Pokharapatra National Daily

बेला घर्केपछिको सफाई

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको चयन ताजा जनादेशले गरोस्, पार्टी नेतृत्व महाधिवेशनले गरोस् भन्ने चाहना रहेको प्रष्टिकरण दिएका छन । मुलुकको नेतृत्व आर्थिक, सामाजिक समृद्धि कायम गर्नसक्ने नयाँ पुस्तामा जावस् भन्ने चाहेका छन । मुलुकको जटिल अवस्थामा नियमित महाविधेशन हुन नसक्ने हो भने भनेपनि विशेष महाधिवेशन गरेर पनि पद हस्तान्तरण गर्न आफू तयार रहेको दोहो¥याएका छन । प्रधानमन्त्री ओलीले पार्टी भित्रबाट राजनीतिक चरित्रहत्या गर्नेमा केही नेताहरु लागेको गुनासो गरेका छन । पार्टी विभाजनको अप्रत्यक्ष घोषणा अर्को पक्षले गरिसकेको प्रधानमन्त्री ओलीको बुझाई छ । पार्टी अध्यक्ष, संसदीय दलका थाहै नदिई हस्ताक्षर संकलनमा लागेको गुनासो छ ।
पुस ४ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमै गएर आरोपपत्र फिर्ता गर्न आग्रह गरेको स्मरण गराएका छन । पार्टीको नेतृत्वदायी कमिटीलाई पार्टी विधान विपरितको लिकमा नजान आग्रह गरें तर त्यसलाई मेरो कमजोरीको रुपमा लिएको हुँदा विघटनमा जानुका दलील हो । नेपालको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन भएको छ, सर्वसम्मतिको रुपमा संविधान संशोधन भएपछि हटाउन चलखेल शुरु भएको आरोप लगाएका छन । मित्रराष्ट्र भारतसँग वार्ता भइरहेको छ । चीनसँग प्रोटोकलमा हस्ताक्षर भएको छ, यस्तो बेलामा सरकारलाई असहयोग र असफल गर्नु गम्भीर षडयन्त्र भएको आशंका छ ।
नाकाबन्दीको साहसको साथ सामना गर्दै नेपालको पारवहन सुविधा विस्तार गरी सुनिश्चित गरेको स्मरण गर्दै त्यतिबेला पनि सरकारलाई यसैगरी अपदस्त गरेको गुनासो छ।परिस्थिति र सन्दर्भ फरक भएपनि पात्रहरु त्यतिबेला पनि त्यही भएको आरोप लगाएका छन । थुप्रै प्रतिकुलताका बाबजुद नेपाल सुशासनको क्षेत्रमा पनि सरकारले राम्रो काम गरिरहेक बेला पार्टीले सहयोग गर्नुपर्ने होइन र ! झन उल्टो बाटो रोज्नु देश र जनताको हितमा कसरी हुन्छ ? उनको जिज्ञासा छ। । प्रतिपक्षले नियन्त्रण र सन्तुलनको भूमिका खेल्छ तर सत्तापक्षकै केही साथीहरु प्रतिपक्षभन्दा आक्रमक विदम्बनापूर्ण अवस्था सिर्जना गरेको अवस्था चित्रण गरेका छन । सरकार अफ्नै पार्टीको घेराबन्दीमा परेकोमा गुनासो गरेका छन।यो अवस्था आउँछ भन्ने आँकलन भए पनि सबैलाई मिलाउँदै जान नसक्दा अहिलेको परिणाम हो ।
संसदलाई केही नेताहरुको बन्धक बनाउनु जनादेश विपरित हुन्थ्यो, मुलुकलाई निकास दिनैपथ्र्यौ त्यसैले यो कदम चालेको दलील हो । संसदीय दलको बैठक राखेर छलफल नगरी नेतालाई मिलाउन खोज्दा सांसदहरू टाढा बने।बहुमत पाएको प्रधानमन्त्री अल्पमतमा पर्नु भुईको टिप्न खोज्दा पोल्टाको खस्नु जस्तै हो । ‘निर्वाचन लोकतन्त्रको आत्मा हो, यो सबैभन्दा उन्नत विधि हो’तर विकल्प छ भने हठात चुनावमा जाँदा चौतर्फी विरोध र घेराबन्दीमा परेका हुन । जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक प्रक्रिया भए पनि संविधानमा नभएको अधिकार प्रयोग गर्दा असंवैधानिक देखिन्छ । यस्को फैसला अब सर्वोच्च अदालतले गर्नेछ । विघटनको मुख्य कारण पार्टीको आन्तरिक किचलो ,सत्ता स्वार्थ र अस्थिर स्वभाव नै हो । ठूला नेतालाई सहि बाटोमा ल्याउन हस्तक्षेपकारी भुमिका खेल्न नसक्नु दोस्रो पुस्ताको पनि कमजोरी हो । पहिल्यै यो अवस्था आउन दिनेहरू अहिले पार्टी विभाजनको दोष बोक्दिन भन्नू कालान्तरमा पार्टी विभाजनमै जानू हो ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...