Pokharapatra National Daily

संसदीय फोहोरी खेलको शुरुआत

नेपाली जनताले स्थिरताको लागि दिएको मतलाई नेताहरूले अस्थिरतामा बदलेका छन । केन्द्र, प्रदेशमा कम्युनिस्ट र मधेस केन्द्रीत दललाई जनताले बहुमत दिएर पाँच वर्षसम्म सरकार चलाउन पठाएका हुन । चुनावमा साझा घोषणापत्र र साझा उमेदवारलाई जनताले विश्वास गरेर केन्द्र र छ वटा प्रदेशमा स्थिर सरकार बनाउने जनादेश कम्युनिस्टले पाएका हुन । एउटा प्रदेशमा मधेस केन्द्रीत दललाई सरकार बनाउन बहुमत पाएका हुन । एउटै चुनावी घोषणापत्र र साझा उमेदवार खडा गरेको नेकपा एमाले र माओवादी केन्द्रले बहुमत पाएर राजनीतिक स्थिरता कायम गर्ने अवसरलाई गुमाउन पुगेका छन । नेकपा हुँदै फेरि एमाले र माओवादी केन्द्रमा फर्किएपछि बहुमतको सरकार भत्काएर जोडजाडको सरकार बनाउने होडबाजी छ।कर्णाली प्रदेशमा एमालेको बहुमत हुँदाहुँदै फ्लोर क्रस गरेर जोडजाडको सरकार बनेको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोख्रेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बहुमतको लागि दुई सांसद चाहिने अवस्था छ।सबै विपक्षीलाई जुटाउनु भ्यागुताको धार्नी पु¥याउनु जस्तै हो । मुख्यसचिव पोख्रेल विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीनसहित जसपाका चार सांसदलाई थपेर मन्त्रिपरिषद् विस्तार भएको छ ।
प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै पोखरेलले जसपालाई आफू नेतृत्वको सरकारमा सामेल गराएका छन । संसदीय कर्णालीबाट शुरु भएको फोहोरी खेल लुम्बिनीमा आएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई सपथ गराएका छन् । मन्त्रीहरूले सपथग्रहण गरेकोे लगत्तै जसपाले मन्त्री पदबाट राजिनामा दिएर फिर्ता हुन अल्टिमेटम दिएको छ । छ सांसद भएको जसपाका चार सांसद मन्त्री बनेका छन।बहुमत सांसद मन्त्री बनेको लगत्तै पार्टीको संसदीय दलले निर्णय गर्ने अवस्था रहन्न । पदका लागि जतापनि जान सक्ने सांसद भईन्जेल राजनीतिक अस्थिरता र फोहोरी खेल जारी रहन्छ । चुनावी घोषणापत्र र जनताले दिएको मतलाई नेताहरूले अवमूल्यन गरेका कारण अहिलेको अवस्था आएको हो । संविधानले दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन रोकेको र गत वर्ष कोभिडका कारण अस्थिरता ल्याउन रोकिएको थियोे । सरकारले निति तथा कार्यक्रम कस्तो ल्याउने ,बजेट कस्तो बनाउने र कोभिडसंग कसरी जुध्ने भनेर गहन विचार विमर्श हुने बेला हो । नेपाली उखान “काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर “जस्तो व्यबहार गरेका नेताहरुले संघीयता कमजोर बनाउने र बिकास हुन नदिने काम मात्र हो ।
सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर थपिएका ४ मन्त्री र हेरफेर भएका ३ जना मन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा सपथ ग्रहण गराईएको छ । थपिएका मन्त्रीमध्ये भौतिक पूर्वाधारमा सन्तोष पाण्डे छन् । सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी थारुले आर्थिक मामिला तथा योजना मन्त्रालय साथै ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै उद्योगमन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषिमन्त्री आरती पौडेललाई उद्योग वन तथा वातावरण मन्त्री बनाइएको छ । त्यसैगरी कल्पना पाण्डे शिक्षा तथा सामाजिक विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...