Pokharapatra National Daily

बाढी पहिरोको वितण्डा

असार शुरुदेखि भारी वर्षाले बाढी, पहिरोले मानवीय र भौतिक क्षति पु¥याउँदै आएको छ।बाढी र पहिरोले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मानवीय र भौतिक क्षतिको पीडा कम नहुँदै फेरि बाढी र पहिरोले वितण्डा मच्चाएको छ।भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण आज मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पु¥याएको छ । केही ठाउँमा पहिराले सडक अवरुद्ध पारेको छ । कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च हुन पुगेको छ । केही मानिसको मनसुनयन्य विपद्मा परेर मृत्यु भएको र केहीको उद्धार गरिएको छ । केही हराइरहेका गृह मन्त्रालयले जनाएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ३ मा माथिबाट खसेको पहिरोले घर पुर्दा वर्ष ३७ की हरिमाया नेपाली र सोही ठाउँ बस्ने सरस्वती थापाको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ । अन्य तीन जना घाइते भएका छन् । सोही जिल्लाको शुक्लागण्डकी नगरपालिकामा खसेको पहिरोमा परेका दुई जनाको सकुसल उद्धार गरिएको छ । यसपाली बाढी र डुबानले तराइका जिल्ला नराम्ररी प्रभावित भएका छन् । चितवनको रत्ननगर नगरपालिका–८ रमाइलो डाँडा क्षेत्रमा बुढी राप्ती बस्तीमा पस्दा २० घरका १०० जना विस्थापित भएका छन् । यस्तै सौराहाका केही क्षेत्र डुबानमा परेको छ । जिल्लाको राप्ती, कालिका ररत्ननगर नगरपालिका विभन्नि क्षेत्रसमेत प्रभावित भएको छ । राप्तीस्थित पम्फा खोला पसेर केही बस्ती नै डुबानमा पारेकाले १५० घर धुरीका ४०० जनालाई सुरक्षित क्षेत्रमा सारिएको छ । उक्त नगरपालिकामा पहिरोमा परेर दुईको मृत्यु भएको छ भने तीन बेपत्ता छन् ।
पहिरो खसेर नारायणगढ–मुग्लिन सडकसमेत दिनभर जसो नै अबरुद्ध हुन पुगेको छ । यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङ र तनहुँखण्डका विभिन्न क्षेत्रमा पहिरो खसेर क्षति भएको छ । ठाउँठाउँमा सडकअवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरस्थित गैंडाकोटमा आएको बाढीले थुम्सीमा रहेको डाइभर्सनसमेत बगाएर सडक आवागमन प्रभावित भएको जनाइएको छ । यस्तै पर्साका केही बस्तीसमेत डुबानमा परेको छ । हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल भासिएको छ । मनाङमा समेत वर्षाले असर गरेको छ । महोत्तरी, लहानसहित तराइका जिल्ला तथा डोटीलगायत धेरै जिल्ला आजको वर्षाका कारण प्रभावित भएको छ । मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश नं १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा भारी वर्षा र सिमित ठाउँमा अति भारी वर्षा भएको छ । शुक्रबार पनि मौसम बदली रहने छ ।
राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो १८ दिनमा विपद्सम्बन्धी १५८ वटा घटना भएका छन् । उक्त घटनामा परी ३३ जनाको मृत्यु भएको र ३० जना बेपत्ता भएको केन्द्रले जानकारी दिएको छ । विपद्जन्य घटनामा परेर ३० जना घाइते भएका छन् । अहिलेसम्म ४७४ घरमा पूर्ण क्षति भएको छ भने ११२ घरमा आंशिक क्षति पुगेको छ । हालसम्म ३६ सरकारी कार्यालय, ६ सामुदायिक भवन र विद्यालय, २२ झोलुङ्गे पुल, १३ वटा पक्की पुल, १३ हाइड्रो पावर, पाँच साना पुल र २ वित्तीय संस्थामा क्षति पुगेको छ । यसअघि मनसुन प्रवेश गरेलगतै गएको बाढी पहिरोमा सिन्धुपाल्चोकका मेलम्ची क्षेत्र र मनाङ जिल्ला प्रभावित भएको थियो । उक्त समयमा ठूलो जनधनको क्षति भएको थियो । नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो । जेठ ३० गते मुलुकभर नै मनसुनी वायुको प्रभाव पुगेको थियो ।
गृह मन्त्रालयले भारी वर्षा भइरहेकाले बाढी पहिरो र डुबान हुन सक्ने जनाउँदै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ । सरकारले जोखिम न्यूनीकरणसहित खोज, उद्धार, पुनःस्थापन तथा राहतका कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ । देशमा बाढी, पहिरो, डुवानले गर्दा ठूलो मानवीय र भौतिक क्षति भएको छ।सडक अबरुद्ध भएका छन।पुल, सडक भत्किएर यातायात ठप्प भएको छ । उद्धार र राहतका लागि सरकारको सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने अवस्था छ । यही बेला सरकारलाई अप्ठ्यारोमा पारेर राजनीतिक रोटी सेक्ने शक्ति सक्रिय छन । जानीनजानी राज्यलाई कमजोर बनाउने खेल जारी रहनु जनतालाई कष्ट दिनु हो । यो बेला राज्यका सबै अंग र निकाय तथा नागरिकले सहयोग गर्नु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...