Pokharapatra National Daily

इन्टरनेटको सही उपयोग गरौं

मानिसको दिनाचार्य आजभोलि मोबाइल र इन्टरनेट पर्याय बनेको छ । इन्टरनेटलाई ज्ञान, सूचना र मनोरञ्जनका लागि आधुनिक गुरु कै रुपमा मानिएका छन् । तर, यसको सही सदुपयोग भएको छ कि दुरूपयोग गरिएको छ यसको खोज अनुसन्धान हुनु जरुरी छ । खासगरी शहर बजारमा अधिकांशका घरमा इन्टरनेट जोडिएका छन् । मोवाइल खल्तीमा नहुने त मानिस नै हुँदैन । साना बाबुनानीलाई फुलाउन पनि आमाहरूले हातमा मोबाइल थमाइदिन्छन् । तर, तिनको ठीक तवरले उपयोग नगर्दा बालबालिकामा लत बस्ने खतरा हुन्छ । बालबालिका जब इन्टनेटभित्र छिर्छन् तब उनीहरूको लागि नै लहलहैमा लागेर झगडा गरेर पनि आर्थिक हैसियत नभएका मानिसलाई पनि घरमा इण्टरनेट जोड्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।
फेसबुक १३ वर्षभन्दा कमको बालबालिकाले चलाउन पाउँदैन । तर फेसबुक फेसन र फोटो देखाउने रूपमा पनि साना बालबालिकाको फेसबुक अकाउन्ट बनाएर चलाइरहका हुन्छन् । इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ध्यान दिई अभिभावकले पनि आफुले मोबाइल वा ल्यापटप चलाउँदा विचार पु¥याउनुपर्छ । बालबालिकालाई पढ् भनेर गाली गर्ने र आफू भने इन्टरनेट चलाएर बस्ने गर्नुहुँदैन । अनलाइन इन्टरनेटबारे ज्ञान हुन आवश्यक पर्छ । बालबालिकाले विभिन्न वेबसाइटमा के हेर्ने भन्नेबारे ज्ञान लिनुपर्छ । उनीहरू सँगै बसेर साइट अवलोकन गर्नुपर्छ । इन्टरनेट चलाउने समय र नियमहरू बनाइदिनुपर्छ र त्यो आफूमा पनि लागु गर्नुपर्छ । विद्यालयहरूले पनि बिद्यार्थीलाई यो कुरा सिकाउनु जरुरी हुन्छ ।
फेसबुक वा युट्युब संचालन गर्नेहरूले कति उमेरमा साइट खोल्न पाउने त्यो निर्धारण गर्नु जरुरी छ । उमेर नपुगेका बालबालिकालाई फेसबुक खोल्न दिइनु हुँदैन । यसमा उमेर किटानी गर्नु जरुरी हुन्छ । विश्वभरी नै बालबालिकाहरू इन्टरनेटबाट चल्ने सामग्रीहरू प्रयोग गर्ने लतमा लागिरहेका छन् । मानिस चौबिसै घण्टा बसेर त्यसमा अल्झिरह्यो भने शरीर कुँजिन्छ । शारीरिक ब्यायाम हुँदैन । त्यसरी लामो समयसम्म बसियो भने त्यस्ता मानिसले कुनैपनि परिश्रम गर्न सक्तैनन् । ज्ञानको लागि एक वा दुई घण्टा इण्टरनेट चलाउनु बेग्लै कुरा हो । ब्यवसाय नै त्यहि भएकालाई पनि इन्टरनेटमा खेल्नु आवश्यक होला । तर, नितान्त मनोरञ्जनको लागि उमेर नै नपुगेका बालबालिकाले जब इन्टरनेटलाई लत बनाउन थाल्छन् त्यो उनीहरूको लागि त हानीकारक छ नै यस परिवार, समाज, हुदै देशकै लागि समेत हानिकारक छ भन्ने बुझ्नु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...