Pokharapatra National Daily

समृद्धिका सारथीको स्मरण

कास्कीका जनतले निर्वाचित प्रतिनिधि, नेकपाले युवा नेता रवीन्द्र अधिकारीलाई गुमाएको दुई वर्ष पुगेको छ । नयाँ विमानस्थल निर्माणको काममा लागेको बेला हेलिकप्टर दुर्घटनामा परेर विकासप्रेमी नेताको निघन भएको अवधि छोटो जस्तो देखिए पनि उनले गरेको कामले धेरैलाई स्मरण गराईरहेको छ । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाको मृत्यू भएको थियो । पर्यटनमन्त्री अधिकारीका साथ उनका अंगरक्षक अर्जुन घिमिरे, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एयरका मालिक आङछिरिङ शेर्पा, नागरिक उड्यन प्राधिकरणमा उपमहानिर्देशक बिरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुव दास, र चालक प्रभाकर श्रेष्ठ रहेका थिए ।
ताप्लेजुङको फुङलिङ नगरपालिका– १० सिस्ने भन्ने ठाउँमा हेलिकप्टर दुर्घटना भएको थियो । छानबिन समितिले दुर्घटनाको कारण चालक र अन्य यात्रुलाई औल्याएको छ । देशको समृद्धिको नारा बोकेको प्रधानमन्त्रीले भरोसा गरेकोे सारथि गुमाउनु पीडा देशले भोगेको छ । देशकै चर्चित पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेर नेतृत्वको क्षमता देखाएका कारण २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष भएका अधिकारी कै पालामा बिद्यार्थीले सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट, साहाज्यादा पारस बिरुद्ध हस्ताक्षर संकलन, कालापानी मार्च गरेर लोकप्रिय काम गरेका थिए । उनले गरेको काम कै कारण धेरैले आसु बगाएर उपनिर्वाचनमा त्यति नै मतान्तरमा श्रीमती बिद्या भट्टराईलाई जिताएर पठाए । केहिले मन्त्री बनेदेखि नै खेद्ने र समृद्धिको अभियानलाई रोकन गरेको यावत प्रयत्न जनताले असफल पारिदिए । प्रतिनिधी सभामा बिद्यालाई जिताएर रबीन्द्रलाई लगाएका आरोप जनताले खारेज गरिदिएका छन । उनको योजना कार्यान्वयन गर्न विद्यालाई जिताएका हुन। ०६२÷६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक–पटक गरी पांच महिना जेल बसेका उनी पार्टीको राष्ट्रिय परिषद् सदस्य, हुदै केन्द्रीय सदस्य बनेर नेतृत्वमा छाएका थिए ।
२०६४ देखि २०७० साल सम्म निरन्तर संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसदमा सक्रिय भूमिका निर्वाह गरेका थिए । सार्वजनिक लेखा र विकास समितिको सभापति रहेर खेलेको भूमिकाकै कारण उनलाई राष्ट्रिय राजनीतिको केन्द्र भागमा ल्याएको हो । २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं २ बाट निर्वाचित भएपछि अधिकारी, नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बनेर कास्की र गण्डकी प्रदेशले कहिल्यै नर्बिसने छाप छोडेका छन् । उनको योगदानलाई चिरस्थायी बनाउन रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठान गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतिष्ठानले रचनात्मक काम गर्नुपर्ने मार्गचित्र ल्याएको छ । रबीन्द्रले सधै विकास र समृद्धिमा जोड दिए । त्यसैमा दत्तचित्त भएर लागे कसै प्रति आग्रह पूर्वाग्रह राखेनन् । दाउपेचको राजनीति गरेनन् ।
सरकारमा रहेको बेला पनि दाउपेचको राजनीति र अस्थीरता निम्त्याउने काम गर्नेहरु रबीन्द्रका विरुद्ध कसरी लागेका रहेछन् भन्ने खुल्दै गएको छ। रबीन्द्रले षड्यन्त्रको जालो तोड्दै जनतासंग घुलमिल हुने, सबैसंग नम्रता देखाउने, विकास निमार्णकका काममा लगनशिलता र पार्टी प्रति प्रतिबद्ध रहे।नेतृत्वलाई अपदस्त गर्न खोज्ने प्रवृत्तिको सधैं प्रतिवाद गरे।रवीन्द्र स्मृति प्रतिष्ठान षड्यन्त्र, तिगडम र अनैतिक कार्यका विरुद्ध विकास समृद्धि र स्थिरताका पक्षमा पैरवी गर्नुपर्दछ।नेकपालाई विभाजित गरेर राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाउने, विदेशी प्रभाव बढाउने प्रवृत्ति र पात्रका विरोधमा नेपाली जनतालाई सचेत पार्ने काम भएमा रवीन्द्रले राखेको सोच र हिडेको बाटो पक्ष्याउनु अहिलेका लागि उपयुक्त हुनेछ ।

प्रतिकृया दिनुहोस्

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...