Pokharapatra National Daily

उपभोक्ता हित संरक्षण नीतिको खाँचो

विश्व विद्यालय र कलेजमा मात्र पढाई हुने उपभोक्ता अधिकारका कुरा व्यवहारमा आउन सकेका थिएनन् । एकेडेमिक वौद्धिक बहसका कुरालाई सन् १९६२ मार्च १५ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीको ‘कस्टमर बिल अफ राइट्स’ अमेरिकी सिनेटमा पारित भएपछि विश्वमा उपभोक्ता अधिकारले मान्यता पायो । यद्यपि विकसित मुलुकले मात्र उपभोक्ता अधिकारको सम्मान गरेका र अविकसित र विकासोन्मुख मुलुकले नस्वीकार्दा १९८५ अप्रिल ९ मा संयुक्त राष्ट्रसङ्घले अनुबन्ध नै पारित गरी सदस्य राष्ट्रलाई दबाब दियो । तत्पश्चात् राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले उपभोक्ताका हितमा ऐन नियम बनाएर लागू गरे । यसै क्रममा नेपालमा पनि २०५४ सालमा उपभोक्ता संरक्षण ऐन जारी भई लागू भयो । हाल उक्त उपभोक्ता संरक्षण ऐन मौलिक कानुनका रूपमा संशोधन र परिमार्जन भई लागू भएको छ ।
विश्वमा मार्च १५ मा विश्व उपभोक्ता अधिकार दिवस मनाउने चलन छ । नेपालमा पनि राष्ट्रिय नारासहित दिवस मनाउने गरिएको छ । अन्तर्राष्ट्रिय नारा ‘प्लाष्टिकको निरुत्साहन, बातावरण संरक्षणमा योगदान’ भन्ने रहेको छ । नेपालमा उपभोक्ता अधिकारकर्मीहरुले राष्ट्रिय नारा ‘उपभोक्ताको मौलिक हक कार्यान्वयनमा हाम्रो चासो तिनै तहमा उपभोक्ता हित संरक्षण नीतिको खाचो’ विषयमा कार्यक्रम गरि मनाउने भएका छन् । उपभोक्तावादका चार सर्वमान्य सिद्धान्त छन् । पहिलो, प्रत्येक उपभोक्ता आफैँ सचेत हुनुपर्दछ । दोस्रो, उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा विक्री वितरण गर्ने प्रदायकहरूको हो । तेस्रो, वस्तु र सेवा उत्पादक, प्रदायक वा विक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्दछ । उपभोक्ता नभई बजार सञ्चालन नहुने हुँदा उपभोक्ता बजारका सार्वभौम हुन् । चौथो, बजारले उपभोक्तालाई सम्मान गर्नुपर्दछ । यिनै सिद्धान्तका आधारमा नेपालले उपभोक्ता संरक्षण ऐन, २०७५ मा उपभोक्ताका नौ अधिकारको व्यवस्था गरेको छ । नेपालको संविधान, २०७२ को धारा ४४ मा उपभोक्ता हकको व्यवस्था छ । संविधानमा गुणस्तरीय वस्तु र सेवाको उपभोग गर्न पाउनु उपभोक्ताको हक हुने र गुणस्तरहीन वस्तुको उपभोगबाट हानि नोक्सानी भएमा उपभोक्ताले क्षतिपूर्ति पाउने हक सुनिश्चित गरिएको छ । यसैगरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वभित्र कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रण जस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने विषय समेटिएको छ । मौलिक हकसम्बन्धी कानुनका रूपमा उपभोक्ता अधिकार संरक्षण ऐन २०७५ लागू भइसकेको छ । उपभोक्ता हित संरक्षणका लागि एक दर्जनभन्दा बढी कानुन निर्माण भएका छन् ।
नेपालमा जति कानुन बनेका छन् तिनको बारेमा जनतालाई जानकारी गराउने र कार्यान्वयन नभएको हुँदा हरेक क्षेत्रमा उपभोक्ता ठगिएका छन् । कानुन बनाएर मात्र हुँदैन त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । संघको अधिकार प्रदेश र स्थानीय तहलाई दिइएको छ । सरकारको काम नियमित बजार अनुगमन गर्नु हो । जनता नठगिउन भनेर सकृयता देखाएमा उपभोक्ताको हितमा सरकारले काम गरेको छ भन्ने अनुभूति हुनेछ । संघले अधिकार दिएन भनेर रोइलो गर्नु भन्दा भएका अधिकार प्रयोग गरेर उपभोक्तालाई सचेत बनाउने काममा प्रदेश र स्थानीय सरकार लाग्नु पर्दछ । जनताको दैनिक जीवनसँग जोडिएको विषयमा प्रदेश र स्थानीय सरकारले बजारलाई नियमित अनुगमन गरेमा जनताप्रतिको उत्तरदायित्व निर्वाह गरेको ठहरिने छ ।

प्रतिकृया दिनुहोस्

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान जीवन्त राख्न संशोधन गर

नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर पनि बढ्दै गएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु...

साक्षरता अभियान प्रभावकारी बनाऊ

अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइएको छ । ५८ औं साक्षरता दिवस मनाईरहँदा अझै पनि...

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो...