Pokharapatra National Daily

कांग्रेसमा देखिएको अलमल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस, नेकपाको पुष्प कमल दाहाल प्रचण्ड –माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीबीचको सहमति थियो । मंगलबार तीनवटै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र आन्दोलनको कार्यक्रम बनाउने । संविधानमाथि फरक मत राखेर संशोधनको माग राख्दै आएको जनता समाजवादी पार्टीले मंगलबारै पाँचदिने आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन थालिसकेको छ । तर, कांग्रेस भने संविधानमाथि गम्भीर आक्रमण भएको ठहर गरेर विरोध गर्ने कि नगर्ने भन्ने विवादमा फसेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने कि नगर्ने ? कहिले गर्ने ? भन्ने विषयमा जारी केन्द्रीय समितिको बैठकमा बुधबार नेताहरूबीच मतान्तर भएको छ ।
मंगलबारै संस्थापन र इतरपक्षका नेताहरूले आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा भिन्नभिन्न मत राखेका थिए । मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले अहिले तुरुन्तै सडक प्रदर्शन, आन्दोलन नगरेर अदालत र निर्वाचन आयोगको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए । कांग्रेस नेताहरू कम्युनिस्टसंग मिलेर आन्दोलन गर्ने कि एक्लै आन्दोलन गर्ने फरकफरक विचार राख्दै आएका छन।लोकतान्त्रिक पार्टीले चुनावको विरोध गर्न नहुने धारणा उठ्न थालेको छ । सर्वोच्च अदालतले विघटनको पक्षमा फैसला गरेमा चुनावमा जानुपर्ने हुँदा दुवै बाटो खुला राख्नुपर्ने विचार वलियो बन्दै गएको छ ।
विगतमा अरुको एजेन्डामा कांग्रेस लतारिएको आरोप खेप्नुपरेको छ।सधैं भागबन्डामा चल्दै आएको हुँदा राज्यका सबै निकाय, अंग कमजोर बनेका छन।लोकतान्त्रिक र संसदीय मुल्य र मान्यतामा विश्वास गर्ने कांग्रेस आफ्ना गलत कदम सच्याउने मौका पाएको छ । नेपाली कांग्रेसको बैठकले कस्तो कार्यक्रम ल्याउँदै त्यसको ठूलो अर्थ राख्छ।जस्तोसुकै आन्दोलन घोषणा गरेपनि संविधानको रक्षा ,लोकतन्त्रलाई बलियो बनाउनेछ । १६ पुसमा देशभरि मेलमिलाप दिवस मनाउने निर्णय भएको हुँदा बेमेल गरेर को बढी क्रान्तिकारी देखिने भनेर परिस्थितिलाई विगार्नु हुँदैन ।
वरिष्ठ नेता पौडेलले प्रचण्ड र नेपालसँग वा अरूसँग मिलेर भए पनि सडक प्रदर्शनमा निस्किनुपर्नेमा जोड दिएका छन् । तर, उनीनिकट मानिने नेता महेश आचार्यले कांग्रेस एक्लैले सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नुपर्ने विचारले निर्णायक नभए पनि अरुको पुच्छर बन्ने प्रबृत्ति प्रतिको असन्तुष्टि हो । संस्थापन पक्ष भने अहिल्यै आन्दोलन वा विरोधका कार्यक्रम बनाएर सडकमा जाने पक्षमा स्पष्ट देखिएको छैन । पार्टीको महाधिवेशनलाई आफ्नो पक्षमा पार्न पनि पौडेल पक्षले आन्दोलनलाई उपयोग गर्ने देखेर संस्थापन पक्ष विचको बाटो लिन खोजेको छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...