Pokharapatra National Daily

पुरा हुँदै मेलम्चीको सपना

मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक सफा गर्छु भन्ने सन्त नेता कृष्णप्रसाद भट्टराईलाई धेरैले उडाए । काठमाडौंमा खानेपानीको समस्या बढ्दै गएको बेला मेलम्चीको पानी काठमाडौं ल्याउने कुरा गर्नेलाई पागल भन्ने गरियो । प्राविधिक अध्ययनको आधारमा तत्कालीन प्रधानमन्त्री भट्टराईले बोलेका थिए । काठमाडौंबासीलाई देखाइएको सपना जस्तो थियो । जनतालाई विश्वास लागेको थिएन मेलम्ची खोलाको पानी काठमाडौँ आउँछ भनेर । सधैं सपना देखाउने नेताले वल्ल विश्वास जित्ने भएका छन । मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइएसँगै कथाजस्तो लाग्ने कल्पना साकार भएको छ । करिब २७ किलोमिटर सुरुङ मार्ग हुँदै सिन्धुपाल्चोकको मेलम्ची खोला सुन्दरीजलमा मिसिएको छ । यो सफलतासँगै मेलम्चीले काठमाडौँको तिर्खा मेटाउने भएको छ ।
काठमाडौँका धारामा देखिने रित्ता भाँडाका लस्करलाई अब देख्न नपर्ला जस्तो भएको छ। मेलम्ची खोलाको पानी सुरुङ हुँदै २०७७ फागुन २२ मा सुन्दरीजल ल्याइएपछि नेपालले गरेको एउटा दीर्घ प्रतिज्ञा र प्रतीक्षा पूरा हुँदैछ । दूरद्रष्टाले देखेका सबै सम्भाव्य कल्पना, सपना हँसिमजाकमा उडाइनु अनुचित छ भन्ने पनि पुष्टि भएको छ । ‘नेपाली उखान ढाँटक निम्तो खाई पत्याउनु’ भने जस्तै सुन्दरीजलमा मेलम्चीलाई विशेष कार्यक्रम गरि स्वागत गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्यासको धैर्य अब लामो नहुने विचार राखेर जनतालाई खुशी बाँडेका छन । सुन्दरीजलमा मेलम्चीजल मिसाएर सिन्धुपाल्चोक र काठमाडौँबीच जलको साइनोलाई औपचारिकता दिएका छन् । नेपालीमा एउटा उखान प्रचलित छ –१२ वर्षमा खोला फर्कन्छ । भिन्न सन्दर्भमा सही, निर्माण थालिएको १२ वर्षपछि विभिन्न व्यवधान, अनिश्चय र अनिष्ट पार गर्दै सुरुङबाट ल्याइएको मेलम्चीको पानी सुन्दरीजल ट्याङ्कीमा भरिएको छ । बागमतीमा मिसिएको छ । गत असारमा सुरुङ परीक्षणका क्रममा पानी भर्दा (होल्ड गर्दा) हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९ नं १७० फुटेकाले काठमाडौँमा पानी ल्याउने समय केही लम्बिएको थियो । त्यसपछि पुनर्निर्माण, निरीक्षण र परीक्षणपछि सुरुङमा पानी भर्न उपयुक्त देखिएसँगै मेलम्चीले औपचारिक रूपमा काठमाडौँ प्रवेश पाएको छ ।
गत फागुन १० गते मेलम्चीको मुहानदेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी थुनेर (होल्डिङ) गरिएको परीक्षणको सफलतापछि सम्बद्ध पक्षमा उत्साह र उपभोक्तामा आशा जागेको छ । काठमाडौँमा पाइप विस्तारको अधिकांश कार्य सम्पन्न भइसकेको अवस्थामा उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न नयाँ वर्ष २०७८ सम्म पनि कुर्नु नपर्ने अवस्था छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेपछि उपत्यकामा पानी ल्याइएकाले अब काठमाडौँमा गरिने पानी वितरण कार्यमा मुख्य ध्यान दिनुपर्ने हुन्छ । बगेर जाने पानीलाई सम्पत्तिका रूपमा बुझ्न सकिएन ।पानी नै धन हो भन्ने चेत पलाएको भए नेपाल गरिब हुनुपर्ने थिएन । पछिल्ला शताब्दीमा पानी ठूलो सम्पत्ति बन्दैछ । यसको छुट्टै अर्थशास्त्र र राजनीतिशास्त्र स्थापित हुँदैछ । कूटनीति बन्दैछ पानी । यस परिवेशमा पानीको सदुपयोग गर्नु भनेको पानी उत्पत्ति गर्नुजस्तै हो । मेलम्चीको पानी काठमाडौँमा प्रयोग गरिएपछि सीधै नाली वा ढलबाट उपत्यका बाहिरिने अवस्था आउनु हुँदैन । काठमाडौँवासीको मात्र होइन, काठमाडौँको प्यास पनि यसले मेटाउनुपर्छ । यसले आँतको मात्र होइन माटोको पनि तिर्खा मेट्नुपर्छ ।
काठमाडौँ उपत्यकाको घट्दो भौगर्भिक पानीको सतह सन्तुलन गर्न उपत्यकाका धारामा कुनै दिन ‘पानी बिदा’ (वाटर होलिडे) गरेर जमिनमा पानी भरण (इन्जेक्ट) गर्नुपर्ने अवधारणाको प्राविधिक पक्षमा अध्ययन अनुसन्धान गर्नु आवश्यक छ । अर्कोतिर मेलम्चीको मुख्य बाँधको तल्लो तटीय क्षेत्रको पानीको आवश्यकतालाई पनि ध्यान दिनुपर्छ । मेलम्चीको फाँट, त्यहाँका जलचर र मान्छेले पनि आवश्यक मात्रामा पानी पाउनुपर्छ । यसका लागि काठमाडौँमा पानीको वितरणमा सामाजिक न्याय तथा शुल्कमा विश्वसनीयता कायम हुनुपर्छ । ‘चुहावट’ नेपालको सर्वक्षेत्रीय समस्या भएकाले यता पनि ध्यान दिनुपर्छ ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...