Pokharapatra National Daily

सहकारीको सान्दर्भिकता बढ्दै

वि.सं. २०१३ सालमा चितवनमा स्थापना भएको वखान ऋण सहकारी ६४ वर्षमा पुरा भएको छ । नेपालको सहकारी आन्दोलनलाई अगाडी बढाउन वखान सहकारीले मार्गदर्शन गरेको छ । ६४ औं सहकारी दिवसको अवसरमा देशभरि नै विभिन्न कार्यक्रम गरी मनाइएको छ । सहकारी दिवसमा निकालिएका जुलुस र झाकीँले सहकारीको शक्ति ग्रामीण तहसम्म पुगेको झल्काउँछ ।
विश्वमा सहकारी अभियानको प्रारम्भ १८ औं शताब्दीको औधोगिक क्रान्तिको परिणामबाट शुरु भएको हो । सन् १८४४ मा बेलायतमा पाउरोटी कारखाना खोलेर सहकारीको नयाँ अध्याय शुरु भएको मानिन्छ । नेपालमा २०१० सालमा योजना तथा विकास मन्त्रालय अन्तर्गत सहकारी विभाग राखिएको थियो । २०१३ साल चैत्र २० गते चितवनमा बखान ऋण सहकारी स्थापना भयो । चितवनको बखान सहकारीले मान्यता पाएकै दिनलाई सहकारी दिवस मनाउन थालिएको छ ।
छरिएर रहेको पुजीलाई एकिकृत गर्दै आर्थिक उपार्जनका काममा प्रयोग गर्न सहकारी प्रभावकारी बन्दै गएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले आफ्नो समुदाय र वर्गका श्रम, पूजी र सीपलाई अधिकतम रुपमा परिचालिन गरी सदस्यको आवश्यकता परिपूर्ती गरी आर्थिक हित र उन्नतीका लागि व्यवसायीक क्रियाकलाप सहकारीले संचालन गर्दै आएकोछ । प्रजातान्त्रिक प्रणालीका आधारमा सहकारी संचालन मात्र भएको छैन प्रजातान्त्रिक अभ्यास पनि हुदैं आएको छ । सहकार्यको भावनाबाट संचालन हुने हँुदा सबै सदस्यको सहकारी तर्फ आर्कषण बढ्दै गएको छ। नेपालमा सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्नु भन्दा शासन प्रणाली अनुरुप चलाउन खोजियो । कहिले सहकारी, कहिले साझा, कहिले कृषि विकास बैंक, कहिले साना किसान अन्र्तगत चलाउने काम भयो । २०४८ मा सहकारी ऐन बनेपछि बल्ल व्यवस्थित रुपमा चलाउन थालिएको छ । संविधानले नै सहकारीलाई आर्थिक मेरुडण्डको एउटा आधार मानेको हुँदा व्यवस्थित रुपले संचालन गर्न कानुन संसोधन गरेर अधिकार पालिका तहसम्म संचालन गर्न थालिएको छ ।
नेपालमा सहकारीले दुर्गम र ग्रामीण क्षेत्रका जनतालाई आर्थिक गतिविधि गर्ने अवसर दिएको छ । बैंक तथा बित्तीय संस्थामा पुग्न नसकेको ठाउँमा सहकारी पुगेको छ । संबिधानले सहकारीलाई आर्थिक मेरुदण्डको रुपमा स्वीकार गरेको । राज्य, निजी क्षेत्र र सहकारी तीन क्षेत्रको मध्यामबाट देशको आर्थिक समृद्धि हासिल गर्न सकिने मान्यता लिएको छ । सहकारीमा जनताको आर्कषण बढे संगै यसलाई व्यवस्थित गर्न ऐनमा परिमार्जन गरिएको छ । सहकारीको कार्य क्षेत्र संघ (केन्द्र) प्रदेश र स्थानीय सरकारले कानुन बनाएर नियमन गर्दैछ । स्थानीय तहले बनाएका नियम सहकारी मैत्री हुन नसकेको गुनासो अभियन्ताको छ । सहकारीको मुल्य र मान्यता बिपरीत गएर नियन्त्रण गर्ने सोच राख्नु सहकारीलाई अघि बढ्न नदिनु हो ।
सहकारी अभियन्ता र अरुले पनि सहकारीका नाममा बैंक तथा बित्तीय सस्थाले जस्तै काम गर्न पाउनुपर्छ भन्ने मान्यता राख्नुहुदैन । सहकारीको मुल्य र मान्यातामा आघात नपुग्ने गरी जनताको रकम डुब्न नदिने व्यवस्था भएमा सहकारी अभियानले सार्थकता पाउने छ । सहकारी दिवस मनाईरहदा सहकारीलाई कसरी जनताको रकम नडुब्ने र आर्थिक गतिविधिमा संलग्न गराउने नीति बनेमा मात्र सहकारीको शक्ति र महत्व बढेर जानेछ । बचत संकलनमा गरिबकोमा पुग्ने, ऋण लगानी गर्दा धनीलाई जोड दिने परिपाटी हटाउनुपर्दछ । हिजोका साहु र बैंकले जस्तै सहकारीले पनि धेरै व्याज खाने प्रणाली रहेसम्म गरिब गरिबनै रहने अवस्था रहन्छ । स्थानीय र प्रदेशले राम्रोसँग नियमन गरेमा सहकारीमा देखिएको विकृति हटने र जनताका विचतमा सहकारीलाई स्थापित गराउन अभियान्ताहरुले अभियान चलाउनु आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...