Pokharapatra National Daily

वार्ताबाटै समाधान खोज

सरकारले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसंग वार्ता गर्न गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई सदस्य रहेका छन । सरकार र विद्रोही नेकपा बीच अनौपचारिक वार्ता भइरहेका थिए । केही दिन अघि विप्लवले आफ्नो पार्टी सरकारसंग वार्तामा बस्न तयार भएको विज्ञप्ति निकालेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसंग वार्ता हुने जनाउ दिदै आएका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन लगत्तै विप्लवसंग वार्ता प्रकृया शुरु भएको थियो । विप्लव नेतृत्वको नेकपाले प्रबक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली बनाएको छ।टोलीमा उदय चलाउने सदस्य रहेका छन ।
दुई वर्ष अघि सरकारले विप्लव नेतृत्वको नेकपा माथि प्रतिबन्ध लगाएको थियोे । सरकारले प्रतिबन्ध लगाए पनि भूमिगत रुपमा गतिविधि गर्दै आएको विद्रोही समुहले यश अघि वार्तालाई रणनीतिको रुपमा उपयोग गरेको थियोे । सरकारले प्रशासनिक तरिकाले विप्लव समुहलाई निस्तेज गर्न खोजेको थियोे । विद्रोही विप्लव समुहले माओवादी आन्दोलनलाई पुष्प कमल दाहाल प्रचण्डले धोका दिएको भन्दै विद्रोह गरेका विप्लव र बादल फरकफरक भुमिकामा छन । दुवैले एक अर्कोलाई राम्ररी चिनेको हुँदा वार्ताबाट सार्थक निकास पाउने अपेक्षा छ ।
वार्ता टोली सार्वजनिक भएसँगै सशस्त्र संघर्ष गरिरहेको चन्द नेतृत्वको नेकपा खुला राजनीतिसँगै शान्तिपूर्ण प्रक्रियामा आउने वातावरण देखिएको छ । विप्लवले फागुन ८ गते विज्ञप्तिमार्फत सहज वातावरण बने वार्ताको लागि तयार रहेको सार्वजनिक गरेसँगै सरकार र चन्द समूहबीच वार्ताको गृहकार्यले सघनरूप लिएको थियो । मन्त्री र सो समूहका नेतृत्वबीच केही महिनादेखि अनौपचारिक छलफल भइरहेको थियो । माघ २० गते खानेपानीमन्त्री मणि थापा र नख्खु कारागारमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वलीको भेटघाट वार्ताको वातावरण बनाउनेतर्फ केन्द्रित थियो । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहलाई चाँडै मूलधारमा ल्याइने बताइरहेका थिए ।
तीन महिनाअघि मंसिर २०–२८ मा बसेको केन्द्रीय कमिटी बैठकबाटै राजनीतिक दलहरूसँग छलफल र आवश्यक परे सरकारसँगै संवाद अघि बढाउन विप्लव समूहले प्रकाण्डको नेतृत्वमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र उपत्यका ब्यूरो इन्चार्ज चिरन पुन रहेको एक उच्चस्तरीय कार्यदल बनाएको थियो । धर्मेन्द्र हाल प्रहरी हिरासतमा रहेकाले वार्ता टोली सदस्यमा हेरफेर भएको हो ।
विप्लवको माग– संयुक्त सरकारदेखि जनमत संग्रहसम्म विप्लव समूहले पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, जेल र हिरासतमा रहेका नेता÷कार्यकर्ताहरूलाई रिहा गर्नुपर्ने । उनीहरूमाथिको मुद्दा फिर्ता लिइनुपर्नेलगायतका सर्त अघि सारेको छ । अग्रगामी राजनीतिक निकासको लागि अग्रगमन चाहने प्रगतिशीलहरूको संयुक्त अन्तरिम सरकार सो समूहको प्रमुख राजनीतिक एजेन्डा छ । सरकार र विप्लवले वार्ता टोली सार्वजनिक गरेपछि प्रमुख विपक्षी कांग्रेस, नेकपा प्रचण्ड माधवकुमार नेपाल समुहले सकारात्मक भएको प्रतिक्रिया दिएका छन । सरकारले विप्लवलाई शान्तिपूर्ण मुलधारमा ल्याउन सकेमा राष्ट्रियता र स्वाभिमानका लागि ठूलो उपलब्धि हुनेछ । विदेशी चलखेल रोक्न र राष्ट्रियता, भौगोलिक अखण्डता कायम राख्न पनि देशभक्तहरु एकैठाउँमा आउनु आजको आवश्यकता हो ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...