Pokharapatra National Daily

विवादमै सहमति

विवादको चरम उत्कर्षमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक दुई अध्यक्षबीच सहमतिअनुसार सकिएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भएकोमा छलफलपछि सरकारले ल्याएको संवैधानिक परिषद् सम्वन्धि अध्यादेश र संसदको विशेष अधिवेशन बोलाउने निर्णय फिर्ता लिने सहमति जुटेको थियौ । निर्धारित समय भन्दा तीन घण्टा ढिलो शुरु भएको स्थायी समितिको बैठकले संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धि मंगलबार जारी अध्यादेश र संसद्को विषेश अधिवेशन वोलाउन राष्ट्रपति समक्ष निवेदन दिन संकलन गरिएको हस्ताक्षर फिर्ता लिने सर्वसम्मत निर्णय गरेको छ । अध्यादेश जारी भएकोले नयाँ निर्णय भएको छ कि भन्ने आशंका हटेको छ । संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नी प्रसाद सापकोटा नगएको कारण अध्यादेश आउने अवस्था आएको प्रस्टीकरण प्रधानमन्त्रीले दिएका थिए । बैठक बस्नुअघि ओली र प्रचण्डबीच भनाभन भए पनि दुवै अध्यक्ष सहमतिमा आएका कारण विग्रह हाललाई टरेको छ ।
बैठक पुष ५ गतेसम्म स्थगित भएको छ भने केन्द्रीय कमिटीको बैठक पनि सरेको छ । पुष ५ गते बोलाइएको केन्द्रीय कमिटीको बैठक १० गतेसम्म सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन।चार दिन सहमतिको प्रस्ताव ल्याएर पार्टीलाई फुटबाट जोगाउने उपाय खोज्ने मौका पाएका छन् । शिर्ष नेतृत्वमा देखिएको आवेगमा आएर आरोप लगाउने र त्यसकै आधारमा कदम चाल्ने काममा नेताहरूलाई खबरदारी गर्ने अवसर दोस्रो पुस्ताका नेताहरूले पाएका छन । स्थायी कमिटी अगाडी दुई अध्यक्षबीच चार बुँदे सहमति बनेपछि नेकपाको विवाद साम्य भएको अनुमान गरिएको छ । निर्णय भएको त कार्यान्वयन नभएकोले विवादले चर्को रुप लिएको हो ।सहमति ब्यवहारमा आएपछि मात्र विश्वास गर्न सकिन्छ । प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गतेको स्थायी निर्णयमा फर्किने, अध्यादेश र विशेष अधिवेशन बोलाउने माग फिर्ता गर्ने र पुष ५ गते बस्ने स्थायी कमिटी बैठकमा सयुक्त प्रस्ताव लैजाने सहमति बनेको प्रचार भएको छ।कार्यकर्ताले सकारात्मक रुपमा लिए पनि प्रचण्डको सचिवालयले दुईवटा सहमति भएको भनाइले रात रहे अग्राख पलाउँछ भन्ने जस्तै हुनसक्छ ।
नेकपा का दुई अध्यक्ष चर्को झगडा गरेको बेला सहमति गरेका थिए।अहिले पनि मिल्न सके कार्यकर्ताले राम्रो मान्ने छन।सपार्न नसके पनि थप विग्रन नदिएमा सन्तोष मान्ने अवस्था छ । नेकपा विवाद र त्यसकै आधारमा विभाजन तिर लाने काम तत्कालको लागि देशको हितमा छैन । जनताले दिएको मतको अनादर हो । बुढापाकाले भन्ने गरेको कुकुरलाई घ्यू नपचेको र कम्युनिस्टलाई बहुमत नफापेको उखान फेर्नु पर्नेछ । दुवैतर्फका अतिलाई हावी हुन नदिएमा नेताहरू बाध्य भएर पार्टी जोगाउने स्थितिमा आउन कर लाग्नेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...