Pokharapatra National Daily

सरकारको स्थायित्व खोज

सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेजसँगै सरकारको निरन्तरतामा प्रश्न खडा भएको छ।नेपाल कम्युनिस्ट पार्टी पहिल्यै दर्ता भएको हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर भएको छ । प्रतिनिधि सभामा बहुमतमा रहेको दल एकता अघिको अवस्थामा पुगेको छ।नेकपा एमाले र माओवादी केन्द्र पहिल्यैकै अवस्थामा पुग्दा सरकार गठबन्धनको हुन पुगेको छ । सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता नलिए पनि कुनै पनि बेला फिर्ता लिने अवस्थामा छ।नेकपा एमाले नेतृत्वको सरकारको निरन्तरताको लागि प्रतिनिधि सभाको चौथो दल जनता समाजवादीसंग छलफल बाक्लो बनाएको छ ।
नेकपा एमालेलाई बहुमतको लागि जसपाले समर्थन गरे पुग्छ।एमालेलाई बाहिर राखेर सरकार बनाउन नेपाली काङ्ग्रेस ,माओवादी केन्द्र ,जसपा मिल्नु पर्छ । नयाँ सरकार निर्माण वा सरकारको निरन्तरताको लागि जसपा निर्णायक देखिन्छ । जनता समाजवादी पार्टीको माग सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका बेला लागेका मुद्दा फिर्ता र संविधान संशोधन रहेका छन । जसपाले जस्ले माग पुरा गर्ने ग्यारेन्टी दिन्छ उसैलाई समर्थन गर्ने संकेत गरेको छ।मुद्दा फिर्ता र रिहाइको लागि नयाँ बन्ने सरकारले सकेपनि संविधान संशोधन गर्न एमालेको समर्थन विना संभव छैन ।
काङ्ग्रेस र जसपाको आधार क्षेत्र एउटै भएको हुँदा काङ्ग्रेसको नेतृत्वमा जान त्यति सजिलो छैन । पछिल्लो समय केपी शर्मा ओलीको सरकारले तराईका विकासका महत्त्व दिएको छ । हुलाकी सडक, राजमार्गको स्तरोन्नति, सिचाइ, रेल, कृषिमा आधुनिकीकरण, जिल्ला सदरमुकामका सडकको सुधार, विपन्नलाई आवास जस्ता कार्यक्रम तराईमा परेका छन । केन्द्र सरकार र प्रदेश सरकारको लय मिलाउनुपर्छ भन्ने मत पनि बढ्दै गएको छ । सबैभन्दा ठूलो दललाई बाहिर राखेर मिलिजुली सरकारले स्थायित्व दिनसक्ने वातावरण बनेको छैन ।नयाँ सरकार बन्नु भनेको आलोपालो प्रधानमन्त्री बनाउने पहिल्यै असफल खेल हो । दलका मुद्दा फरकफरक बोकेर सरकार राम्ररी चलाउन सकिदैन ।
एक वर्ष पछि स्थानीय तहको निर्वाचन हुनेछ । स्थानीय तहको निर्वाचनको मुखमा सरकार फेरिएको विगतको तितो सबैले देखेका र भोगेका छन । सरकार बनाउन सहज हुने दलहरु बीचको गठबन्धन अहिलेको आवश्यकता हो । एउटैकम्युनिस्ट पार्टी बन्ने अवस्था नभए पनि बामपंथी दलको गठबन्धनको देखावटी प्रयास हुनुपर्छ । अर्को चुनावमा बामपंथी तालमेल हुनसक्ने संभावना रहेको छ।चुनावमा तालमेल हुनसक्छ भने सरकार पनि मिलाएर लैजान सकिन्छ । क्षणिक आक्रोश भए पनि अन्तिममा बामपंथी मिलेर जान सकिने विचार धेरै नेताहरूको छ । सरकार चलाउन कस्तो संयन्त्र बनाउने भन्नेमा सहमत भए सरकारलाई निरन्तरता दिन सकिन्छ । राजनीति संभावनाको खेल हो भन्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...