Pokharapatra National Daily

लोकप्रिय बजेट

विपक्षी दलहरूको चौतर्फी विरोधका बाबजुद सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९को बजेट सार्वजनिक गरेको छ। शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेले १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट सार्वजनिक गरेका छन । कोरोना महामारीको कारण अघिल्लो आर्थिक वर्षको भन्दा यो आर्थिक वर्षको बजेट दुई खर्बले बढेको छ । अघिल्लो आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट ल्याएको थियो । कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्तासहित धेरै क्षेत्रमा बाँडिएको बजेटले तत्कालका लागि नागरिकलाई खुशी पारेको छ ।
सरकारले चालु शीर्षकमा ६ खर्ब ७८ अर्ब ४१ करोड, वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड, विकासतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ७ अर्ब ९७ करोड, राजस्वबाट १० खर्ब २४ अर्ब २४ करोड असुलको लक्ष्य राखेको छ । बजेटमा सरकाले वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त गर्ने लक्ष्य लिएको छ । सरकारले बजेटमा ज्येष्ठ नागरिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्याएको छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन दिने भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण ५ प्रतिशत ब्याजदरमा पाइने, लघु, घरेलु, साना उद्यम, वैदेशिक रोजगारीमा फर्किएका युवालाई ५ प्रतिशत ब्याजदरमा सहुलियत दिने, तरकारी, दूध र माछा, मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने भएका छन् ।
लोकप्रिय कार्यक्रम अन्तर्गत सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार कर्जा र १६ वर्ष उमेर पुगेका विद्यार्थीलाई सीम कार्ड निःशुल्क दिने, निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारले निषेधाज्ञामा खाद्य कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र ग्यास किन्दा २० प्रतिशत छुट दिएको छ । विवादित गरिबी निवारण कोष खारेज गरेको छ भने स्टार्टअप व्यवसायलाई परियोजना धितो राखेर १ प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा दिने घोषणा गरेको छ । त्यसैगरी पत्रकार महासंघको सदस्य भएका पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार, ७ लाखको दुर्घटना बीमा दिने घोषणा सरकारले गरेको छ ।
सरकारले ल्याएको बजेटले धेरै क्षेत्रलाई खुशी बनाउने गरि ल्याएको छ । विपक्षीले संविधानमा जेठ १५ गते बजेट आउने बाध्यात्मक ब्यवस्थालाई पनि रोक्न सर्वोच्चमा जाने देखि भुतपुर्व अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष, पुर्व सभामुख, पुर्व निर्वाचन आयुक्त, पुर्व प्रधान न्यायाधीश समेत लागेका हुन।अहिलेको मुख्य चुनौती सामना गर्ने, स्वास्थ्यमा लगानी बढाउने , राहत दिने,निजि क्षेत्रलाई विश्वासमा लिने, लगानी मैत्री बजेट आएको प्रतिक्रिया आएका छन।बजेट राम्रो भए पनि कार्यान्वयन सजिलो छैन ।कार्यान्वयनमा ल्याउन सबैले सहयोग गरेमा अहिलेका चुनौतीसंग जुध्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...