Pokharapatra National Daily

भुल्दै वीपी र पुष्पलालको बाटो

नेपाल राष्ट्र र नेपाली जनताको हितको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ । हरेक वर्षको साउन ६ र ७ गते नेपाली आमाका दुई सपुत स्व. वी.पी कोइराला र पुष्पलाल श्रेष्ठलाई नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सम्झने गर्दछन । नेपालमा जहानीया राणा शासनको अन्त्य गरि बहुदलीय लोकतन्त्र स्थापना गर्न उनीहरुले गरेको संघर्ष र योगदानहरुको चर्चा हुने गरेको छ । नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी कोइरालाको निधन भएको ३९ वर्ष भएको छ । आज भन्दा ३९ वर्ष अघि २०३९ साल साउन ६ गते वी.पी को निधन भएको थियो । नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको निधन भएको ४३ वर्ष भएको छ । २०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लव पन्त अस्पतालमा निधन भएको थियो । वी.पी.को निधन क्यान्सर बाट भएको थियो भने पुष्पलालको मुटुको व्यथाबाट । वी.पी. राष्ट्रियता, प्रजातन्त्र र समाजबादको लागि जीवन भर लडिरहेका थिए भने पुष्पलाल नेपालमा जनबाद र समाजबाद स्थापना गर्नको लागि आर्थिक, राजनैतिक र संस्कृतिक हकअधिकारका लागी जिबन
उत्सर्ग गरे ।
नेपालमा जहानिय राणा शासन र निरंकुस निर्दलीय व्यवस्था विरुद्ध लडदै आएका वी.पी. र पुष्पलालको आर्दशबाट अहिलेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु प्रभावित भएर राजनीतिमा होमिएका हुन । वी.पी. र पुष्पलालको स्मृति गर्दै बृक्षारोपण गर्नेदेखि लिएर उनीहरुको आर्दशको बारेमा विभिन्न कार्यक्रम गरी चर्चा गर्ने गरिन्छ । नेपालमा पुष्पलालले स्थापना गरेको पार्टीका नेताहरु आपसी झगडाले गर्दा सत्ताबाट बाहिरिएका छन् । वीपीले स्थापना गरेको नेपाली कांग्रेस अहिले सरकारको नेतृत्व गरेको छ । दुईवटा कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्न नसक्दा जनताको मतलाई अनादर गरि काङ्ग्रेसलाई सत्ता बुझाएका छन् । नेताहरू देश र जनताको हित भन्दा आफ्नो स्वार्थ र गुटस्वार्थमा लाग्दा कम्युनिस्ट पार्टीको भबिस्य नै खतरामा पर्ने देखिएको छ । पुष्पलालको नेपालमा एउटै कम्युनिष्ट पार्टी वनाउने इच्छा नेपालको स्वाभिमान कायम गर्दै जनताको मुहारमा खुशी ल्याउने हो । त्यो आकांक्षा माथि नेताहरूले खेलवाड गरेका छन् । नेताहरुको सिद्धान्त हिन, स्वार्थी स्वभावका कारण कम्युनिष्टहरु साना साना पार्टीमा बिभक्त छन् । देश पहिलो ठानेर सामाजिक न्याय सहितको विकास गरेर सुखि नेपाली वनाउने अभिभारामा विश्राम लागेको छ ।
२०१७ सालमा वि.पी. को दुई तिहाईको सरकार विरुद्ध जुनखेल खेलिएको थियो अहिले केपी शर्मा ओलीले त्यही अवस्था भोगेका छन जनताले दिएको अभिमत जोगाउन नसकेर । नेपालले सात दशक देखिको राजनीतिक संक्रमण अन्त्य गरि स्थिरता तर्फ देश जान लागेको ठानिएको थियोे । प्रधानमन्त्री ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा सर्वोच्च अदालतले वदर गरेर बहुमतको पार्टी लाखापाखा भएको छ।सर्वोच्च अदालतले सांसदहरूलाई दलको ह्विप नलाग्ने, जस्ले जस्लाई समर्थन गरेपनि हुने स्वतन्त्रता दिएपछि एउटै दल सत्ताधारी र विपक्षी बनेका छन । बहुदलीय पद्धतिलाई बिकृत बनाएको छ । जुन उद्देश्यका लागि लडेका कांग्रेस कम्युनिष्ट अहिले आदर्शबाट च्युत भएका छन । राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएका छन । सरकारको नेतृत्व गरेको कांग्रेस पुराना सदस्यलाई हटाएर नयाँ सदस्य थपेर काङ्ग्रेसको आदर्श भुल्न नसक्ने अल्पमतमा परेका छन।पार्टी कार्यालयमा अनसन र धर्ना बस्नुपर्ने विडम्बनापूर्ण अवस्था छ। नेकपा एमाले विभाजित छ। दुई तिहाईको वि.पी. नेतृत्वको सरकार हटाउँदा देशले कति ठुलो मुल्य चुकाउनु प¥यो भन्ने कुरा अहिलेको नेकपा एमाले,माओवादी र काङ्ग्रेस नेतृत्वले बिर्सेर क्षणिक स्वार्थ हेर्दा प्राप्त उपलब्धि गुम्ने, विदेशीले खेल्ने र खेलाउने अवस्था बढेको छ ।
काङ्ग्रेस र कम्युनिष्टका नेताहरु गम्भिर नबन्दा पुष्पलाल र वि.पी.को स्मरण गर्नु बिरालो बाँधेर श्राद्ध गर्नु जस्तै हो । देखाउनका लागि वीपी र पुष्पलालको स्मृति गरेर पुग्दैन ।राजनीतिक स्थिरता, राष्ट्रिय स्वाभिमान, जनताको जीवनमा परिवर्तनका लागि काम गर्ने अठोट चाहिन्छ कोरोना महाब्याधीबाट कसरी जोगाउने भन्ने चिन्ता हुनुपर्छ । जनता रोग, भोक, अनिश्चित भविष्यबाट छट्पटी परेको बेला जनताका सवाललाई सम्बोधन नगरी कुर्सीको खेलमा लाग्दा पार्टीका संस्थापक नेपाल आमाका सपूतप्रती श्रद्धा गरेको ठहर्दैन । वीपी र पुष्पलाललाई सम्झनु भनेको देशको स्वाभिमान कायम राख्नु, बहुदलीय लोकतन्त्रलाई संस्थागत गर्नु, सिद्धान्तलाई ब्यवहारमा उतार्ने र सामाजिक न्याय स्थापना गर्न लाग्ने प्रण गर्नु हो । पुरानाको त्याग , समर्पण, ईमानदारीलाई बिर्सेर क्षणिक सत्ता स्वार्थमा तल्लिनहरुलाई विस्थापित गरेर राजनीति भनेको देश र जनताको लागि सेवा गर्ने मुल्य र मान्यताको आधारमा हुन्छ भन्ने अवस्था सृजना हुन सके विपि र पुष्पलालको बाटो पछ्याउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...