Pokharapatra National Daily

पत्रकारिताप्रति इमानदार नेतृत्व खोजौं

नेपालका नागरिक संस्था मध्ये सबैभन्दा जेठो नेपाल पत्रकार संघ हो । करिब सात दशक पुग्न लागेको हालको नेपाल पत्रकार महासंघ स्थापनाकालमा उठाइएका नागरिक अधिकार, प्रेस स्वतन्त्रता, पत्रकारको हक हित र पत्रकारिताको विकास अहिले पनि सान्दर्भिक छन । पत्रकारका समस्या उठाउने भनेको चुनावका बेला मात्र हो भन्ने ठानिएको छ । पत्रकारका समस्या र पत्रकारिताको विकासका कुरा अझै परिस्कृत रुपमा उठाउनु पर्ने खाचो भएको छ । वि.स. २०१२ सालमा कृष्णप्रसाद भट्टराई सभापति भएको समयलाई पत्रकार संघ स्थापना मनाउने गरिएको छ । स्व. कृष्ण प्रसाद भट्टराईको सभापतित्वमा पुनर्गठन भएको दिनलाई नेपाल पत्रकार महासंघले स्थापना दिवस मनाउने गरेको छ । वि.स. २०१२ साल चैत्र १६ गते स्व. कृष्ण प्रसाद भट्टराई सभापति भएको दिनलाई स्थापना दिवस मनाउन थालिए पनि पत्रकार संघको स्थापना २००८ सालमा भएको दस्तावेज पनि सार्वजनिक भएका छन । काङ्ग्रेस सभापति र प्रधानमन्त्री भइसकेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक मान्दा इतिहासकै अपमान हुन्छ भन्ने मत पनि छ । स्वतन्त्रता, नागरिक अघिकारको सुनिश्चितता र पत्रकारहरुको हितका कुरालाई पत्रकार संघले उठाएको थियो । अहिले पनि पत्रकार महासंघ नागरिक अधिकार पत्रारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा श्रमजिवि पत्रकारको हकहितका समस्या नै प्रमुख चुनौती रहेकाछन् ।
नेपालको हरेक नागरिक÷प्रजातान्त्रिक आन्दोलनमा पत्रकारहरुको प्रतिनिधिमुलक संस्था नेपाल पत्रकार संघ हालको महासंघले सक्रिय भएर लागेको इतिहास छ । राजनीतिक दलहरुलाई समेत आन्दोलनमा लाग्न घचघच्याउने काम प्रेसले गरेको हो । लोकतान्त्रिक आन्दोलनको नेतृत्व दलहरुले नै गरे । आन्दोलनमा पत्रकारहरुले खेलेको भुमिकाको राजनैतिक दल र नागरिक समाजले मुक्त कष्ठ प्रशंसा गर्ने गर्दछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विरोधमा प्रेसले सशक्त भुमिका खेलेको हो । राजनीतिक दल विपक्षमा हुँदा पत्रकार र पत्रकारिताको समस्यामा बोल्ने सत्तामा पुगेपछि बेवास्ता गर्ने गरेका छन । गरेका कामको पनि जस लिन नसक्ने परिस्थिति बनाएका छन । नेपाली उखान खोलो त¥यो लौरो र्बिस्यो भने झैँ पत्रकारका समस्या बिर्सने गरेका छन् । मैनबत्ती आफै जलेर अरुलाई उज्यालो दिएझै पत्रकारहरु भोको पेटले नागरीकको आवाज दिने गरेका छन्। मर्यादित र व्यावसायिक पत्रकारिताको लागि राज्य र निजी संचारगृहले पत्रकारलाई सहयोग गर्न सकेको छैन । पत्रकारले भौतिक र पेशागत सुरक्षाका लागि सडकमा आवाज उठाउँदै आएका छन् । कोभिड–१९ पछि पत्रकारलाई निस्कासन, तलब नदिने, कटौती गर्ने काम भए । दुखको बेला राहत दिनुपर्नेमा आहात पार्ने काम भयो । जनतालाई सचेत र जागरुक बनाउनुपर्ने बेला जागिरबाट हटाउने, तलब घटाउने, नदिने काम हुँदा सरकार पनि पत्रकारको पक्षमा बोल्न सकेको थिएन । राजनीतिक दल पनि थाहै नपाएको जस्तो गरे । पत्रकार महासंघ चुनाव गराउने बेला कोभिढ–१९ लाई देखाएर म्याद थप्ने अवसर पायो । अहिले चुनाव हुने भएकाले पत्रकारका मुद्दा उठाउँदैछन । पत्रकार महासंघको हरेक बैठक, भेला, जमघट र साधारणसभामा उठ्ने मुद्दा श्रमजीवी पत्रकार ऐन कार्यन्वयन, समानुपातिक विज्ञापन नीति ल्याउनु पर्ने र आम सञ्चार प्रतिठान गठन हुनुपर्ने छन् ।
आधुनिक मुुलुकको पत्रकारिता क्षेत्रमा हासिल गरेको उपलब्धिका बारेमा वहस गर्नुपर्ने बेलामा पुरानै कुरा दोहो¥याउनु परेको छ । राज्य र संचारगृह पत्रकारका हकहित प्रति उदासीन रहेको प्रमाण एउटै मुद्धा उठाइरहनु हो । नेपालले नयाँ संविधान पाइसकेको छ । संविधानले व्यवस्था गरेका स्थानीय, प्रदेश र संघीय सरकार बनिसकेको छ । सिंहदरबारमा केन्द्रीत रहेको अधिकार स्थानीय तहसम्म पुगेको छ संविधानमा । व्यवहारमा पत्रकार र संचार माध्यामप्रति सिंहदरबारले जस्तै व्यवहार गर्न थालेका छन् । आफुलाई सिंहदरबारको शासक जस्तो ठान्ने प्रवृत्ति बढेको छ । पत्रकारलाई राज्यले संबोधन गर्न नसकेको अवस्थामा महासंघ र शाखाहरुले पत्रकारीतामा योगदान पु¥याएकादेखि नयाँ पिढीलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरेका छन् । अरु केही पाउन नसकेपनि बेलमौकामा पाउने सम्मानलाई नै उपलब्धी मान्नु परेको छ । देशलाई आर्थिक विकास र समृद्धिको बाटोमा हिडाउन प्रेसको महत्वपूर्ण भुमिका रहन्छ । नेपाललाई आधुनिक विश्वसँग एकाकार गराउन प्रेस स्वतन्त्रताको ग्यारेन्टी र पत्रकारको पेशागत र भौतिक सुरक्षा आवश्यक छ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको झण्डामुनि मुलुकभर र संसारभर छरिएर रहेका नेपाली पत्रकारको अधिकार र स्वतन्त्रताको लागि पेशाप्रति इमानदार र सक्षम ब्यक्ति आवश्यक छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...