Pokharapatra National Daily

नेकपाको विभाजन दुर्भाग्य

नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र वीच एकता मह बनेको नेकपा दुई वर्ष सात महिनापछि विभाजित भएको छ । दुई पार्टीको एकता प्रकृया पुरा नहुँदै पार्टी विभाजित हुनु कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउनु हो । दुई पार्टी एकीकरण गर्दा दुई अध्यक्ष राख्दा नै दुई शक्ति केन्द्र बनाउने काम भएको थियो । त्यही प्राब्धान पार्टी विभाजनको कारक बन्यो । पार्टी एकता भएको ६ महिनादेखि सुसुप्त रुपमा देखिएको अन्तरविरोध एक वर्षदेखि बहुमत अल्पमतमा परिणत भएको थियो । एउटै जंगलमा दुई सिंह रहन सक्दैनन् भन्ने धेरैको अनुमानलाई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकले अर्कालाई अध्यक्षबाट हटाएर सही सावित गरिदिएका छन् । नेताहरुको इगोको कारण कम्युनिष्ट पार्टीका कार्यकर्ताको भविष्यमाथि खेलवाड गराइदिएका छन् । कम्युनिष्ट पार्टी एकतावद्ध होस, कम्युनिष्ट पार्टीको प्रभाव विस्तार भएको देख्न चाहने सदस्य र शुभेच्छुकको चाहना माथि तुषारापात हो । दुई अध्यक्षले जे जस्तो तर्क दिएर एकले अर्कोलाई कारवाही गर्दै पार्टी विभाजन गराएको घटना दुर्भाग्यपूर्ण हो । देशमा राजनीतिक स्थिरता, राष्ट्रिय स्वाभिमान उचो राख्न चाहनेहरुलाई निराश बनाउने दिनको रुपमा दर्ज हुनेछ ।
जनताले कम्युनिष्ट पार्टीलाई दिएको मतलाई अवमुल्यन गरेर जा“दा आजको अवस्था आएको हो । मात्राको रुपमा ओली र प्रचण्ड र नेता माधव कुमार नेपाल कमवेशी भएपनि पार्टीलाई विभाजनमा पु¥याउने मुख्य नेता हुन् । पार्टीलाई महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियालाई छोडेर विचैमा हटाउन खोज्दा देशको ठूलो पार्टी विभाजित हुन पुगेको छ । प्रतिनिधि सभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा परेका मुद्धाले एउटा फैसला पक्कै देला । पुनस्र्थापना गर्ने या विघटन सदर गर्ने जे फैसला गरे पनि सग्लो कम्युनिष्ट पार्टी हुने छैन । अव दुई पार्टीको तानातानमा कार्यकर्ता पर्ने छन् । पार्टीलाई एकतावद्ध बनाएर जनताका वीचमा जानु पर्ने नेताहरु एक वर्षदेखिको विचविच हटेको छ । तर पार्टी सदस्य र शुभेच्छुकको मनलाई रुवाउने काम मात्र गरेको छ ।
नेपालका कम्युनिष्ट हुन या कांग्रेस सत्तामा पुगेपछि पार्टी र सरकारको ठूलो भन्ने कलहमा पर्दै आएका छन् । त्यो कलह कहिल्यै अन्त्य हुन नसकेर जनताले दिएको मतलाई अनादर गरेर चुनावका जाँदा प्रतिकूल परिणाम भोगेका छन् । प्रतिनिधि सभा विघटन गर्नका लागि सिफारिस गर्ने प्रधानमन्त्री र सिफारिस स्वीकृत गर्ने राष्ट्रपतिलाई दोष दिएपनि यो अवस्था ल्याउन भूमिका खेल्ने सत्तारुढ नेकपाका तीन शिर्ष नेता दोषी हुन् । नेकपा भित्रको अन्तर संघर्ष चर्कदै जाँदा एकता जोगाउन चाहने मध्यमार्गीहरुको प्रयास सफल हुन सकेन । पार्टीमा यस्तो अवस्था आउदै छ भन्ने अनुमान गरेका दोस्रो पुस्ताका नेताहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् । पुरानै गुटका आधारमा नेताहरु विभाजित हुँदा पार्टी विभाजित हुन पुगेको हो । सत्तामा पुगेपछि जनतालाई नदेख्ने प्रवृत्तिले गर्दा भएको घटनाले नेतृत्वलाई क्षमा दिने छैन ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...