Pokharapatra National Daily

सामाजिक सुरक्षा भत्ता

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अल्पमतको सरकारले शुरु गरेको बृद्ध भत्ता अहिले सामाजिक सुरक्षा भत्ताको रुपमा लिने गरिएको छ । ज्येष्ठ नागरिकलाई मासिक एक सय रुपैयाँबाट शुरु भएको बृद्ध भत्ता अहिले मासिक तीन हजार पुगेको छ । अहिले सामाजिक सुरक्षा भत्ता जेष्ठ नागरिक, विधवा, अपांग, लगायतले पाउने गरेका छन । एमालेले २०५१ सालमा शुरु गरेको सामाजिक सुरक्षा भत्ताको नेपाली कांग्रेसले विरोध पनि गर्ने सरकारमा रहँदा कार्यान्वयन पनि गर्ने गरेको छ । चुनावी मुद्दा बनाउन सबै सहमत हुनु एमालेले लिएको नीति सहि रहेछ भन्ने उदाहरण हो ।
अब हुने चुनावमा सामाजिक सुरक्षाको भत्ता बढाउन सबै दललाई बाध्य बनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउन १ गतेदेखि लागू हुने गरेर सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित रिपोटर्स क्लबको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाभत्ता बढाउने र सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा गरेका कामको विवरण दिन भ्याएका छन । सामाजिक सुरक्षा भत्ता बढाउँदा विरोध र बढ्न नसकेको बेला किन बढाउन चाहेन भनेर आलोचना गर्ने गरेका हुन । नेकपाको बहुमतको सरकार बनेको बेला शुरुमै सामाजिक सुरक्षा भत्ता पहिलेकै कायम भयो । चुनावी धोषणा पत्रमा उल्लेख भए अनुसारको नभएको ठानेर विरोध गर्ने मसला दिएको थियोे ।
‘सरकार बनाउने बित्तिकै पहिलो बजेटमा वृद्ध भत्ता किन बढाइएन, यो किन गरिएन, त्यो किन गरिएन भनेर धुम मच्चाइयो । विपक्षीले विरोध गर्ने ठाउँ नदिन सरकारले गत बजेटमै सामाजिक सुरक्षा भत्ताको लागि मुख बढाउने काम भएको छ । सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा थुप्रो काम भएको जस लिने चाहना लुकेको ओलीले भने, ‘अरु पनि सामाजिक सुरक्षाका कामहरु गर्दै जान्छौं । अब पनि साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता
बढ्छ नै ।’
सामाजिक सुरक्षा भत्ता बढाउँछु भन्दा पनि कसैलाई आपत्ति हुन सक्ने ओलीको भनाइ छ । ‘अब कसैलाई आपत्ति लाग्ला । बुढाबुढी पनि हेर्न थाल्यो, अपाङ हेर्न थाल्यो । यो सरकार छिटो हटाउनुप¥यो । मान्छेहरुलाई भरैबाट यो छटपटी हुन्छ । निद्रा लाग्दैन,’ उनले भने । सरकारले राम्रो काम गर्दागर्दै पनि आलोचना भएको उनको भनाइ थियो । सामाजिक सुरक्षा भत्ताको ब्यवस्था लोककल्याणकारी राज्यको अबधारणा हो । संविधानमा समाजवाद उन्मुख मुलुक भनेको हुँदा अब सबैले लोक कल्याणकारी कार्यक्रम ल्याउन दबाब पर्नेछ ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...