Pokharapatra National Daily

गुटबन्दी विरुद्ध एमाले

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले ब्युँतिएको नेकपा एमाले गुटबन्दी विरुद्ध लागेको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा बदर भएपछि दुवै दलले आआफ्ना गतिविधि बढाउँदै लगेका छन । संसद्को सबैभन्दा ठूलो दल एमाले गुटबन्दीको शिकार भएको छ । नेकपा हुँदा तीनवटा गुट कृयाशील थिए । एमाले र माओवादीको एकता बदर भएपछि दुवै पार्टी एकताबद्ध देखिएका छैनन् । एमालेमा बरिष्ठ नेता झलनाथ खनाल – माधवकुमार नेपाल समुहले गुटबन्दी गर्दै आएको भन्दै संस्थापन पक्षले कार्वाही प्रक्रिया अघि बढाएको छ।खनाल – नेपाल समुहले पार्टीको नाम दुरुपयोग गरेको भन्दै बरिस्ठ नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालसंग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । फागुन २८ गतेको निर्णय रद्ध गर्नुपर्ने माग गर्दै आएको नेपाल समुहले समानान्तर गतिविधि बढाउँदै लगेपछि केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । साविकको केन्द्रीय कमिटीलाई दसौं महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले अहिलेको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेर महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहने निर्णय भएको छ । महाधिवेशन आयोजनाका लागि पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको जिम्मेवारी तय गर्न कार्यदल गठन गरिएको छ । २ सय ६४ जना केन्द्रीय सदस्य तथा पदाधिकारीको कार्यविभाजन गर्नका लागि विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ । जसमा टोपबहादुर रायमाझी र शंकर पोखरेल सदस्य रहेका छन । कार्यदलले कार्यविभाजनका साथै संगठनलाई व्यवस्थित गर्ने प्रस्ताव १० दिनभित्र तयार पार्ने जिम्मेवारी पाएको छ ।
सबै जिल्ला कमिटीको अधिवेशन सम्पन्न गर्न सातवटै प्रदेश कमिटीलाई जिम्मेवारी दिइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले दिएका छन । पार्टीको सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयसिमा दिइएको छ । १० औं राष्ट्रिय महाधिवेशन मंसिर २ गते देखि ६ गतेसम्म गर्ने निर्णय यसअघि नै केन्द्रीय कमिटीले गरिसकेको छ । अब उप्रान्त प्रदेश मातहतका जिल्ला कमिटीहरुलाई जिल्ला संगठन कमिटीमा रुपान्तरीत गर्न र ति जिल्लाहरुको समयमै अधिवेशन सम्पन्न गर्ने । पालिका कमिटी र वडा कमिटीहरुलाई समेत व्यवस्थित ढंगले कामलाई अगाडि लैजान त्यस सम्बन्धि जिम्मेवारी सातवटै प्रदेश कमिटीहरुलाई सुम्पेको छ । प्रदेश कमिटीलाई थप व्यवस्थित गरिनुपर्ने कुराहरु भए त्यस सम्बन्धि प्रस्ताव प्रस्तुत गर्न प्रदेशका इन्चार्ज, सहइन्चार्जहरु, अध्यक्ष र सचिवहरुले आयोजक कमिटीमा प्रस्ताव प्रष्तुत गर्ने जिम्मेवारी दिएको छ । जनसंगठनका कामहरु व्यवस्थित गर्नका लागि त्यसका ईन्चार्ज टोप बहादुर रायमाझीले विभिन्न जनसंगठनका इन्चार्ज, सहइन्चार्जह्रु र संगठनका अगुवाहरुसँग बसेर प्रस्ताव प्रष्तुत गर्ने र सबै जनसंगठनलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेर जनसंगठनलाई व्यवस्थित बनाउने काम सम्पन्न गर्ने निर्णय गरेको छ ।
गुटबन्दीले ग्रस्त एमालेले पार्टीलाई अनुशासित ,जनआधारित, चुस्त र राष्ट्रिय राजनीतिलाई ड्राइभ गर्न सक्ने नयाँ शक्तिको रुपमा स्थापित गर्ने संकल्प गरेको छ । फागुन २३ गते भन्दा अगाडीका गतिविधीलाई छुट दिन सकिने तर त्यसभन्दा पछि पनि लगातार गुटबन्दी गर्ने कुरालाई भने कदापी क्षमा गर्ने सकिदैन भन्ने निष्कर्षका साथ पार्टीको स्पष्ट निर्देशन अनुसार भेला गर्न पाइदैन भन्ने स्पष्ट निर्देशन हुँदाहुँदै पनि नेकपा एमालेकै ब्यानरमा नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला भनेर जुन ढंगको भेला गरियो त्यो असााध्यै गम्भीर र अनसाशन विपरीतको बिषय भएको हुनाले यस्तो गुटगत क्रियाकलापमा मूख्यतया जिम्मेवार माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालसँग स्पष्टिकरण माग गर्ने निर्णय गरिएको छ । एमालेलाई कमजोर बनाउने काम गुटबन्दी हो । गुटबन्दीका आधारमा जिम्मेवारी दिने विगतको परिपाटी हटाउन एमाले नेतृत्वलाई कार्यकर्ता, शुभेच्छुक र समर्थकले सुझाव दिदै आएका हुन ।पार्टी एउटै जस्तो देखिनु पर्ने जनआवाजलाई एमालेले सुन्न थालेको छ।पार्टीलाई चुस्त, गतिशील र अनुशासित बनाउन गुटबन्दी विरुद्ध उभिनु पर्दछ ।

प्रतिकृया दिनुहोस्

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...

राम नवमीको महत्व

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

आशा जगाउने वर्ष बनोस् ।

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८१ सुरु भएको छ...