विश्व प्रेस स्वतन्त्रता दिवस मनाईरहदा नेपाली पत्रकारहरु कसरी कार्य क्षेत्रमा जान सकिन्छ भन्ने उपायको खोजीमा छन । कोभिडको दोस्रो महामारीबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायबारे घोत्लिनु परेको छ । कोरोना भाइरसको संक्रमणका कारण जनतालाई सहि सुचना दिन सक्ने अवस्था छैन । कहिले जागिर जाने हो कि भन्ने पिरलो छ । अझ कोरोना संक्रमित भएमा स्वास्थ्य उपचार पाउन नसकिने हो कि भन्ने चिन्ताले सताएको छ । स्वतन्त्रता पूर्वक कसरी सुचना दिन सकिन्छ र जिम्मेवार पत्रकारिता गर्न सकिन्छ भनेर समिक्षा गर्नुपर्ने बेला कसरी अरुबाट जोगिने अवस्था आउनु दुखद हो । पत्रकारहरुको असरक्षित हुदा प्रेस स्वतन्त्रता कुण्ठित हुने गरेको छ । विद्युतिया कारोवार एैनको आडमा पत्रकारहरुलाई पक्राउ गर्ने कामभएको छ । सामाजिक सञ्जाललाई सञ्चार माध्यमको ठान्ने भुलले अनलाईनलाई नियन्त्रण गर्न खोजिएको त होईन भन्ने प्रश्न खडा भएको छ ।
पत्रकारको हितमा ल्याईएको न्युनतम पारिश्रमिक कार्यान्वयन हुन नसक्दा पत्रकारको पेशागत सुरक्षा हुन सकेको छैन । विना अवरोेध स्वतन्त्र पत्रकारिता गर्न पाउने वातावरण निर्माण नभए सम्म स्वतन्त्र पत्रकारिताका लागि लडिरहुनु पर्ने भएको छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघ साधारण सभाको घोषणा पछि युनेस्कोको आब्हानमा मे ३ मा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । संसारभरीका पत्रकारहरुले मे ३ लाई महत्वपूर्ण दिनको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । सत्ता र शक्तिको दुरुपयोग गरेर सञ्चार, न्याय र बिधिको शासन बिचको सम्बन्धको महत्व बुझाउन सकेमात्र प्रेस सुरक्षित बन्छ । प्रेस स्वतन्त्रताको अवस्था विश्वभर राम्रो छैन । द्धन्द ग्रस्त मुलुकमा सबैभन्दा असुरक्षित पत्रकार भएका छन् । रिपोर्टिङमा गएका पत्रकार सुरक्षित रुपमा फर्कन्छन् कि फर्कदैनन् भन्ने अबस्था बिद्यमान छ ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको छ । तर व्यवहारमा कार्यान्वयन नभइन्जेल संविधानमा लेखेर मात्र पुग्दैन । स्वतन्त्र न्यायालयले छोड्न आदेश दिदा पनि धरपकड गर्नु नाङलो ठटाएर हात्ति तर्साउने जस्तै काम हो । संविधानले दिएको अधिकार कानुन वनाएर संकुचन बनाउन खोज्नु प्रेस प्रतिको अनुदार सोच हो । नेपाली पत्रकारहरुको भौतिक र व्यावसायिक सुरक्षाको लागि पत्रकार महासंघले लामो समय देखि आवाज उठाउँदै आएको छ । महासंघका अधिवेशन र साधारण सभाका मुख्य विषय पत्रकारको सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुदै आएका हो ।
स्थानीय र प्रदेश सरकारले प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध र मिडीयामैत्री हुने अपेक्षा अनुसार ब्यबहारमा देखिन सकेको छैन् । सरकारले तोकेको पारिश्रमिक दिन आनकानी गर्ने सञ्चार प्रतिष्ठान पनि स्वतन्त्र पत्रकारिताका पक्षपाति हुन सक्दैनन् । प्रेस स्वतन्त्रता दिवस मनाउनुको अर्थ श्रमजीवी पत्रकारको ऐनको कार्यान्वयन हो । पत्रकारलाई सबल बनाउन सुरक्षाको प्रत्याभुति र तालिम पनि उतिकै खाचो छ । पत्रकार दुर्घटना बिमा र स्वास्थ्य बिमा प्राथमिक सर्त बन्नु पर्दछ । स्वतन्त्र प्रेसको लागि जिम्मेवार र मर्यादित बन्नु आवस्यक छ । राज्यले संबिधानमा भएको प्राब्धान अनुसार कानुन बन्नु पर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कागजी खोष्टो मात्र नबनाउन सरकारले ब्यबहारबाट पुष्टि गर्ने बेला आएको छ । जनताले सहि सूचना पाउने र राज्य जनतालाई सहि सुचना दिन प्रतिबद्धता जनाउने बेला यही हो । प्रेस स्वतन्त्रता दिवसका अबसरमा आँफु जलेर अरुलाई उज्याले दिने पत्रकारहरुलाई हार्दिक शुभकामना ।