Pokharapatra National Daily

कांग्रेसको पालिका अधिवेशन

नेपाली काँग्रेसमा पौने छ वर्ष पछि वडा र पालिका तहले नयाँ नेतृत्व पाएको छ । कांग्रेसको १४आँैं महाधिवेशन प्रक्रियाअन्तर्गत पालिका अधिवेशन भएका छन । सदस्यता विवादका कारण केही जिल्लामा वडा अधिवेशन हुन सकेका छैनन् । वडाबाट प्रतिनिधि छनौट हुनुपर्ने भएकोले वडा अधिवेशन सक्ने गरि विवाद हल गर्न नेतृत्व लचिलो बन्नुपर्छ । काङ्ग्रेसको महाधिवेशनको कार्यतालिका फेरिदै आएको छ । पालिका तहको अधिवेशन सक्ने पक्षमा सबै गुटको सहमति देखिन्छ । यो अवसरलाई विवाद समाधानतर्फ लानु जरुरी भएको छ । छ पटक कार्यतालिका फेरेको काङ्ग्रेसले ४१ जिल्लामै भदौ १८ गतेबाट वडामा अधिवेशन शुरु भए पनि अन्य जिल्लामा क्रियाशील सदस्य विवाद हल हुँदै गएका छन । अब ७ जिल्लाको जिल्लाको क्रियाशील सदस्यता टुङ्गिन बाँकी छ।अधिवेशन भएका वडामा धेरैजसो निर्विरोध भएको छ । थोरैमात्र वडामा चुनाव भएको छ।सदस्यता टुङ्गो लगाउनु अघि देखिएको विवाद वडा अधिवेशनमा भएन।कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि धेरै क्लस्टर भएको हुँदा चर्को प्रतिस्पर्धा गर्नुपर्ने अवस्था देखिएको छैन ।
कोरोना(कोभिड–१९) भाइरसको संक्रमण र विभिन्न जिल्लामा बाढी पहिरोलाई चिर्दै वैधानिकता जोगाउन महाधिवेशनमा होमिएको छ । पटक पटक विभिन्न तहको अधिवेशनको कार्यतालिका तोक्ने तर अन्तिम समयमा स्थगित हुने अवस्थाबाट समयमा सीमा घर्कदै गएको थियो । यो अवस्थाबाट अगाडि बढेर काँग्रेसले पछिल्लो पटक तयार गरेको निर्धारित कार्यतालिका अनुसार नै वडा तहबाट निर्वाचन प्रक्रिया सुरुवात गरेको छ । यसबाट कुनियत नराखेको अवस्थामा काँग्रेसको महाधिवेशन हुन्छ भन्ने आधार तयार भएको छ । काँग्रेसले यस पटक विधानत साङ्गठनिक संरचनालाई व्यापक परिवर्तन गरेको छ । वडामा सभापति, उपसभापति, सचिवलगायत मुख्य पद निर्वाचनकै माध्यमबाट नेतृत्व स्थापित हुने विधान बनाएर काँग्रेसले नेता कार्यकर्तालाई जनस्तरमा भिज्नुपर्ने, रम्नुपर्ने सन्देश दिएको छ । अर्कोतर्फ, पार्टीले समावेशी प्रतिनिधित्वका आधारमा नेतृत्व विकास गर्ने अवसर दिन खोजेको छ । अब वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिबाट काँग्रेसको गाउँ तथा नगरपालिका, प्रदेश, क्षेत्र, जिल्ला तहको नेतृत्व चयन हुनेछ । वडा अधिवेशनकै जगमा पार्टीले प्रदेश स्तरको संरचना पहिलो पटक बनाउँदैछ । मुलुकमा संघीय संरचना अनुरूपको संविधान जारी भएको सात वर्ष भए पनि राजनीतिक पार्टीहरू विधिविधान र निर्वाचन अनुरूप आन्तरिक संरचना तयार गर्न सकेका थिएनन् । काँग्रेसले भने अब संविधानको मर्म र भावनाअनुसारको पार्टीको संरचना बनाउने
भएको छ ।
कांग्रेसको क्रियाशील सदस्य यो पटक दोब्बरले विस्तार गरी आठ लाखभन्दा बढी पुगेको छ । त्यसमा पनि युवाको सक्रिय उच्च हुँदै गएको छ । क्रियाशील सदस्य, शुभेच्छुक नेता कार्यकर्ताका लागि पार्टी महाधिवेशन एक खालको राजनीतिक पर्व नै हो । नेता कार्यकर्तामा गाउँगाउँमा पुगेका छन् । यसले नेता कार्यकर्तामा एक खालको उत्साहमा वृद्धि हुनुका साथै मुलुककै राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरिदिएको छ । पार्टीका केन्द्रीय सदस्यबाहेक केन्द्रीय महाधिवेशनमा आउन सबैले गाउँबाटै नेतृत्व चयन भएर आउनुपर्नेछ । काँग्रेसको अधिवेशनले पार्टीको वडा, नगर, प्रदेश, क्षेत्र, जिल्लामा सबल नेतृत्व मात्रै स्थापित हुने छैन, वडा तहदेखि नै हुने पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्रलाई सबल बनाउन योगदान दिन सक्नेछ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सौन्दर्य पक्षका रूपमा लिइन्छ र काँग्रेस अहिले त्यसैको अभ्यासमा छ । कांग्रेसले प्रतिस्पर्धी दल भन्दा राम्रो बन्नु भन्दा अरु दल फुटाउने कलंकको टीका लगाउनु दुखद हो ।
लोकतन्त्र र जनताका अधिकारका लागि लडेका राजनीतिक दलहरू लोकतन्त्रका आधारस्तम्भ नै हुन् । पार्टी जति बढी आन्तरिक लोकतान्त्रिक संरचना र गतिविधिमा सहभागी हुन सक्यो, त्यसले मुलुकको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने गर्छ । दलहरु बलिया भएको कसैले पनि लोकतन्त्र खोस्न सक्दैन । लोकतन्त्रमार्फत संघीयता, समावेशी, समानुपातिक सहभागिता तथा युवा प्रतिनिधित्वलाई थप बलियो हुनेछ । महाधिवेशनबाट आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुनेछ । यसले पार्टी, लोकतन्त्र र सिङ्गो राष्ट्रको बहुआयामिक भविष्य निर्माणका लागि सकारात्मक परिणाम दिन सक्छ । नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा आफ्नो नेतृत्व स्थापित गर्दै आएको काँग्रेसको महाधिवेशनलाई पार्टीको आन्तरिक जीवनमा मात्रै होइन, पार्टी बाहिरको राजनीतिक वृत्तबाट समेत निकै चासो र रुचिका साथ हेरिएको छ । सक्षमहरु बीच प्रतिस्पर्धा गरेर श्रेष्ठता कायम गर्न सकिन्छ । जालझेल,षड्यन्त्र गरेर प्राप्त गरेको सत्ता क्षणिक हुन्छ भन्ने सन्देश नयाँ सदस्यलाई दिन सकेमा महाधिवेशन सार्थकता हुनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...