Pokharapatra National Daily

दशैंको शुभकामना

नेपालीहरुको महान चाड वडादशैंले सबैलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई असत्यमाथि सत्यको जित भएको हुँदा त्यसलाई विजया दशमीको रुपमा मनाउने गरिन्छ । प्रतिपदाको दिन घटस्थापनामा रोपेको जमरा दशमीको दिन प्रसादको रुपमा लगाउने गरिन्छ । मानव जीवनमा शक्तिको आवश्यकता पर्ने हु“दा दुर्गा भवानीबाट शक्ति प्राप्त होस् भनि उपाशना गरिन्छ । दुर्गा भवानीलाई शक्ति प्राप्त गरेपछि असत्यमाथि सत्यको जितको रुपमा लिइने गरिएको छ । बडादशैं हिन्दुहरुको चाड भनिए पनि यो राष्ट्रिय चाडको रुपमा रह“दै आएको छ । दशैंलाई धार्मिक आध्यात्मिक र सांस्कृतिक चा“डको रुपमा विभिन्न कोणबाट लिने गरिएको छ ।
दशैलाई धार्मिक मात्र नभई सांस्कृतिक आध्यात्मिक रुपमा पनि लिन थालेका छन् । दसैँ धार्मिक भन्दा पनि नेपालीको मौलिक पहिचानसहितको सांस्कृतिक पर्व हो । संसारभर नेपाली जाति जहाँ पुगे पनि दसैँ आफ्नै शैलीमा मनाउँछन् । दशै पारिवारिक पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो । वर्षभर घरबाहिर भएकाहरू पनि आआफ्ना परिवारसँगै दसैँ मनाउन फर्कने चलन छ । यस वर्ष भने घरबाहिर रहेकाहरू परिवार भएका ठाउँमा फर्कन निकै सोचविचार गर्नुपर्नेे देखिएको छ । यो पक्कै पनि सुखद अवस्था होइन । घर फर्केर पनि छरछिमेकी, इष्टमित्र, साथीसँगातीसँग भेटघाट र रमाइलो गर्न निकै सावधान हुनुपर्ने स्थिति छ । कोही पनि आफ्नो परिवार वा समुदायमा कोभिड—१९ को संक्रमण फैलाउने कारक बन्न त पक्कै चाहँदैन । परीक्षण नगरिएकाहरू मात्र हैन परीक्षणमा संक्रमण मुक्त देखिएको व्यक्तिसमेत कुनैपनि क्षण संक्रमित र संक्रमणको वाहक हुनसक्छ । सबैलाई दशैंमा कोभिड विरुद्धको खोप उपलब्ध गराउने सरकारले गरेको बाचा पुरा हुन सकेको छैन् । केही सहर बजार र पहुँच हुनेले बाहेक खोप पाउन अझै कुर्नु पर्ने भएको छ । यसैले दसैँका अवसरमा परिवार र समुदायमा आफ्नो कारणबाट संक्रमण फैलन नदिन कसैले पनि हेलचेक्य्राइँ गर्नु हुँदैन । खोप लगाएकाले नलगाएका पनि छन् भन्ने पनि सोच्नु पर्दछ । विज्ञले तेस्रो लहर आउन सक्ने चेतावनी दिएको हुँदा उच्च सावधानी अपनाउनु पर्ने खाँचो छ । स्वास्थ मापदण्ड पालना गरेर आफ्नो चाड मनाउन अहिलेको वाध्यत्मक अवस्था पनि हो ।
दशैंमा बजार अनुगमन नहुँदा अस्वाभविक मूल्य बृद्धि, अखाद्य बस्तु बिक्री गर्ने र जोखिमपूर्ण सवारीसाधन चढेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सरकारले व्यापारीहरुलाई अनुकुल हुने गरी अनुगमन गरेपनि झारा गर्ने गरेको छ । जनताको जीवन स्तर खस्किदै गएको बेला कसरी राहत र सेवा सुविधा उपलब्ध गराउने कहिल्यै सोचेन चाडको मुखमा जम्बो मन्त्री मण्डल गठन गर्ने छोडड्नुपर्ने बेला झण्डा हालेर टिका लगाउनु पर्ने जस्ता क्रियाकलापले सरकार जनता प्रति हैन आफ्नै सेवा सुविधाप्रति लिप्त छ भन्ने देखाउछ । सुकुम्वासीलाई बसोबासको व्यवस्था दिलाउनु पर्ने बेलामा गोली प्रहार गरेर ज्यान लिने काम गरेको छ । रमाइलोसँग चाड मनाउनुपर्ने बेला सुकुम्वासीले शोक मनाउनुपर्ने अवस्था आउनु विडम्बना हो । तीन वटै तहका सरकारले जनताका आकांक्षा पुरा गर्न सकेका छैनन् । चुनाव अघि गरेका बाचा कार्यान्वयनमा नआउदाँसम्म जनताले विश्वास गर्ने आधार बन्दैन । सबै मिलेर कोभिड महामारीले पु¥याएको विनासलाई रोक्न र देशलाई राजनीतिक स्थीरता दिन, आर्थिक सम्बृद्धिको बाटोमा लाग्न र सबै नेपाली एकजुट भएर राष्ट्रियताको रक्षा गर्न दुर्गा भवानीले सबैलाई शक्ति प्रदान गरुन भनी देशविदेशमा रहनु भएका सबै नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना टक्राउछौं ।

प्रतिकृया दिनुहोस्

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान जीवन्त राख्न संशोधन गर

नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर पनि बढ्दै गएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु...

साक्षरता अभियान प्रभावकारी बनाऊ

अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइएको छ । ५८ औं साक्षरता दिवस मनाईरहँदा अझै पनि...

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो...