Pokharapatra National Daily

स्वास्थ्य मापदण्डलाई पालना गरौ

एक वर्ष अघि कोरोना संक्रमण फैलिन नदिन एकहप्ताका लागि गरिएको लकडाउन करिब चार महिना कायम रहेको थियोे । लकडाउन नगरेको भए कोरोना संक्रमण भयावह हुने रहेछ भन्ने महसुस सबैले गरेका छन । लकडाउन हटेपछि स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता गरिएकाले संक्रमित बढे । भिडभाड बढ्ने र चाडपर्वका बेला संक्रमण ह्वात्तै बढ्यो । कोभिड–१९ विरुद्धको खोप शुरु भएपछि जनतामा पलाएको उत्साह युरोप र भारतमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फेरि एक वर्ष अघिको अवस्थाको स्मरण गराएको छ । कोरोना संक्रमणको जोखिमलाई रोक्न स्वास्थ्य मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउनुपर्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिएको छ । मन्त्रालयले विहिबार आठबुँदे निर्णयसहितको सुझाव पत्र सीसीएमसीलाई पठाएर सावधानी अपनाउने र सबैलाई सतर्क रहन संझाएको छ ।
भारत, बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपेली मुलुकमा बढेको भाइरस संक्रमणको जोखिम नेपालमात्त समेत बढेको स्वास्थ्य मन्त्रालयले जनाइएको छ । सरकारलाई समयमै संझाउने काम जनस्वास्थ्यविद्ले गर्दै आएका हुन । विदेशबाट आउनेले संक्रमण फैलाउन सक्ने संभावना बढी रहने गरेको छ।स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परिक्षणमा सक्रियता बढाउन सुझाव दिएको छ । सरकार र नागरिकलाई समेत स्वास्थ्य मापदण्ड फेरि ब्यवहारमा आउने आशा गर्न सकिन्छ ।
संक्रमण बढ्ने सम्भावना भएकाले मन्त्रालयले पूर्वतयारी योजना बनाउने कुरा उल्लेख छ । सञ्चालनमा रहेका नेपाल–भारत सीमानाकालाई पुनरावलोकन गर्न र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्न पनि स्वास्थ्य मन्त्रालयले सुझाइएको छ । नाका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजेन परिक्षण गर्ने, संक्रमितलाई होम आइसोलेसनमा लैजान जिल्ला संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ । खुला हुने वितिक्कै कोरोना संक्रमण नियन्त्रणमा आइसकेको झै गरेर गतिविधि हुने गरेको छ । स्वास्थ्य मापदण्ड पालना अरुका लागि गरिदिएको जस्तो ठान्ने गरिएको छ । त्यही प्रवृत्तिले गर्दा पर्यटन क्षेत्र अन्तर्गत सञ्चालन हुने रात्रीकालिन कार्यक्रममा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राती ९ बजेपछि रात्रीकालिन कार्यक्रम बन्द गर्न लगाउने, गर्नैपर्ने कार्यक्रममा सीमित व्यक्तिमात्र उपस्थित हुनुपर्ने निर्णय छ । अनुगमन चाहिँ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्ने भनिएको छ । सबै आआफ्नो काम र क्षेत्रमा जिम्मेवार नबनेसम्म कोरोना संक्रमणको त्रास कायमै रहनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...