Pokharapatra National Daily

बेला घर्केपछिको सफाई

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीको चयन ताजा जनादेशले गरोस्, पार्टी नेतृत्व महाधिवेशनले गरोस् भन्ने चाहना रहेको प्रष्टिकरण दिएका छन । मुलुकको नेतृत्व आर्थिक, सामाजिक समृद्धि कायम गर्नसक्ने नयाँ पुस्तामा जावस् भन्ने चाहेका छन । मुलुकको जटिल अवस्थामा नियमित महाविधेशन हुन नसक्ने हो भने भनेपनि विशेष महाधिवेशन गरेर पनि पद हस्तान्तरण गर्न आफू तयार रहेको दोहो¥याएका छन । प्रधानमन्त्री ओलीले पार्टी भित्रबाट राजनीतिक चरित्रहत्या गर्नेमा केही नेताहरु लागेको गुनासो गरेका छन । पार्टी विभाजनको अप्रत्यक्ष घोषणा अर्को पक्षले गरिसकेको प्रधानमन्त्री ओलीको बुझाई छ । पार्टी अध्यक्ष, संसदीय दलका थाहै नदिई हस्ताक्षर संकलनमा लागेको गुनासो छ ।
पुस ४ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमै गएर आरोपपत्र फिर्ता गर्न आग्रह गरेको स्मरण गराएका छन । पार्टीको नेतृत्वदायी कमिटीलाई पार्टी विधान विपरितको लिकमा नजान आग्रह गरें तर त्यसलाई मेरो कमजोरीको रुपमा लिएको हुँदा विघटनमा जानुका दलील हो । नेपालको भूभाग समेटेर नयाँ नक्सा प्रकाशन भएको छ, सर्वसम्मतिको रुपमा संविधान संशोधन भएपछि हटाउन चलखेल शुरु भएको आरोप लगाएका छन । मित्रराष्ट्र भारतसँग वार्ता भइरहेको छ । चीनसँग प्रोटोकलमा हस्ताक्षर भएको छ, यस्तो बेलामा सरकारलाई असहयोग र असफल गर्नु गम्भीर षडयन्त्र भएको आशंका छ ।
नाकाबन्दीको साहसको साथ सामना गर्दै नेपालको पारवहन सुविधा विस्तार गरी सुनिश्चित गरेको स्मरण गर्दै त्यतिबेला पनि सरकारलाई यसैगरी अपदस्त गरेको गुनासो छ।परिस्थिति र सन्दर्भ फरक भएपनि पात्रहरु त्यतिबेला पनि त्यही भएको आरोप लगाएका छन । थुप्रै प्रतिकुलताका बाबजुद नेपाल सुशासनको क्षेत्रमा पनि सरकारले राम्रो काम गरिरहेक बेला पार्टीले सहयोग गर्नुपर्ने होइन र ! झन उल्टो बाटो रोज्नु देश र जनताको हितमा कसरी हुन्छ ? उनको जिज्ञासा छ। । प्रतिपक्षले नियन्त्रण र सन्तुलनको भूमिका खेल्छ तर सत्तापक्षकै केही साथीहरु प्रतिपक्षभन्दा आक्रमक विदम्बनापूर्ण अवस्था सिर्जना गरेको अवस्था चित्रण गरेका छन । सरकार अफ्नै पार्टीको घेराबन्दीमा परेकोमा गुनासो गरेका छन।यो अवस्था आउँछ भन्ने आँकलन भए पनि सबैलाई मिलाउँदै जान नसक्दा अहिलेको परिणाम हो ।
संसदलाई केही नेताहरुको बन्धक बनाउनु जनादेश विपरित हुन्थ्यो, मुलुकलाई निकास दिनैपथ्र्यौ त्यसैले यो कदम चालेको दलील हो । संसदीय दलको बैठक राखेर छलफल नगरी नेतालाई मिलाउन खोज्दा सांसदहरू टाढा बने।बहुमत पाएको प्रधानमन्त्री अल्पमतमा पर्नु भुईको टिप्न खोज्दा पोल्टाको खस्नु जस्तै हो । ‘निर्वाचन लोकतन्त्रको आत्मा हो, यो सबैभन्दा उन्नत विधि हो’तर विकल्प छ भने हठात चुनावमा जाँदा चौतर्फी विरोध र घेराबन्दीमा परेका हुन । जनतालाई फैसला गर्न दिनु नै सबैभन्दा लोकतान्त्रिक प्रक्रिया भए पनि संविधानमा नभएको अधिकार प्रयोग गर्दा असंवैधानिक देखिन्छ । यस्को फैसला अब सर्वोच्च अदालतले गर्नेछ । विघटनको मुख्य कारण पार्टीको आन्तरिक किचलो ,सत्ता स्वार्थ र अस्थिर स्वभाव नै हो । ठूला नेतालाई सहि बाटोमा ल्याउन हस्तक्षेपकारी भुमिका खेल्न नसक्नु दोस्रो पुस्ताको पनि कमजोरी हो । पहिल्यै यो अवस्था आउन दिनेहरू अहिले पार्टी विभाजनको दोष बोक्दिन भन्नू कालान्तरमा पार्टी विभाजनमै जानू हो ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...