Pokharapatra National Daily

देउवाले पाए विश्वासको मत

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्‍मा विश्वासको मत पाएका छन् । असार २८ गतेको सर्वोच्च अदालतको आदेश अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवाले आइतबार संसद्‍मा विश्वासको मत पाएर डेढ वर्ष सरकार चलाउन पाउने भएका छन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र एमालेका २२ सांसदको साथ पाएका देउवाको पक्षमा १६५ मत खसेको थियौ । देउवाको विपक्षमा ८३ सांसदले हस्ताक्षर गरेका छन् । मतदानमा सहभागी २४९ सांसदमध्ये देउवाको पक्षमा १६५ मत खसेको हो भने विपक्षमा ८३ जनाले हस्ताक्षर गरेका हुन् । सहभागीमध्ये एक सांसदले मत दिएनन् । देउवाको पक्षमा काङ्ग्रेस ,माओवादी केन्द्र ,जसपा र एमालेका २२ सांसदले मत दिएका थिए ।
प्रतिनिधिसभा अधिवेशन शुरु भएकोे पहिलो दिनमै विश्वासको मत लिएर नेकपा एमालेलाई कमजोर बनाउन खोजेका छन । प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिएर सांसदहरूको धम्कीबाट मुक्त भएका छन । देउवालाई विश्वासको मत दिने विषयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भए पनि एमाले अध्यक्ष केपी ओली समूहका केही सांसदले विश्वासको मत दिएका छन् । आइतबार संसदमा भएको मत विभाजनमा प्रेम आलेसहितका नेताले देउवाको पक्षमा मतदान गरेका हुन् । देउवालाई एमालेका ओली र नेपाल समूहका गरेर २२ सांसदले विश्वासको मत दिए ।
देउवालाई विश्वासको मत दिने एमाले सांसदमा वरिष्ठ नेता नेपालसहित ओली समूहका पूर्वमन्त्री प्रेमबहादुर आलेसम्म रहेका छन् । जसपाले विश्वासको मत दिने भएकोले एमालेले दिन हुँदैन भन्ने नेताहरूको आग्रहलाई बरिस्ठ नेता माधवकुमार नेपालले मानेको भए पार्टी सग्लो देखिने थियो।संसद पनि जोगिने, पार्टी पनि सग्लो हुने मौकालाई नेताहरूलाई गुमाएका छन।सत्ताको पछि लागेर पार्टी र मतदातालाई घात गर्ने एमालेमा कसरी हुर्केका छन भन्ने गतिलो उदाहरण हो । एमाले सांसदहरु माधवकुमार नेपाल, विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ, पार्वती विशुंखे, मेटमणि चौधरी, भवानी खापुङ, निरादेवी जैरु, मुकुन्द न्यौपाने, कलिला खातुन, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, सविना हुसेन, कृष्णलाल महर्जन, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, रामकुमारी झाँक्री छन । एमालेमा माधवकुमार नेपाल समुहमा रहेका सुरेन्द्र पाण्डे,घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायत सांसदहरूले देउवालाई मत नदिएर पार्टीलाई जोगाउने प्रयत्न गरेका छन । अब विपक्षमा रहने मौका पाएको एमालेले सरकारमा रहँदा गरेका गल्ती कमजोरीबाट पाठ सिकेर पार्टीलाई पुनर्जीवन दिन नेतृत्वले त्याग गर्न तयार हुनुपर्छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...