Pokharapatra National Daily

नेकपा दर्ता बदरले एकता भङ्ग

सर्वोच्च अदालतको नेपालका दुई कम्युनिस्ट पार्टीक‍ो एकता भङ्ग गरिदिएको छ । निर्वाचन आयोगमा पहिले नै दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीकै नाममा अर्को दल दर्ता गर्ने कार्य कानुनविपरीत ठहर गरी सर्वोच्च अदालतले आइतवार निर्वाचन आयोगको निर्णय बदर गरिदिएको छ । सर्वोच्च अदालतको परमादेशमा एमाले र माओवादी केन्द्र नामका दलहरूले राखेको नाम नै बदर भएपछि एकीकरण गरिनुपूर्वकै स्थिति कायम भएको पनि उल्लेख छ । एमाले र माओवादी केन्द्र एकता गरी नयाँ दल दर्ता गर्न आएमा कानुनबमोजिम गर्न पनि निर्वाचन आयोगलाई इजलासले आदेश दिएको छ । करिब तीन वर्ष अघि एकता भएको नेकपाको दर्ता बदर भएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युउँताउने अवस्था बनेको छ ।
प्रतिनिधि सभा विघटन वदर गर्दा अदालतले न्याय दिएको र सत्यक‍ जित भएको भन्दै विजय जुलुस निकाल्नेहरु १३ दिन पछि सर्वोच्चको फ फैसला राजनीतिक भएको भन्दै असन्तुष्ट छन । सर्वोच्च अदालतको परमादेशप्रति आक्रोशित देखिएका छन । आफूलाई सुविधा हुने गरी आदेश दिएन भने अदालतविरुद्ध नै जाइलाग्ने प्रवृत्ति सर्वसत्तावादी हो । अदालतले रिट निवेदकले मागेको भन्दा बाहिर गएर फैसला गरेको आरोप लगाउनु निर्वाचन आयोगले गरेको गल्ती नदेख्नु हो । प्रधानमन्त्री भएकाले जे गरेपनि हुन्छ भन्ने बलमिच्याँई हो । सत्ता र शक्तिको आडमा निर्वाचन आयोगका तत्कालीन पदाधिकारीले कानुन नमिचेका भए अहिलेको स्थिति नै उत्पन्न हुने थिएन । आयोगका पदाधिकारीको सत्ताको तावेदारी र कानुनमा नभएको काम गर्नेले एकता भाँड्ने काममा सहयोग गरेका छन ।
अदालतको निर्णयलाई लिएर नकारात्मक टिप्पणी गर्नुअघि नालायक पदाधिकारी छनौट गर्ने आप्नै नेताहरूलाई सोध्ने हिम्मत गर्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टीका नाममा गरिएको एकताको आधार नै अवैध ठहर भएपछि दुवै पार्टी एकता पूर्वको अवस्थामा फर्केको भन्नु प्राकृतिक न्यायअनुरूप नै हो । केहीले निर्णय गर्दा परिणामको हेक्का राखिएन भनेर आलोचना गरेको देखियो । न्यायाधीशले परिणाम हेरेर फैसला गरून् भन्ने अपेक्षा नै विधिको शासन विरुद्ध तथा मनोगत हुन्छ । अदालतको प्रचलित कानुन र प्राकृतिक न्यायको सिद्धान्त अनुरूप न्याय गर्ने हो । नेकपाको नामसम्बन्धी निर्णयमा त्यसको पालन भएको देखिन्छ । आफ्नो निर्णयको परिणामको ख्याल राख्नुपर्ने त राजनीतिक नेताहरूले हो ।
पछिल्ला घटनाक्रम हेर्दा न्यायिक दृष्टिबाट अवैध ठहर गरिएको कम्युनिस्ट एकता राजनीतिक दृष्टिबाट पनि चुनावका मुखमा जनतालाई झुक्याउने चालबाजीमात्र रहेछ भन्ने देखिएको छ । जनताप्रति जिम्मेवार हुन्थे भने भागबन्डाको किचलो झिकेर सत्तारुढ दलका नेताले भाँडभैलो गर्ने नै थिएनन् । सर्वोच्च अदालतको संयुक्त इजलासले पहिले अस्तित्वमा रहेका दुवै पार्टीलाई अवसर दिएको छ । जनतासँग गरेको वाचा सत्य थियो भने कानुनबमोजिम फेरि एकता गर्न अदालतको फैसलाले छेकेको त छैन । एमाले र माओवादी केन्द्रका नेताहरू सर्वोच्च अदालतको परमादेशमा होइन आफ्नो नियतमा रहेको खोट पहिल्याएर सच्याउनु बुद्धिमानी हुनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...