Pokharapatra National Daily

नेकपाको विभाजन दुर्भाग्य

नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र वीच एकता मह बनेको नेकपा दुई वर्ष सात महिनापछि विभाजित भएको छ । दुई पार्टीको एकता प्रकृया पुरा नहुँदै पार्टी विभाजित हुनु कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउनु हो । दुई पार्टी एकीकरण गर्दा दुई अध्यक्ष राख्दा नै दुई शक्ति केन्द्र बनाउने काम भएको थियो । त्यही प्राब्धान पार्टी विभाजनको कारक बन्यो । पार्टी एकता भएको ६ महिनादेखि सुसुप्त रुपमा देखिएको अन्तरविरोध एक वर्षदेखि बहुमत अल्पमतमा परिणत भएको थियो । एउटै जंगलमा दुई सिंह रहन सक्दैनन् भन्ने धेरैको अनुमानलाई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकले अर्कालाई अध्यक्षबाट हटाएर सही सावित गरिदिएका छन् । नेताहरुको इगोको कारण कम्युनिष्ट पार्टीका कार्यकर्ताको भविष्यमाथि खेलवाड गराइदिएका छन् । कम्युनिष्ट पार्टी एकतावद्ध होस, कम्युनिष्ट पार्टीको प्रभाव विस्तार भएको देख्न चाहने सदस्य र शुभेच्छुकको चाहना माथि तुषारापात हो । दुई अध्यक्षले जे जस्तो तर्क दिएर एकले अर्कोलाई कारवाही गर्दै पार्टी विभाजन गराएको घटना दुर्भाग्यपूर्ण हो । देशमा राजनीतिक स्थिरता, राष्ट्रिय स्वाभिमान उचो राख्न चाहनेहरुलाई निराश बनाउने दिनको रुपमा दर्ज हुनेछ ।
जनताले कम्युनिष्ट पार्टीलाई दिएको मतलाई अवमुल्यन गरेर जा“दा आजको अवस्था आएको हो । मात्राको रुपमा ओली र प्रचण्ड र नेता माधव कुमार नेपाल कमवेशी भएपनि पार्टीलाई विभाजनमा पु¥याउने मुख्य नेता हुन् । पार्टीलाई महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियालाई छोडेर विचैमा हटाउन खोज्दा देशको ठूलो पार्टी विभाजित हुन पुगेको छ । प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्धाले एउटा फैसला पक्कै देला । पुनस्र्थापना गर्ने या विघटन सदर गर्ने जे फैसला गरे पनि सग्लो कम्युनिष्ट पार्टी हुने छैन । अव दुई पार्टीको तानातानमा कार्यकर्ता पर्ने छन् । पार्टीलाई एकतावद्ध बनाएर जनताका वीचमा जानु पर्ने नेताहरु एक वर्षदेखिको विचविच हटेको छ । तर पार्टी सदस्य र शुभेच्छुकको मनलाई रुवाउने काम मात्र गरेको छ ।
नेपालका कम्युनिष्ट हुन या कांग्रेस सत्तामा पुगेपछि पार्टी र सरकारको ठूलो भन्ने कलहमा पर्दै आएका छन् । त्यो कलह कहिल्यै अन्त्य हुन नसकेर जनताले दिएको मतलाई अनादर गरेर चुनावका जाँदा प्रतिकूल परिणाम भोगेका छन् । प्रतिनिधि सभा विघटन गर्नका लागि सिफारिस गर्ने प्रधानमन्त्री र सिफारिस स्वीकृत गर्ने राष्ट्रपतिलाई दोष दिएपनि यो अवस्था ल्याउन भूमिका खेल्ने सत्तारुढ नेकपाका तीन शिर्ष नेता दोषी हुन् । नेकपा भित्रको अन्तर संघर्ष चर्कदै जाँदा एकता जोगाउन चाहने मध्यमार्गीहरुको प्रयास सफल हुन सकेन । पार्टीमा यस्तो अवस्था आउदै छ भन्ने अनुमान गरेका दोस्रो पुस्ताका नेताहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् । पुरानै गुटका आधारमा नेताहरु विभाजित हुँदा पार्टी विभाजित हुन पुगेको हो । सत्तामा पुगेपछि जनतालाई नदेख्ने प्रवृत्तिले गर्दा भएको घटनाले नेतृत्वलाई क्षमा दिने छैन ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...