Pokharapatra National Daily

सरकारको स्थायित्व खोज

सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेजसँगै सरकारको निरन्तरतामा प्रश्न खडा भएको छ।नेपाल कम्युनिस्ट पार्टी पहिल्यै दर्ता भएको हुँदा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर भएको छ । प्रतिनिधि सभामा बहुमतमा रहेको दल एकता अघिको अवस्थामा पुगेको छ।नेकपा एमाले र माओवादी केन्द्र पहिल्यैकै अवस्थामा पुग्दा सरकार गठबन्धनको हुन पुगेको छ । सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता नलिए पनि कुनै पनि बेला फिर्ता लिने अवस्थामा छ।नेकपा एमाले नेतृत्वको सरकारको निरन्तरताको लागि प्रतिनिधि सभाको चौथो दल जनता समाजवादीसंग छलफल बाक्लो बनाएको छ ।
नेकपा एमालेलाई बहुमतको लागि जसपाले समर्थन गरे पुग्छ।एमालेलाई बाहिर राखेर सरकार बनाउन नेपाली काङ्ग्रेस ,माओवादी केन्द्र ,जसपा मिल्नु पर्छ । नयाँ सरकार निर्माण वा सरकारको निरन्तरताको लागि जसपा निर्णायक देखिन्छ । जनता समाजवादी पार्टीको माग सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका बेला लागेका मुद्दा फिर्ता र संविधान संशोधन रहेका छन । जसपाले जस्ले माग पुरा गर्ने ग्यारेन्टी दिन्छ उसैलाई समर्थन गर्ने संकेत गरेको छ।मुद्दा फिर्ता र रिहाइको लागि नयाँ बन्ने सरकारले सकेपनि संविधान संशोधन गर्न एमालेको समर्थन विना संभव छैन ।
काङ्ग्रेस र जसपाको आधार क्षेत्र एउटै भएको हुँदा काङ्ग्रेसको नेतृत्वमा जान त्यति सजिलो छैन । पछिल्लो समय केपी शर्मा ओलीको सरकारले तराईका विकासका महत्त्व दिएको छ । हुलाकी सडक, राजमार्गको स्तरोन्नति, सिचाइ, रेल, कृषिमा आधुनिकीकरण, जिल्ला सदरमुकामका सडकको सुधार, विपन्नलाई आवास जस्ता कार्यक्रम तराईमा परेका छन । केन्द्र सरकार र प्रदेश सरकारको लय मिलाउनुपर्छ भन्ने मत पनि बढ्दै गएको छ । सबैभन्दा ठूलो दललाई बाहिर राखेर मिलिजुली सरकारले स्थायित्व दिनसक्ने वातावरण बनेको छैन ।नयाँ सरकार बन्नु भनेको आलोपालो प्रधानमन्त्री बनाउने पहिल्यै असफल खेल हो । दलका मुद्दा फरकफरक बोकेर सरकार राम्ररी चलाउन सकिदैन ।
एक वर्ष पछि स्थानीय तहको निर्वाचन हुनेछ । स्थानीय तहको निर्वाचनको मुखमा सरकार फेरिएको विगतको तितो सबैले देखेका र भोगेका छन । सरकार बनाउन सहज हुने दलहरु बीचको गठबन्धन अहिलेको आवश्यकता हो । एउटैकम्युनिस्ट पार्टी बन्ने अवस्था नभए पनि बामपंथी दलको गठबन्धनको देखावटी प्रयास हुनुपर्छ । अर्को चुनावमा बामपंथी तालमेल हुनसक्ने संभावना रहेको छ।चुनावमा तालमेल हुनसक्छ भने सरकार पनि मिलाएर लैजान सकिन्छ । क्षणिक आक्रोश भए पनि अन्तिममा बामपंथी मिलेर जान सकिने विचार धेरै नेताहरूको छ । सरकार चलाउन कस्तो संयन्त्र बनाउने भन्नेमा सहमत भए सरकारलाई निरन्तरता दिन सकिन्छ । राजनीति संभावनाको खेल हो भन्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...