Pokharapatra National Daily

कांग्रेसले हेरेको जोखाना

प्रतिनिधि सभा पुनःस्थापन पछि प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई हटाउन कस्सिएका नेताहरूले अझै बहुमत जुटाउन सकेका छैनन् । सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरि नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा छुट्टयाएको छ।केपी शर्मा ओलीको सरकार बहुमतको नभइ दुई वा दुई भन्दा बढीको समर्थन प्राप्त सरकारमा परिणत भएको छ । सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ।सरकार ढाल्न जुनसुकै तरिका अपनाउन तयार रहेको माओवादीले समर्थन कायमै राख्नु सरकारको स्थिरताको लागि होइन । एमाले बाहेकका सबै दल मिल्दा नयाँ सरकार बन्न सक्छ । सबै दललाई मिलाउन सक्ने नेता तयार बन्न नसक्दा ओली सरकार टिकिरहेको छ ।
प्रतिनिधि सभा पुनःस्थापना हुने वितिक्कै कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनिदिन पुष्प कमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आग्रह गरेका थिए । ओलीको विकल्पमा अघि सर्नेले बहुमत पु¥याउन निकै मेहनत गर्नुपर्नेछ । नेपाली कांग्रेसले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने परिस्थिति सुनिश्चित नभएको जनाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले अझै परिस्थिति सुनिश्चित र परिपक्क नभएकाले कांग्रेसले सरकार बन्न नसक्ने अवस्था छ । कांग्रेस पदाधिकारी बैठकमा नयाँ सरकार गठनबारे छलफल पाउन सकेको छैन । ‘नेपाली कांग्रेसले वैकल्पिक सरकार दिने आवश्यकता प¥यो भने दिन्छौं भनेको छ । अहिले परिस्थिति सुनिश्चित र अवस्था परिपक्व भइसकेको छैन ।’ ‘सरकार बनाउन परिस्थिति सुनिश्चित हुनुपर्छ, अवस्था परिपक्व हुनुपर्छ । माओवादीले समर्थन फिर्ता लिएपछि बल्ल चलखेल हुन थाल्छ ।
कांग्रेस बैठकमा क्रियाशील सदस्यबारे छलफल भएको छ । महाधिवेशनका लागि नामावली संकलन र वितरणमा ढिलाइ भएको हुँदा आन्तरिक झमेला जस्तो देखिएको छ । ओली सरकार ढाल्न कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको छ । ओली सरकारको स्वेच्छारिता बढ्दै गएको भन्दै संस्थापन इतरका नेताहरूले पनि सरकार नेतृत्व लिनका लागि अग्रसर हुन देउवालाई आग्रह गरिरहेका छन् । प्रधानमन्‍त्री केपी ओलीप्रति व्यक्तिगत रुपमा पहिलेदेखि नै अलि नरम देखिएका पार्टी सभापति देउवा नयाँ गठबन्धन निर्माणमा अग्रसर नदेखिएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न पार्टीभित्रैबाट दबाब दिँदा पनि उनी मौन भूमिकामा छन् । ओलीलाई हटाउनेतिर भन्दा चुनावतिर देउवाको जोड देखिएको छ । बोहराटारको रणनीतिअनुसार देउवा सत्ता साक्षेदारीमा छलफल चलाएर निर्णय लिने मुडमा छैनन् ।
प्रधानमन्‍त्री केपी ओलीको विकल्प खोज्‍न अग्रसर हुनुपर्ने भनेर पार्टीभित्रैबाट देउवमाथि दबाब छ । वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरू पौडेल निवास बालुवाटारमा बसेर छलफल गरेका थिए । ओलीको विकल्प खोज्‍न देउवा सक्रिय नदेखिएपछि त्यसका लागि दबाद दिने रणनीतिअनुसार यो बैठक बोलाइएको थियो । देउवाले परिस्थिति अनुकूल नभई अभियान नचलाउने संकेत गरेर तातै खाउँ भन्नेहरुलाई निराश बनाएका छन ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...