Pokharapatra National Daily

खुम्चिदै प्रेस स्वतन्त्रता

विश्व प्रेस स्वतन्त्रता दिवस मनाईरहदा नेपाली पत्रकारहरु कसरी कार्य क्षेत्रमा जान सकिन्छ भन्ने उपायको खोजीमा छन । कोभिडको दोस्रो महामारीबाट जोगिन स्वास्थ्य सुरक्षाका उपायबारे घोत्लिनु परेको छ । कोरोना भाइरसको संक्रमणका कारण जनतालाई सहि सुचना दिन सक्ने अवस्था छैन । कहिले जागिर जाने हो कि भन्ने पिरलो छ । अझ कोरोना संक्रमित भएमा स्वास्थ्य उपचार पाउन नसकिने हो कि भन्ने चिन्ताले सताएको छ । स्वतन्त्रता पूर्वक कसरी सुचना दिन सकिन्छ र जिम्मेवार पत्रकारिता गर्न सकिन्छ भनेर समिक्षा गर्नुपर्ने बेला कसरी अरुबाट जोगिने अवस्था आउनु दुखद हो । पत्रकारहरुको असरक्षित हुदा प्रेस स्वतन्त्रता कुण्ठित हुने गरेको छ । विद्युतिया कारोवार एैनको आडमा पत्रकारहरुलाई पक्राउ गर्ने कामभएको छ । सामाजिक सञ्जाललाई सञ्चार माध्यमको ठान्ने भुलले अनलाईनलाई नियन्त्रण गर्न खोजिएको त होईन भन्ने प्रश्न खडा भएको छ ।
पत्रकारको हितमा ल्याईएको न्युनतम पारिश्रमिक कार्यान्वयन हुन नसक्दा पत्रकारको पेशागत सुरक्षा हुन सकेको छैन । विना अवरोेध स्वतन्त्र पत्रकारिता गर्न पाउने वातावरण निर्माण नभए सम्म स्वतन्त्र पत्रकारिताका लागि लडिरहुनु पर्ने भएको छ । सन् १९९३ मा संयुक्त राष्ट्र संघ साधारण सभाको घोषणा पछि युनेस्कोको आब्हानमा मे ३ मा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । संसारभरीका पत्रकारहरुले मे ३ लाई महत्वपूर्ण दिनको रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । सत्ता र शक्तिको दुरुपयोग गरेर सञ्चार, न्याय र बिधिको शासन बिचको सम्बन्धको महत्व बुझाउन सकेमात्र प्रेस सुरक्षित बन्छ । प्रेस स्वतन्त्रताको अवस्था विश्वभर राम्रो छैन । द्धन्द ग्रस्त मुलुकमा सबैभन्दा असुरक्षित पत्रकार भएका छन् । रिपोर्टिङमा गएका पत्रकार सुरक्षित रुपमा फर्कन्छन् कि फर्कदैनन् भन्ने अबस्था बिद्यमान छ ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरेको छ । तर व्यवहारमा कार्यान्वयन नभइन्जेल संविधानमा लेखेर मात्र पुग्दैन । स्वतन्त्र न्यायालयले छोड्न आदेश दिदा पनि धरपकड गर्नु नाङलो ठटाएर हात्ति तर्साउने जस्तै काम हो । संविधानले दिएको अधिकार कानुन वनाएर संकुचन बनाउन खोज्नु प्रेस प्रतिको अनुदार सोच हो । नेपाली पत्रकारहरुको भौतिक र व्यावसायिक सुरक्षाको लागि पत्रकार महासंघले लामो समय देखि आवाज उठाउँदै आएको छ । महासंघका अधिवेशन र साधारण सभाका मुख्य विषय पत्रकारको सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हुदै आएका हो ।
स्थानीय र प्रदेश सरकारले प्रेस स्वतन्त्रता प्रति प्रतिबद्ध र मिडीयामैत्री हुने अपेक्षा अनुसार ब्यबहारमा देखिन सकेको छैन् । सरकारले तोकेको पारिश्रमिक दिन आनकानी गर्ने सञ्चार प्रतिष्ठान पनि स्वतन्त्र पत्रकारिताका पक्षपाति हुन सक्दैनन् । प्रेस स्वतन्त्रता दिवस मनाउनुको अर्थ श्रमजीवी पत्रकारको ऐनको कार्यान्वयन हो । पत्रकारलाई सबल बनाउन सुरक्षाको प्रत्याभुति र तालिम पनि उतिकै खाचो छ । पत्रकार दुर्घटना बिमा र स्वास्थ्य बिमा प्राथमिक सर्त बन्नु पर्दछ । स्वतन्त्र प्रेसको लागि जिम्मेवार र मर्यादित बन्नु आवस्यक छ । राज्यले संबिधानमा भएको प्राब्धान अनुसार कानुन बन्नु पर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कागजी खोष्टो मात्र नबनाउन सरकारले ब्यबहारबाट पुष्टि गर्ने बेला आएको छ । जनताले सहि सूचना पाउने र राज्य जनतालाई सहि सुचना दिन प्रतिबद्धता जनाउने बेला यही हो । प्रेस स्वतन्त्रता दिवसका अबसरमा आँफु जलेर अरुलाई उज्याले दिने पत्रकारहरुलाई हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...