनाउनु पर्छ भन्ने मार्ग निर्देशनसमेत यसबाट हुनेछ । हरेकले आफ्नो घरमा आउने गणकलाई सही विवरण टिपाएर सहयोग गर्नुपर्छ । जनगणना सफल पार्न सबै राजनीतिक दल, संघ संस्था, नागरिक समाज र संचार माध्यम र पत्रकारको पनि उत्तिकै महत्त्व छ।राज्यले सबैको सहयोग र साथ लिएर सफल पार्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्षले सकारात्मक सोच ल्याउन सकोस

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८२ शुरु भएको छ...

दुई दशकमा फेवा नववर्ष महोत्सव

पोखराको लेकसाइडमा फेवा नव वर्ष महोत्सव २०८२ सुरु भएको छ । २० औं संस्करणको फेवा नव वर्ष महोत्सव होटल संघ पोखरा नेपालले आयोजना गरेको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

प्रेसलाई आङ्कित नबनाऊ

नागरिक संस्था मध्येको जेठो संस्था नेपाल पत्रकार महासंघ सत्तरी वर्षमा प्रवेश गरेको छ । बीस २०१२ साल चैत १६ गते स्थापना दिवस र संस्थापक सभापति...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

अन्तर्राष्ट्रिय महिला दिवस

११५औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वका महिलाले एकैसाथ मनाउँदै छन् । अन्तर्राष्ट्रिय महिला दिवस भन्दा उत्पीडित महिलाको आवाज बुलन्द पार्ने अवसर हो । श्रमिक महिलाहरुले समान...