Pokharapatra National Daily

प्रतिनिधि सभा विघटन जनमतको अनादर

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको राजनीतिक परिदृश्यमा आइतबार सबैलाई निराश र जनताले स्थिर सरकारको लागि दिएको मतको अनादर रह्यो । अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड लगायतका नेतासंग गरेको पहल निरर्थक बन्यो । प्रतिनिधि सभा विघटनको सिफारिस गरेपछि सत्तारूढ र विपक्षी दलले विरोध मात्र गरेनन् प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध प्रतिवाद गर्ने निर्णय गरेछन । सरकारमा रहेका सात जना मन्त्रीले सामुहिक राजिनामा दिएका छन । सत्तारूढ नेकपा ुस्थायी समितिले अध्यक्ष केपी ओलीलाई पार्टी अनुशासनको कार्वाही गरेकोे छ । अब नेकपा सिङ्गो पार्टी नहुने भएको छ । सडकमा विरोध शुक्र भएको छ । यो आन्दोलन अझै हुने देखिन्छ । पार्टीभित्रको अन्तरविरोधबारे ठोस समाधान ननिस्कने, सरकार सञ्चालनबारे दुई अध्यक्षका फरकफरक अडान कायमै रहने, कुनै समय प्रचण्डलाई दिन बिराएरअबस्थामा सुधार आउन सकेन । शिर्ष नेताहरूको जुँगाको लडाइँको कारण प्रतिनिधि सभको अबधि दुई वर्ष रहँदै विघटन गरेर कम्युनिस्टले पनि सत्ता चलाउन सक्दैनन् भन्ने भएको छ । नेपालमा कुनै पनि बहुमतको सरकार पुरै अबधि चल्न सकेन र बहुमत भएर मात्र हुदैन अस्थिर सोचाइ र ब्यवहार रहुन्जेल यस्तै हो भन्ने सन्देश गएको छ ।
नेकपाका पहिलो वरीयताका अध्यक्षसमेत रहेका ओलीले आइतबार पार्टीका नेताहरूले काम गर्न नदिएको रिसमा मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रतिनिधि सभा विघटनको राष्ट्रपतिसमक्ष सिफारिस गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दिउँसो सरकारको निर्णय सदर गर्दै प्रतिनिधिसभा विघटनको घोषणा गरेकी छन् । संविधानको धारा ८५ मा झिनो प्रावधान थियो । धारा ७६ र संविधानको धारा ८५ मा ‘यस संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुनेछ’ उल्लेख थियो । राष्ट्रपतिले यही धारामा टेकेर प्रतिनिधि सभा विघटन गरिदिइन् । नेकपाभित्रको आन्तरिक संघर्ष, किचलो र विग्रहको मार प्रतिनिधि सभाले खेप्‍नुपरेको छ । गत असार १८ गते पनि नेकपाभित्रकै रडाको कारण बिजनेस बाँकी रहँदै प्रधानमन्त्रीले संसद्को चालु (वर्षे) अधिवेशन अन्त्य गरिदिएका थिए ।
नेकपाभित्रको आन्तरिक संघर्ष उत्कर्षमा पुग्दा पार्टी विभाजन नै हुने हो । केपी ओलीले जनभावनाविपरीत संसद् विघटन गर्ने जुन कदम चालेका छन् । त्यो स्वेच्छाचारी, जनमत विपरीत हो । यो कदम गिरिजाप्रसाद कोइराला र शेर बहादुर देउवाको जस्तै हो । अबको लडाइँ सडक र अदालतबाट हुनेछ । नेपालमा कम्युनिस्ट पार्टीले अहिलेको जस्तो बहुमत पाउने आधार भत्किएको छ । राष्ट्रिय अडान लिन सक्ने ब्यक्ति र दल कमजोर बनेमा देशको लागि दुर्भाग्य हुनेछ । देशको माया गर्ने, विदेशी हस्तक्षेप नचाहने, लोकतान्त्रिक र प्रगतिशील सबै शक्ति मिलेर जानुपर्छ । त्यसका लागि आवेग, उत्तेजना र ईगो छाडेर धैर्य र संयम अपनाउनु पर्दछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...