Pokharapatra National Daily

संसदीय प्रणालीलाई बदनाम गराउने काम

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान बेला प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था नदेखाएपछि प्रदेश सभा सचिवालयले अर्को सुचना नभए सम्मका लागि स्थगित गरिदिएको छ।बैठक चलिरहेका बेला बुधबार २ जना सांसद अनुपस्थित भएपछि अविश्वासको प्रस्ताव पारित नहुने अनुमान विपक्षी गठबन्धनलाई थियोे । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे अनुपस्थित भएको हल्ला चलेको थियोे । दुवैको मोबाइल अफ भएको र कुनै सांसदसँग उनीहरुको सम्पर्क नभएको कांग्रेस, माओवादीले हल्ला चलाए । अविश्वास प्रस्तावमाथिको मतदान रोकेर सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलको चलखेललाई बढाई दिएका छन । अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन भएको थियो ।
वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन् । कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन् । १२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन् । ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाको पार्टी केन्द्रले आफ्ना सांसदलाई अविश्वासको पक्षमा मतदान गर्न निर्देशन गरेको थियोे । जनमोर्चाका प्रत्यक्ष निर्वाचित सांसदलाई कार्यकर्ताले कांग्रेसलाई मत नहाल्न दबाब दिदै आएका छन।निर्णायक मानिएको जनमोर्चामा आएको खटपटीले संसदीय प्रणालीको बद्नाम गराएको छ ।
संसदीय प्रणाली र संघीयताको विरोध गर्ने राष्ट्रिय जनमोर्चा आफै फोहोरी खेलमा फसेको छ।कहिले बामपंथी एकताको नारा दिएर चुनाव जित्ने कहिले मित्रसक्तिलाई हटाउन दक्षिणपन्थीसंग मिल्ने चरित्रले विवादमा तानिएको छ। राष्ट्रिय जनमोर्चाका तीन सांसद तीनतिर लागेका छन् । सांसद खिमविक्रम शाही विरामी भएको भन्दै अनुपस्थित भएपछि कांग्रेस र माओवादीले पेस गरेका अविश्वास प्रस्ताव पारित नहुने निश्चित भएको थियो । शाही बेपत्ता भएको भन्दै जनमोर्चाकै सचेतक पियारी थापाले उनको खोजी गर्न माग गर्दै प्रदेश सभा बैठकको कारवाही रोक्न निवेदन दिइन् । उनले निवेदन दिए लगत्तै सभामुख नेत्रराज अधिकारीले एकतर्फी रुपमा सूचना टाँसेर प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरे ।
सभामुखले एकतर्फी रुपमा प्रदेश सभा स्थगन गरेको भन्दै जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आपत्ति जनाएका छन् । एकातिर जनमोर्चाकै सचेतकका निवेदनलाई सिरानी हालेर सभामुखले संसद स्थगित गरेका छन् भने अर्कोतिर दलका नेताले स्थगनको विरोध गरेका छन् । सभामुखले बैठक स्थगित गर्नु संसदीय व्यवस्थाको गन्धा खेल हो । आफ्नो स्वार्थपूर्ति भए छिटो गर्नुपर्ने नत्र ढिला गर्ने खेल रहेछ । भनेर जनमोर्चाले तमासा देखाएको छ । जनमोर्चाको केन्द्रले मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावलाई साथ दिए पनि प्रदेश सभामा पियारी थापामात्र त्यस निर्णयको पक्षमा देखिएकी छन् । जनमोर्चाका दुई सांसद पार्टीको निर्णय स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रहेको भन्दै विपक्षमा छन् । बागलुङबाट जितेका दुवै सांसदले पार्टीको निर्णयले जिल्लामा भोलिका दिनमा राजनीति गाह्रो हुने बताएका छन् । निर्णय लाद्ने नेता भन्दा मतदान गर्ने जनताको कुरा सुन्दा चेपुवामा परेका छन।शाहीले कोभिड को सहारा लिन पुगेका छन । जनमोर्चाको द्वैध चरित्रले गर्दा सांसद संगै मुख्यमन्त्री गुरुङले सत्ता जोगाउन गलत हरकत गरेको आरोप खेप्नुपरेको छ।एक सांसदको कारण सभामुख, मुख्यमन्त्री, संसदीय प्रणाली र पार्टीको चरित्रलाई जनतामा बद्नाम गराएको छ ।

प्रतिकृया दिनुहोस्

नयाँ वर्ष उत्साह र आशाको वर्ष बन्न सकोस्

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८३ शुरु भएको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...