Pokharapatra National Daily

स्वास्थ्य मापदण्ड पालना गरौँ

नयाँ वर्ष २०७८ सँगै देशैभरमा कोरोना भाइरसको दोस्रो चरणको महामारी देखिएको छ । गतवर्ष कोरोना भाइरसको संक्रमण समुदायमा नपुगोस भनेर लकडाउन गरिएको थियोे । कन्ट्याक्ट् ट्रेसिङका लागि गरिएको प्रयासले केही सफलता मिल पनि जनता भयभित थिए । चिकित्सक ,एम्बुलेन्स चालक , राजनीतिक कार्यकर्तालाई नेतृत्वले परिचालन गर्न सकेको थिएन ।सबैमा त्रास थियोे । यसपटक मानिसमा त्यस्तो त्रास देखिएको छैन । पहिलो पटकको संक्रमण प्रचार गरिए जति भयानक नभएकाले पनि आमनेपाली यस पटक निर्धक्क प्रायः देखिएका छन् ।कोभिड–१९ विरुद्ध खोप पहिलो चरणमा १९ लाखले लगाएका छन । दोस्रो चरणको खोप लगाउन थालिएको हुँदा केही हुँदैन भनेर हेलचक्रयाईँ भएको छ । केहीले अझै पनि कोरोना हौवा हो भनेर नजरअन्दाज गर्ने पनि छन।जो कोरोना संक्रमित भएको छ उस्ले र परिवारले पीडा भोगेको छ।जनस्वास्थ्य विद् र विज्ञहरूका अनुसार यस पटकको संक्रमण गत वर्षभन्दा तीव्र विस्तार मात्र हुँदैछैन । नेपालमा गत वर्ष ४०–५० वर्षमाथिका उमेर समूह बढी संक्रमित भएका थिए । यस पटक विद्यालय उमेर समूहमा पनि संक्रमण फैलिएको छ । छिमेकी मुलुक भारतको अवस्था र अन्य मुलुकको प्रभाव हेर्दा महामारीबाट बच्न स्वास्थ्य मापदण्ड कठोरताका साथ पालना गर्नुपर्छ ।देशका राजनीतिक शक्ति र नागरिकले सरकारलाई रोकथाम ,नियन्त्रण र उपचारको लागि योजनाबद्ध तयारीका लागि दबाब दिनुपर्छ ।
मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण पुनः बढेको अवस्थाको मूल्याङ्कन गर्दै जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरेको छ । बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सहरी क्षेत्रका विद्यालयमा भौतिक उपस्थिति रोक्दै भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै बैठकले विवाह, धार्मिक कार्यक्रम, मृत्यु संस्कारमा सहभागी हुनेको संख्या २५ जनामा सीमित गर्ने निर्णय गरेको छ । पार्टी प्यालेस, सपिङ मल, नाचघर, सिनेमा हल, हेल्थ क्लब, पौडी पोखरीसहित मन्दिर तथा धार्मिक स्थलमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेछ । सार्वजनिक यातायातका साधनमा चालक, सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ । निर्णयअनुसार मास्क नलगाएका यात्रुलाई १० रुपियाँ लिई सवारी चालकले मास्क उपलब्ध गराउनुपर्ने, सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, लामो दूरीका साधनमा बीचैमा यात्रु चढाउन नपाउने, यात्रुको विवरण राख्नुपर्ने, सवारी साधनमा अनिवार्य रूपमा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । रात्रिकालीन व्यवसाय तथा होटल÷रेस्टुरेन्ट राति ८ बजेपछि बन्द गर्नुपर्नेछ । निश्चय नै यस्ता निर्णय अप्रिय, अनपेक्षित हुन् । सरकारले विगतको अनुभवलाई समेत मध्यनजर गरेर जिल्लालाई जिम्मेवारी दिएको छ। स्वास्थ्य मापदण्ड अपनाएर आफू स्वस्थ रहने र सरकारलाई सहयोग गर्ने कार्यमा प्रत्येक नागरिक जिम्मेवार हुनैपर्छ । सरकारले गरेका कतिपय निर्णय आमनागरिक आफैँले आफ्ना लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा विधिभित्र पर्ने भएकाले तिनको पालनामा व्यक्ति नै सबैभन्दा बढी संवेदनशील हुनुपर्छ ।
लकडाउनले व्यापार, व्यवसाय धरासायी भएको विगत अनुभवलाई दृष्टिगत गर्दै संक्रमणको तीव्र परीक्षण, उपचार तथा अन्य व्यवस्थापनमा सम्बद्ध निकायको ध्यान जानुपर्नेछ । नागरिक, समुदाय, व्यवसायी, राज्यले आआफ्ना कर्तव्य निर्वाह गरेर लकडाउनको अवस्था आउनै दिन हुँदैन । परिस्थिति नियन्त्रण बाहिर गएमा अवस्थाअनुसार व्यवस्था गरिने भएकाले सरकारद्वारा गरिएका नागरिक तथा समुदाय केन्द्रित निर्णयलाई कसैले पनि आलोचना र असहयोगको विषय बनाउनु हुँदैन । आफ्नो व्यवसाय चलाइ खान पाउने अधिकारका नाममा बृहत सामाजिक हितप्रति आँखा चिम्लिनु औचित्यपूर्ण हुँदैन । विकल्पहीन अवस्थामा गरिएका बाध्यकारी निर्णय पालना गर्नु जिम्मेवार नागरिकको परिचय पनि हो । संकटविरुद्ध मिठा तर्क गर्न सकिनेछ तर त्यसको विकल्प पनि त्यस्तै मिठो हुनेगरी प्रस्तुत गर्न सक्नुपर्छ । विद्यालय बन्द नगर्दा अभिभावक र बन्द गर्दा विद्यालय सञ्चालकको दबाब महसुस गर्नुपर्ने अवस्था छ । विद्यमान अवस्थाको वस्तुपरक विश्लेषण गरेर सरकारले नागरिक सुरक्षाका लागि लिने निर्णयको पूर्णतः पालना गरी आफू र समुदायलाई सुरक्षित गर्ने जिम्मेवारीबाट कोही पनि पन्छन मिल्दैन । कतिपय हाम्रा धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने तडकभडक रोक्ने कानुनी प्रावधान अस्तित्वमा छन् ।यस्तो अवस्था रोक्न यसै पनि तडकभडक बन्द गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...