Pokharapatra National Daily

राष्ट्रपतिको सकारात्मक पहल

प्रतिनिधि सभा विघटनको सिफारिस कार्यान्वयन गरेकोमा चर्को विरोध खेपेकी राष्ट्रपति विद्या देवी भण्डारीले राजनीतिक दललाई मिलेर जान सुझाव दिएकी छन । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई राष्ट्रपतिले अहिले देखिएको गतिरोध संवादबाट हटाउन आग्रह गरेकी छन । सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको प्रतिनिधिसभा पहिलो बैठकबाट सहजरूपमा चल्न सकेको छैन । जस्तो मुद्दा लड्ने देखि सडक आन्दोलनमा भाग लियो उसैले बैठकलाई सहजरूपमा चल्न दिएको छैन । राजनीतिक दलभित्र जस्तो अवस्था छ त्यसले दल भनेका झगडीया देखिएका छन।दलको काम मुद्दा हाल्दै हिड्ने होइन । सत्तारुढ र विपक्षी दलका नेताहरूलाई संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीचको सहकार्यमा जोड दिँदै तीन सुझाव दिएकी छन । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले आफ्ना तीन सुझाव दिएकी छन ।
सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले हाम्रो मुुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकीछन । ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । नेपालका राजनीतिक नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ,’ राष्ट्रपति भण्डारीले सर्वदलीय बैठकमा नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूलाई धन्यवाद दिएकी छन ।
राष्ट्रपतिले कोभिड–१९ को महामारीका कारणमुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेकोप्रतिकूल प्रभावका बारेमा चर्चा गर्नुका साथै यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पु¥याएको योगदानका लागि पनि धन्यवाद दिएकी छन । राष्ट्रपति भण्डारीले शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तन जस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई सुझाव दिएर आफ्नो कर्तव्य निर्वाह गरेकी छन । राष्ट्रपतिको सकारात्मक पहल थाल्दा पनि पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, डाक्टर बाबुराम भट्टराई अनुपस्थित रहेर पुस ५ गतेका कदमलाई कार्यान्वयन गरेकोमा विरोध जनाएका छन ।
चैत दोस्रो साता बंगलादेशको राजकीय भ्रमण बारे जानकारी गराउने निहुँमा सर्वदलीय बैठक भएको हो । राष्ट्रपति भण्डारीले राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेखमुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी गराएर सबैको सद्भाव लिने काम भएको छ।विगतका कदमलाई विवादमा ल्याउने काम गरेर राष्ट्रपति संस्थालाई कमजोर बनाउने काम भएको थियोे । सकारात्मक सोचाइ राखेर गरेको पहलकदमीलाई जवर्जस्ती विवादमा ल्याउने काम गर्नु अस्थिरता चाहने र गणतन्त्रको विरोधमा लाग्नेलाई सघाउनु हो । प्रधानमन्त्रीको रिस राष्ट्रपतिलाई फेर्ने काम मात्र हो ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...