Pokharapatra National Daily

इन्टरनेटको सही उपयोग गरौं

मानिसको दिनाचार्य आजभोलि मोबाइल र इन्टरनेट पर्याय बनेको छ । इन्टरनेटलाई ज्ञान, सूचना र मनोरञ्जनका लागि आधुनिक गुरु कै रुपमा मानिएका छन् । तर, यसको सही सदुपयोग भएको छ कि दुरूपयोग गरिएको छ यसको खोज अनुसन्धान हुनु जरुरी छ । खासगरी शहर बजारमा अधिकांशका घरमा इन्टरनेट जोडिएका छन् । मोवाइल खल्तीमा नहुने त मानिस नै हुँदैन । साना बाबुनानीलाई फुलाउन पनि आमाहरूले हातमा मोबाइल थमाइदिन्छन् । तर, तिनको ठीक तवरले उपयोग नगर्दा बालबालिकामा लत बस्ने खतरा हुन्छ । बालबालिका जब इन्टनेटभित्र छिर्छन् तब उनीहरूको लागि नै लहलहैमा लागेर झगडा गरेर पनि आर्थिक हैसियत नभएका मानिसलाई पनि घरमा इण्टरनेट जोड्नुपर्ने आवश्यकता बढ्दै गएको छ ।
फेसबुक १३ वर्षभन्दा कमको बालबालिकाले चलाउन पाउँदैन । तर फेसबुक फेसन र फोटो देखाउने रूपमा पनि साना बालबालिकाको फेसबुक अकाउन्ट बनाएर चलाइरहका हुन्छन् । इन्टरनेट उपयोग र यसले पार्ने नकारात्मक प्रभावलाई ध्यान दिई अभिभावकले पनि आफुले मोबाइल वा ल्यापटप चलाउँदा विचार पु¥याउनुपर्छ । बालबालिकालाई पढ् भनेर गाली गर्ने र आफू भने इन्टरनेट चलाएर बस्ने गर्नुहुँदैन । अनलाइन इन्टरनेटबारे ज्ञान हुन आवश्यक पर्छ । बालबालिकाले विभिन्न वेबसाइटमा के हेर्ने भन्नेबारे ज्ञान लिनुपर्छ । उनीहरू सँगै बसेर साइट अवलोकन गर्नुपर्छ । इन्टरनेट चलाउने समय र नियमहरू बनाइदिनुपर्छ र त्यो आफूमा पनि लागु गर्नुपर्छ । विद्यालयहरूले पनि बिद्यार्थीलाई यो कुरा सिकाउनु जरुरी हुन्छ ।
फेसबुक वा युट्युब संचालन गर्नेहरूले कति उमेरमा साइट खोल्न पाउने त्यो निर्धारण गर्नु जरुरी छ । उमेर नपुगेका बालबालिकालाई फेसबुक खोल्न दिइनु हुँदैन । यसमा उमेर किटानी गर्नु जरुरी हुन्छ । विश्वभरी नै बालबालिकाहरू इन्टरनेटबाट चल्ने सामग्रीहरू प्रयोग गर्ने लतमा लागिरहेका छन् । मानिस चौबिसै घण्टा बसेर त्यसमा अल्झिरह्यो भने शरीर कुँजिन्छ । शारीरिक ब्यायाम हुँदैन । त्यसरी लामो समयसम्म बसियो भने त्यस्ता मानिसले कुनैपनि परिश्रम गर्न सक्तैनन् । ज्ञानको लागि एक वा दुई घण्टा इण्टरनेट चलाउनु बेग्लै कुरा हो । ब्यवसाय नै त्यहि भएकालाई पनि इन्टरनेटमा खेल्नु आवश्यक होला । तर, नितान्त मनोरञ्जनको लागि उमेर नै नपुगेका बालबालिकाले जब इन्टरनेटलाई लत बनाउन थाल्छन् त्यो उनीहरूको लागि त हानीकारक छ नै यस परिवार, समाज, हुदै देशकै लागि समेत हानिकारक छ भन्ने बुझ्नु जरुरी छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...