Pokharapatra National Daily

सवाद र छलफलमै फर्क

सर्वोच्च अदालतको फैसला पछि पुनःस्थापना भएको नेकपा एमाले एकताबद्ध बनाउन कार्यकर्ताको दबाब छ । नेकपा एमाले र माओवादी केन्द्र बीचमा एकता भएर बनेको नेकपालाई सर्वोच्चले बदर गरेपछि एमाले र माओवादी केन्द्र छुट्टाछुट्टै पार्टी भएका छन।नेकपामा रहँदा दुई ध्रुबमा बाँडिएका नेताहरू एमाले पुनःस्थापना गरेपछि पनि उहीँ शैलीबाट चलेका छन । कानुनी रुपमा नफुटेपनि ब्यवहारिक रुपमा एकताबद्ध हुन सकेका छैनन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बरिस्ठ नेता माधवकुमार नेपाल पक्षलाई छलफलमा बोलाएर संवाद थालेका छन । सोमबार पार्टी कार्यालय धुमबाराहीमा संस्थापन र असन्तुष्ट पक्षबीच दुई घण्टा छलफल गरेर आआफ्ना धारणा राखेका छन।तीन महिनाअघिदेखि सत्तोसराप गर्दै आएकालाई छलफलमा ल्याउनु सकारात्मक पहल हो । पार्टी भित्र कायम रहेको मनमुटाव एउटा बैठकले हटाउन सक्दैन ।
दुवैतर्फका शिर्ष नेता सहभागी भएको बैठकबाट सहमति जुट्न नसकेपनि छलफल र संवादबाट भाग्नु हुँदैन । शुरु भएको संवादलाई विभिन्न तरिकाबाट जारी राख्नुपर्छ । बरिस्ठ नेता माधवकुमार –झलनाथ समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्न बन्दै आएको वातावरण खल्बलिनु हो । धुम्बाराहीमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूसँगको छलफलपछि नेकपा एमालेको माधवसमूहले बानेश्वरस्थित अर्याल होटलमा गरेको केन्द्रीय सदस्य र सांसदहरुको भेलामा राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेर नेतृत्व तहमा रहेको विवादलाई तल पु¥याउनु हो । विवादलाई साँघुरो बनाउन अध्यक्ष ओलीले बालुवाटारमा चियापान कार्यक्रम आयोजना गरेर घुलमिल बनाउन खोजेका हुन । माधव समूहका नेताहरु उक्त चियापानमा नजाने निर्णयमा पुग्नु गलत हो । ओली बोलाएको चियापानमा आफ्नो समूहका कोही पनि नेताहरुलाई नजान निर्देशन दिइएको हो भने तिक्तता बढाउने कामलाई सघाउछ । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालय धुम्बाराहीमा दुईपक्षबीच भएको छलफलको विषयबारे जानकारी दिनुलाई अन्यथा मान्नुपर्दैन । छलफल निस्कर्षमा नपुगेकाले संवादहिनताको बेलाको जस्तै गतिविधि हुनु सुहाउने काम होइन ।
नेपाल पक्षले फागुन २८ गते ओली पक्षले गरेको नेपाललगायतका पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने माग छलफलको विषय हुनसक्छ । ‘फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णय औपचारिक नभएकाले हामीले मान्दैनौँ भन्न सकिएला । आफूहरुको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्ने प्रस्तावमा पुनर्विचार गर्ने , निर्णयमा पुनरवलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ ।संस्थापन पक्ष त्यसमा सकारात्मक रहेको ,‘फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राखेका छन । बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन।देशभरका कार्यकर्ता, शुभेच्छुक र जनताले एमालेको एकता चाहेका छन । संसद्को ठूलो दल एकताबद्ध रहन सकेमा खिचडी सरकार बनाउन खोज्नेहरु कमजोर हुने र राजनीतिक स्थिरता कायम हुनेछ ।

प्रतिकृया दिनुहोस्

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

सिमित घेरामा राष्ट्रिय पत्रकारिता दिवस

नेपाली भाषाको पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको दिनलाई संझेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको छ।गोरखापत्र प्रकाशित भएको १२५ बर्ष भएको छ । १९५८ साल बैशाख...

असुरक्षाकाबीच प्रेस स्वतन्त्रताको वर्णन

विश्व भरी र नेपालमा प्रेस स्वतन्त्रता दिवसको वर्णन भइरहककदा प्रेस स्वतन्त्रता सूचकाङ्क (आरएसएफ) अनुसार सन् २०२४ मा नेपाल ७९ औँ स्थानमा छ । यसले नेपालको...

श्रमिक दिवसको शुभकामना

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३५ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष,...

बिर्सन नसकिने दिन

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको दस वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

जनताले जितेको दिन

जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय राजतन्त्रको...