Pokharapatra National Daily

कांग्रेसको पालिका अधिवेशन

नेपाली काँग्रेसमा पौने छ वर्ष पछि वडा र पालिका तहले नयाँ नेतृत्व पाएको छ । कांग्रेसको १४आँैं महाधिवेशन प्रक्रियाअन्तर्गत पालिका अधिवेशन भएका छन । सदस्यता विवादका कारण केही जिल्लामा वडा अधिवेशन हुन सकेका छैनन् । वडाबाट प्रतिनिधि छनौट हुनुपर्ने भएकोले वडा अधिवेशन सक्ने गरि विवाद हल गर्न नेतृत्व लचिलो बन्नुपर्छ । काङ्ग्रेसको महाधिवेशनको कार्यतालिका फेरिदै आएको छ । पालिका तहको अधिवेशन सक्ने पक्षमा सबै गुटको सहमति देखिन्छ । यो अवसरलाई विवाद समाधानतर्फ लानु जरुरी भएको छ । छ पटक कार्यतालिका फेरेको काङ्ग्रेसले ४१ जिल्लामै भदौ १८ गतेबाट वडामा अधिवेशन शुरु भए पनि अन्य जिल्लामा क्रियाशील सदस्य विवाद हल हुँदै गएका छन । अब ७ जिल्लाको जिल्लाको क्रियाशील सदस्यता टुङ्गिन बाँकी छ।अधिवेशन भएका वडामा धेरैजसो निर्विरोध भएको छ । थोरैमात्र वडामा चुनाव भएको छ।सदस्यता टुङ्गो लगाउनु अघि देखिएको विवाद वडा अधिवेशनमा भएन।कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि धेरै क्लस्टर भएको हुँदा चर्को प्रतिस्पर्धा गर्नुपर्ने अवस्था देखिएको छैन ।
कोरोना(कोभिड–१९) भाइरसको संक्रमण र विभिन्न जिल्लामा बाढी पहिरोलाई चिर्दै वैधानिकता जोगाउन महाधिवेशनमा होमिएको छ । पटक पटक विभिन्न तहको अधिवेशनको कार्यतालिका तोक्ने तर अन्तिम समयमा स्थगित हुने अवस्थाबाट समयमा सीमा घर्कदै गएको थियो । यो अवस्थाबाट अगाडि बढेर काँग्रेसले पछिल्लो पटक तयार गरेको निर्धारित कार्यतालिका अनुसार नै वडा तहबाट निर्वाचन प्रक्रिया सुरुवात गरेको छ । यसबाट कुनियत नराखेको अवस्थामा काँग्रेसको महाधिवेशन हुन्छ भन्ने आधार तयार भएको छ । काँग्रेसले यस पटक विधानत साङ्गठनिक संरचनालाई व्यापक परिवर्तन गरेको छ । वडामा सभापति, उपसभापति, सचिवलगायत मुख्य पद निर्वाचनकै माध्यमबाट नेतृत्व स्थापित हुने विधान बनाएर काँग्रेसले नेता कार्यकर्तालाई जनस्तरमा भिज्नुपर्ने, रम्नुपर्ने सन्देश दिएको छ । अर्कोतर्फ, पार्टीले समावेशी प्रतिनिधित्वका आधारमा नेतृत्व विकास गर्ने अवसर दिन खोजेको छ । अब वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधिबाट काँग्रेसको गाउँ तथा नगरपालिका, प्रदेश, क्षेत्र, जिल्ला तहको नेतृत्व चयन हुनेछ । वडा अधिवेशनकै जगमा पार्टीले प्रदेश स्तरको संरचना पहिलो पटक बनाउँदैछ । मुलुकमा संघीय संरचना अनुरूपको संविधान जारी भएको सात वर्ष भए पनि राजनीतिक पार्टीहरू विधिविधान र निर्वाचन अनुरूप आन्तरिक संरचना तयार गर्न सकेका थिएनन् । काँग्रेसले भने अब संविधानको मर्म र भावनाअनुसारको पार्टीको संरचना बनाउने
भएको छ ।
कांग्रेसको क्रियाशील सदस्य यो पटक दोब्बरले विस्तार गरी आठ लाखभन्दा बढी पुगेको छ । त्यसमा पनि युवाको सक्रिय उच्च हुँदै गएको छ । क्रियाशील सदस्य, शुभेच्छुक नेता कार्यकर्ताका लागि पार्टी महाधिवेशन एक खालको राजनीतिक पर्व नै हो । नेता कार्यकर्तामा गाउँगाउँमा पुगेका छन् । यसले नेता कार्यकर्तामा एक खालको उत्साहमा वृद्धि हुनुका साथै मुलुककै राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरिदिएको छ । पार्टीका केन्द्रीय सदस्यबाहेक केन्द्रीय महाधिवेशनमा आउन सबैले गाउँबाटै नेतृत्व चयन भएर आउनुपर्नेछ । काँग्रेसको अधिवेशनले पार्टीको वडा, नगर, प्रदेश, क्षेत्र, जिल्लामा सबल नेतृत्व मात्रै स्थापित हुने छैन, वडा तहदेखि नै हुने पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्रलाई सबल बनाउन योगदान दिन सक्नेछ । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सौन्दर्य पक्षका रूपमा लिइन्छ र काँग्रेस अहिले त्यसैको अभ्यासमा छ । कांग्रेसले प्रतिस्पर्धी दल भन्दा राम्रो बन्नु भन्दा अरु दल फुटाउने कलंकको टीका लगाउनु दुखद हो ।
लोकतन्त्र र जनताका अधिकारका लागि लडेका राजनीतिक दलहरू लोकतन्त्रका आधारस्तम्भ नै हुन् । पार्टी जति बढी आन्तरिक लोकतान्त्रिक संरचना र गतिविधिमा सहभागी हुन सक्यो, त्यसले मुलुकको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने गर्छ । दलहरु बलिया भएको कसैले पनि लोकतन्त्र खोस्न सक्दैन । लोकतन्त्रमार्फत संघीयता, समावेशी, समानुपातिक सहभागिता तथा युवा प्रतिनिधित्वलाई थप बलियो हुनेछ । महाधिवेशनबाट आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्दै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुनेछ । यसले पार्टी, लोकतन्त्र र सिङ्गो राष्ट्रको बहुआयामिक भविष्य निर्माणका लागि सकारात्मक परिणाम दिन सक्छ । नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा आफ्नो नेतृत्व स्थापित गर्दै आएको काँग्रेसको महाधिवेशनलाई पार्टीको आन्तरिक जीवनमा मात्रै होइन, पार्टी बाहिरको राजनीतिक वृत्तबाट समेत निकै चासो र रुचिका साथ हेरिएको छ । सक्षमहरु बीच प्रतिस्पर्धा गरेर श्रेष्ठता कायम गर्न सकिन्छ । जालझेल,षड्यन्त्र गरेर प्राप्त गरेको सत्ता क्षणिक हुन्छ भन्ने सन्देश नयाँ सदस्यलाई दिन सकेमा महाधिवेशन सार्थकता हुनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...