Pokharapatra National Daily

समृद्धिका सारथीको स्मरण

कास्कीका जनतले निर्वाचित प्रतिनिधि, नेकपाले युवा नेता रवीन्द्र अधिकारीलाई गुमाएको दुई वर्ष पुगेको छ । नयाँ विमानस्थल निर्माणको काममा लागेको बेला हेलिकप्टर दुर्घटनामा परेर विकासप्रेमी नेताको निघन भएको अवधि छोटो जस्तो देखिए पनि उनले गरेको कामले धेरैलाई स्मरण गराईरहेको छ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाको मृत्यू भएको थियो । पर्यटनमन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एयरका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बिरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुव दास, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए ।
ताप्लेजुङको फुङलिङ नगरपालिका– १० सिस्ने भन्ने ठाउँमा हेलिकप्टर दुर्घटना भएको थियो । छानबिन समितिले दुर्घटनाको कारण चालक र अन्य यात्रुलाई औल्याएको छ । देशको समृद्धिको नारा बोकेको प्रधानमन्त्रीले भरोसा गरेकोे सारथि गुमाउनु पीडा देशले भोगेको छ । देशकै चर्चित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेर नेतृत्वको क्षमता देखाएका कारण २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष भएका अधिकारी कै पालामा बिद्यार्थीले सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट, साहाज्यादा पारस बिरुद्ध हस्ताक्षर संकलन, कालापानी मार्च गरेर लोकप्रिय काम गरेका थिए । उनले गरेको काम कै कारण धेरैले आसु बगाएर उपनिर्वाचनमा त्यति नै मतान्तरमा श्रीमती बिद्या भट्टराईलाई जिताएर पठाए । केहिले मन्त्री बनेदेखि नै खेद्ने र समृद्धिको अभियानलाई रोकन गरेको यावत प्रयत्न जनताले असफल पारिदिए । प्रतिनिधी सभामा बिद्यालाई जिताएर रबीन्द्रलाई लगाएका आरोप जनताले खारेज गरिदिएका छन । उनको योजना कार्यान्वयन गर्न विद्यालाई जिताएका हुन। ०६२÷६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक–पटक गरी पांच महिना जेल बसेका उनी पार्टीको राष्ट्रिय परिषद् सदस्य, हुदै केन्द्रीय सदस्य बनेर नेतृत्वमा छाएका थिए ।
२०६४ देखि २०७० साल सम्म निरन्तर संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसदमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सार्वजनिक लेखा र विकास समितिको सभापति रहेर खेलेको भूमिकाकै कारण उनलाई राष्ट्रिय राजनीतिको केन्द्र भागमा ल्याएको हो । २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं २ बाट निर्वाचित भएपछि अधिकारी, नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेर कास्की र गण्डकी प्रदेशले कहिल्यै नर्बिसने छाप छोडेका छन् । उनको योगदानलाई चिरस्थायी बनाउन रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतिष्ठानले रचनात्मक काम गर्नुपर्ने मार्गचित्र ल्याएको छ । रबीन्द्रले सधै विकास र समृद्धिमा जोड दिए । त्यसैमा दत्तचित्त भएर लागे कसै प्रति आग्रह पूर्वाग्रह राखेनन् । दाउपेचको राजनीति गरेनन् ।
सरकारमा रहेको बेला पनि दाउपेचको राजनीति र अस्थीरता निम्त्याउने काम गर्नेहरु रबीन्द्रका विरुद्ध कसरी लागेका रहेछन् भन्ने खुल्दै गएको छ। रबीन्द्रले षड्यन्त्रको जालो तोड्दै जनतासंग घुलमिल हुने, सबैसंग नम्रता देखाउने, विकास निमार्णकका काममा लगनशिलता र पार्टी प्रति प्रतिबद्ध रहे।नेतृत्वलाई अपदस्त गर्न खोज्ने प्रवृत्तिको सधैं प्रतिवाद गरे।रवीन्द्र स्मृति प्रतिष्ठान षड्यन्त्र, तिगडम र अनैतिक कार्यका विरुद्ध विकास समृद्धि र स्थिरताका पक्षमा पैरवी गर्नुपर्दछ।नेकपालाई विभाजित गरेर राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउने, विदेशी प्रभाव बढाउने प्रवृत्ति र पात्रका विरोधमा नेपाली जनतालाई सचेत पार्ने काम भएमा रवीन्द्रले राखेको सोच र हिडेको बाटो पक्ष्याउनु अहिलेका लागि उपयुक्त हुनेछ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...