Pokharapatra National Daily

मनसुन शुरुआत

नेपालमा मनसुन शुरु भएको छ । विगतमा मनसुन शुरु भएको भनेर मौसम अनुमान विभागले भनेको हप्ता दस दिन पछि वर्षा हुने गर्दथ्यो । यसपटक भने अनुभुती हुने गरि मनसुन शुरु भएको छ । मनसुन शुरु हुने घोषणा हुनु अघि बर्षा भएको हुुँदा मनसुन शुरु भएपछि पानी नपर्ने हो कि भन्ने आशंका हटेको छ । अनुमान अहिले मिल्न थालेको छ । मनसुन शुरु भएकोले खेतीपाती पनि शुरु भएको छ । लगातार वर्षा भएकोले धान रोपाइँ पनि हुन थालेको छ । पानी पर्न थालेपछि मुल फुट्न थाल्छ । नेपालमा सामान्यतः १० जुनदेखि २३ सेप्टेम्बर करिब चार महिनाको मनसुनी अवधिमा आठ सय पाँच मिलिमिटर वर्षा हुन्छ जुन नेपालमा बर्सने पानीको करिब ८० प्रतिशत हो ।
मौसमले सम्पूर्ण प्राणी, वनस्पति तथा वातावरणमाथि सरोकार राख्छ । विगतमा आमसरोकार नहुने मौसम अनुमान अब भने आमचासोको विषय बन्दैछ । कुनै जमाना मौसम अनुमान मौसमविद्हरूको प्राज्ञिक ज्ञानमा सीमित थियो । क्रमशः यो हवाई उड्यनको क्षेत्रमा अन्तरसम्बन्धित हुँदै हरेक मानवको जीवन र क्रियाकलापसँग सम्बन्धित घटना हुनपुगेको छ । खेतीकिसानी, यात्रा, विकास–निर्माणका हरेक कार्यमा मौसम पूर्वानुमानको महत्त्व बढेको छ । नेपालले हवाई उड्यनका लागि सुरु गरेको मौसम पूर्वानुमान समाजका हरेक क्षेत्रका लागि महत्वपूर्ण हुँदै आउनुमा यिनै कारण अन्तरनिहित छन् । वि.सं. २०२५ पुस १ गतेबाट सुरु गरिएको मौसम पूर्वानुमानसम्बन्धी जानकारी पछिल्ला वर्ष भरपर्दो हुँदै आएकाले आमनागरिकमा यसप्रति विश्वास पनि वृद्धि भएको छ । कृषकहरूका लागि बाली लगाउने, गोडमेल र थन्क्याउने प्रयोजनका लागि मौसम अनुमान महत्त्वपूर्ण हुने गरेको छ । मनसुनको समयमा हुने जनधनको क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमानको महत्त्व हुनेगर्छ ।
हरेक वर्ष विश्व मौसम सङ्गठनको नेतृत्वमा दक्षिण एसिया क्षेत्रका मौसमविद्को साझा मञ्चले मनसुनसम्बन्धी पूर्वानुमान तयार गर्छ । नेपालमा पनि विगतको तुलनामा आधुनिक प्रविधि तथा विधिबाट मौसम पूर्वानुमान गर्ने गरिएको छ, जसले नागरिकलाई यस अवधिमा सतर्कता अपनाउन सहज भएको छ । सार्वजनिक जीवनमा पनि मनसुनको ठूलो प्रभाव रहने भएकाले यसबारेमा सबै नागरिकलाई सचेत र जानकार बनाउनुपर्ने देखिन्छ । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ । यस वर्षको मनसुन गत केही वर्षका भन्दा सक्रिय हुनसक्ने अनुमान गर्दै विभागले उच्च सतर्कता अपनाउन गरेको आग्रहलाई आम नागरिकले होसियारीपूर्वक पालना गरे सम्भावित क्षति न्यूनीकरण गर्न सकिने छ । मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीमा जलप्रवाह बढ्ने, साना नदीनाला तथा खहरे खोलामा आकस्मिक बाढी आई सर्वसाधारणको जीवन कष्टकर बनाउने मात्र होइन कतिपय अवस्थामा जनधनको क्षति हुने भएकाले मौसम पूर्वानुमानलाई सर्वसाधारणको पहुँच र सरोकारको विषय बनाउनु आवश्यक देखिन्छ ।
मौसम पूर्वानुमानका जानकारीलाई अझ वैज्ञानिक र यथार्थपरक बनाउन सकिए बाढीपहिरो, डुबान, आँधीहुरी, असिना, तापक्रम, हिमपातका घटनालाई पहिला नै प्रक्षेपण गरी बालीमा हुने नोक्सानी घटाउन सकिनेछ । मौसम पूर्वानुमानसम्बद्ध निकायलाई आधुनिक उपकरण, विधि, प्रविधियुक्त बनाएर मनसुन, मौसम तथा बाढीसम्बन्धी सूचनालाई भरपर्दो बनाउन सकिनेछ । विभागबाट सम्प्रेषण हुँदै आएका यस्ता जानकारीलाई पूर्ण वैज्ञानिक तथा भरपर्दो बनाउन सकिए मनसुन वा यसले निम्त्याउने प्रकृति प्रकोपबारे किसानमात्र होइन आमनागरिक पूर्वजानकार भई सुरक्षाका विधि अवलम्बन गर्न सक्नेछन् । मौसमजन्य प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमान तथा बाढी भविष्यवाणी प्रणालीलाई सुदृढ बनाउनु पर्नेछ । अधिक हुने पूर्वानुमानलाई ध्यानमा राखी सम्भावित बाढी पहिरोको जोखिमबाट बच्न थप सतर्कता अपनाउन आवश्यक देखिन्छ । गृह मन्त्रालयले आफ्ना मातहतका सबै निकाय र संयन्त्रलाई सचेत पार्ने र सावधानी अपनाउन निर्देशन दिएको छ।सबै प्रदेश र स्थानीय सरकारले पनि तदनुकुलको योजना बनाउन जरुरी छ ।

प्रतिकृया दिनुहोस्

असार १५ र धान दिवस

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको...

गणतन्त्र दिवसको शुभकामना

नेपालमा गणतन्त्र घोषण भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १७ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...