Pokharapatra National Daily

कांग्रेसमा देखिएको अलमल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस, नेकपाको पुष्प कमल दाहाल प्रचण्ड –माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीबीचको सहमति थियो । मंगलबार तीनवटै पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र आन्दोलनको कार्यक्रम बनाउने । संविधानमाथि फरक मत राखेर संशोधनको माग राख्दै आएको जनता समाजवादी पार्टीले मंगलबारै पाँचदिने आन्दोलनका कार्यक्रम घोषणा गरेर आन्दोलन थालिसकेको छ । तर, कांग्रेस भने संविधानमाथि गम्भीर आक्रमण भएको ठहर गरेर विरोध गर्ने कि नगर्ने भन्ने विवादमा फसेको छ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने कि नगर्ने ? कहिले गर्ने ? भन्ने विषयमा जारी केन्द्रीय समितिको बैठकमा बुधबार नेताहरूबीच मतान्तर भएको छ ।
मंगलबारै संस्थापन र इतरपक्षका नेताहरूले आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा भिन्नभिन्न मत राखेका थिए । मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसले अहिले तुरुन्तै सडक प्रदर्शन, आन्दोलन नगरेर अदालत र निर्वाचन आयोगको निर्णय पर्खिनुपर्ने धारणा राखेका थिए । कांग्रेस नेताहरू कम्युनिस्टसंग मिलेर आन्दोलन गर्ने कि एक्लै आन्दोलन गर्ने फरकफरक विचार राख्दै आएका छन।लोकतान्त्रिक पार्टीले चुनावको विरोध गर्न नहुने धारणा उठ्न थालेको छ । सर्वोच्च अदालतले विघटनको पक्षमा फैसला गरेमा चुनावमा जानुपर्ने हुँदा दुवै बाटो खुला राख्नुपर्ने विचार वलियो बन्दै गएको छ ।
विगतमा अरुको एजेन्डामा कांग्रेस लतारिएको आरोप खेप्नुपरेको छ।सधैं भागबन्डामा चल्दै आएको हुँदा राज्यका सबै निकाय, अंग कमजोर बनेका छन।लोकतान्त्रिक र संसदीय मुल्य र मान्यतामा विश्वास गर्ने कांग्रेस आफ्ना गलत कदम सच्याउने मौका पाएको छ । नेपाली कांग्रेसको बैठकले कस्तो कार्यक्रम ल्याउँदै त्यसको ठूलो अर्थ राख्छ।जस्तोसुकै आन्दोलन घोषणा गरेपनि संविधानको रक्षा ,लोकतन्त्रलाई बलियो बनाउनेछ । १६ पुसमा देशभरि मेलमिलाप दिवस मनाउने निर्णय भएको हुँदा बेमेल गरेर को बढी क्रान्तिकारी देखिने भनेर परिस्थितिलाई विगार्नु हुँदैन ।
वरिष्ठ नेता पौडेलले प्रचण्ड र नेपालसँग वा अरूसँग मिलेर भए पनि सडक प्रदर्शनमा निस्किनुपर्नेमा जोड दिएका छन् । तर, उनीनिकट मानिने नेता महेश आचार्यले कांग्रेस एक्लैले सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्नुपर्ने विचारले निर्णायक नभए पनि अरुको पुच्छर बन्ने प्रबृत्ति प्रतिको असन्तुष्टि हो । संस्थापन पक्ष भने अहिल्यै आन्दोलन वा विरोधका कार्यक्रम बनाएर सडकमा जाने पक्षमा स्पष्ट देखिएको छैन । पार्टीको महाधिवेशनलाई आफ्नो पक्षमा पार्न पनि पौडेल पक्षले आन्दोलनलाई उपयोग गर्ने देखेर संस्थापन पक्ष विचको बाटो लिन खोजेको छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...