Pokharapatra National Daily

स्वास्थ्य मापदण्डलाई पालना गरौ

एक वर्ष अघि कोरोना संक्रमण फैलिन नदिन एकहप्ताका लागि गरिएको लकडाउन करिब चार महिना कायम रहेको थियोे । लकडाउन नगरेको भए कोरोना संक्रमण भयावह हुने रहेछ भन्ने महसुस सबैले गरेका छन । लकडाउन हटेपछि स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता गरिएकाले संक्रमित बढे । भिडभाड बढ्ने र चाडपर्वका बेला संक्रमण ह्वात्तै बढ्यो । कोभिड–१९ विरुद्धको खोप शुरु भएपछि जनतामा पलाएको उत्साह युरोप र भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फेरि एक वर्ष अघिको अवस्थाको स्मरण गराएको छ । कोरोना संक्रमणको जोखिमलाई रोक्न स्वास्थ्य मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउनुपर्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिएको छ । मन्त्रालयले विहिबार आठबुँदे निर्णयसहितको सुझाव पत्र सीसीएमसीलाई पठाएर सावधानी अपनाउने र सबैलाई सतर्क रहन संझाएको छ ।
भारत, बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपेली मुलुकमा बढेको भाइरस संक्रमणको जोखिम नेपालमात्त समेत बढेको स्वास्थ्य मन्त्रालयले जनाइएको छ । सरकारलाई समयमै संझाउने काम जनस्वास्थ्यविद्ले गर्दै आएका हुन । विदेशबाट आउनेले संक्रमण फैलाउन सक्ने संभावना बढी रहने गरेको छ।स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परिक्षणमा सक्रियता बढाउन सुझाव दिएको छ । सरकार र नागरिकलाई समेत स्वास्थ्य मापदण्ड फेरि ब्यवहारमा आउने आशा गर्न सकिन्छ ।
संक्रमण बढ्ने सम्भावना भएकाले मन्त्रालयले पूर्वतयारी योजना बनाउने कुरा उल्लेख छ । सञ्चालनमा रहेका नेपाल–भारत सीमानाकालाई पुनरावलोकन गर्न र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्न पनि स्वास्थ्य मन्त्रालयले सुझाइएको छ । नाका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजेन परिक्षण गर्ने, संक्रमितलाई होम आइसोलेसनमा लैजान जिल्ला संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ । खुला हुने वितिक्कै कोरोना संक्रमण नियन्त्रणमा आइसकेको झै गरेर गतिविधि हुने गरेको छ । स्वास्थ्य मापदण्ड पालना अरुका लागि गरिदिएको जस्तो ठान्ने गरिएको छ । त्यही प्रवृत्तिले गर्दा पर्यटन क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रीकालिन कार्यक्रममा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राती ९ बजेपछि रात्रीकालिन कार्यक्रम बन्द गर्न लगाउने, गर्नैपर्ने कार्यक्रममा सीमित व्यक्तिमात्र उपस्थित हुनुपर्ने निर्णय छ । अनुगमन चाहिँ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्ने भनिएको छ । सबै आआफ्नो काम र क्षेत्रमा जिम्मेवार नबनेसम्म कोरोना संक्रमणको त्रास कायमै रहनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...