Pokharapatra National Daily

राष्ट्रपति र ओलीको कदममा रोक

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । राष्ट्रपतिले १४९ जना सांसदहरूको हस्ताक्षर गरि देउवालाई प्रधानमन्त्री बनाउन गरेको सिफारिस अनादर गरेको भन्दै २८ घण्टा भित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएको छ । जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको भन्दै सर्वोच्चले संसद पुनस्र्थापना हुने फैसला गरेको छ । राष्ट्रपतिले ७ दिन भित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ । प्रधानमन्त्रीले कार्तिक २६ र मंसिर ३ गतेको निर्वाचनको घोषणा पनि खारेज भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलत संवैधानिक इजलासले साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ । सर्वोच्चले संसद विघटन नेपालको संविधानको धारा ७६ (५) र उपधारा ७ मा रहेको प्रावधान, संविधानले आत्मसात गरेको लोकतान्त्रिक आदर्श मूल्य मान्यता, संविधानवाद, तथा संवैधानिक नैतिकता अनुकुल नदेखिएको ठहर गरेको छ । यसअघिको संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको आदेशको मर्म विपरीत फेरि संसद विघटन गरिएको भन्दै फैसलामा भनिएको छ, ‘यस प्रकारको विघटन कार्यलाई न्यायिक मान्यता प्रदान गर्दा देशको संवैधानिक प्रणालीमा नै नकारात्मक रुपमा गम्भीर असर पर्न जाने देखियो ।’
सर्वोच्चले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा १४९ सांसदको समर्थन जुटाएका शेरबहादुर देउवालाई नियुक्त गर्न पनि आदेश दिएको छ । धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि सांसदको संख्या नै मुख्य आधार रहेको भन्दै सर्वोच्चले देउवाले १४९ सांसदको हस्ताक्षर बुझाएकाले मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ । राष्ट्रपतिले देउवाको दावी अस्वीकार गरेर संसद विघटन गरेपछि संविधानको प्रयोग र पालनामा त्रुटी भएको भन्दै सर्वोच्चले त्यही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अघि बढाउनु मनासिब हुने भन्दै देउवालाई साउन २९ गते अपरान्ह ५ बजेभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ । ‘नेपालको संविधानको धारा ७६ को उपधारा ५ मा प्रतिनिधिसभाका कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा भन्ने वाक्यांश रहेको र सो प्रयोजनका लागि प्रतिनिधिसभाका १४९ जना सदस्यहरु (बहुमत सदस्यहरु) ले समर्थन जनाएको कुरालाई विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेको भनी मान्नुपर्ने पर्याप्त र मनासिव आधार देखिएको हुँदा सोही बमोजिम आजका मितिले दुई दिनभित्र (अर्थात् २०७८ साल असार २९ मंगलबार अपरान्ह ५ बजेभित्र) उपरोक्त अनुसार संविधानसम्मत रुपमा मिति २०७८÷२÷७ गते सम्मानननीय राष्ट्रपतिसमक्ष दावी पेश गरेका प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्नु’ आदेशमा भनिएको छ । त्यस्तै प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्ने प्रक्रिया पूरा गराउन पनि सर्वोच्चले आदेश दिएको छ ।
सर्वोच्चले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित दावी पेश गरेकाले राष्ट्रपतिले उनलाई नियुक्ति नगर्नु संविधान विपरीत भएको पनि ठहर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेको र उनले विश्वसको मत नलिएका कारण धारा ७६ (५) मा उनले दावी गर्न नमिल्ने पनि फैसलामा उल्लेख गरिएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको यो पहिलो प्रयास थिएन । साबिकको नेपाल कम्युनिस्ट पार्टी –नेकपा)मा आफूविरुद्ध घेराबन्दी भएको भन्दै उनले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतले ११ फागुन २०७७ मा प्रतिनिधिसभा ब्युँताइदिएको थियो ।
तर प्रधानमन्त्री ओलीले आफ्नो निर्णय सही थियो भन्ने दाबी गर्न छाडेनन् र तर त्यो फैसलाको पूर्ण पाठ नआउँदै दोस्रो पटक प्रतिनिधिसभा विघटन गरे । त्यसलाई पनि सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्चको फैसलाले सांसदलाई स्वविबेकीय अधिकार दिएको छ । घुमाउरो पाराले दलीय बन्धनबाट छुटकारा दिएको छ । सर्वोच्चले गरेको फैसलाको सडकमा विरोध भएको छ । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानमन्त्री अदालतको आदेशमा नियुक्ति हुने ,दलको अनुशासन नचाहिने र जनतामा जान खोज्नुलाई सरकारको मातहत संसद बनाउन खोजेको देख्नु र सबै कुरा अदालतको आदेशमा चलाउन खोज्नुले पछिसम्म नकारात्मक असर पर्ने टिप्पणी भएको छ।जनताको आदेश भन्दा अदालतको परमादेश ठिक हो भन्ने स्थापित गराउन खोज्नु कानुनी ‘कु’ हो । नेपाली उखान ‘बुढी मरि भनेर होइन काल पल्क्यो भनेर रुनु’ जस्तो नहोस् भनेर सोच्नुपर्छ । प्रधानमन्त्री र राष्ट्रपतिले पनि आफ्ना सिमा र नैतिकताको ख्याल गर्न संझाएको छ ।

प्रतिकृया दिनुहोस्

असार १५ र धान दिवस

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको...

गणतन्त्र दिवसको शुभकामना

नेपालमा गणतन्त्र घोषण भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १७ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...