Pokharapatra National Daily

भ्रष्टाचारीप्रति कठोर बन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका काम कार्वाहीलाई लिएर प्रश्न उठ्ने गरेको छ । अख्तियारले साना माछा समातेर ठूला माछा छुन नसकेको आरोप लाग्ने गरेको छ । देशमा भ्रष्टाचार बढ्दै जाँदा कार्वाही पनि त्यही रफ्तारमा हुनुपर्ने जनअपेक्षा हो । अख्तियारका आयुक्तलाई घुस खाएको अभियोग लागेको छ।रक्षक नै भक्षक भएको भन्ने अवस्था आउनु दुखद हो । जनतामाझ गलत कुरा लैजाने तत्व पाएकाले सहि कुरा आउनुपर्ने जनमत छ । प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने प्रमुख आयुक्त राईले नागरिक समाज र जनअपेक्षाअनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्ने बताएका हुन् ।
नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानूनसम्मत ढङ्गले काम गर्ने प्रतिबद्धता ब्यवहारबाट देखाउने गरे । नेपालमा राजनीतिक स्थिरता हुँदा भ्रष्टाचारमन कमी आउने अस्थिरता हुने बितिक्कै भ्रष्टाचार बढ्ने गरेको छ । सरकार अदल बदल गर्ने चक्र शुरु हुनथालेमा भ्रष्टाचारी र विचौलीया सक्रिय देखिन्छन् । नेपालमा कुनै पनि सरकारले पूरा अबधि काम गर्न पाएको छैन । जति बेला बहुमतको सरकार बनेर राजनीतिक स्थिरता हुने अपेक्षा गरेको हुन्छ त्यही बेला सत्तारूढ दलमा विभाजन हुन्छ । सरकार भत्काउने र बनाउने खेलमा आर्थिक दुरुपयोग हुन्छ । भ्रष्टाचार मौलाउने अस्थिरता भएको बेलामा हो । भ्रष्टाचार नियन्त्रण गर्ने संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार दिएको छ । अख्तियारमा गत आर्थिक वर्ष मात्रै २५ हजार उजुरी परेको थियो । यसमा अध्ययन गरेर अख्तियारले ४४१ वटा मुद्दा दायर गरेको थियो । १८ वटा मुद्दा अकूत सम्पत्तिसँग सम्बन्धित थिए । उजुरीको संख्या बढ्ने–घट्ने भए पनि मुद्दा नै दायर गरिएको यो संख्या ऐतिहासिक हो । ट्रान्सपेरेन्सी इन्टरनेसनलले केही महिनाअघि सार्वजनिक गरेको प्रतिवेदनमा पनि नेपालमा घुस लिनेदिने दरमा कमी आएको उल्लेख गरेको थियो । जटिल राजनीतिक परिस्थति हुँदाहुँदै पनि प्राप्त यी उपलब्धिलाई सकारात्मक मान्नुपर्छ । तर अझै पनि यसमा मात्रै सन्तुष्ट भएर भने पुग्दैन ।
मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आएसँगै जनताका हर प्रकारका समस्या स्थानीय स्तरमै सम्बोधन हुन थालेका छन् । सिंहदरबारको अधिकार स्थानीय तहमा आएको प्रचार खुबै भयो । जनताले स्थानीय सरकारका काम कार्वाही नजिकैबाट हेर्न पाए । अख्तियारमा परेको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय स्तरमा भएको आर्थिक अनियमिततासँग सम्बन्धित छ । स्थानीय सरकारले आर्थिक अनुशासन पालना नगर्दा अख्तियारलाई गुहार्न पुग्छन् । स्थानीय सरकारले आफूलाई जनताको सेवक ठानेर काम गर्न जरुरी छ । जनताका गुनासालाई सकेसम्म छिटो सम्बोधन गर्नुपर्छ । वास्तविक अर्थमा सुशासन भनेको पनि यही नै हो । सुशासन र पारदर्शिताको सुरुवात पनि स्थानीय र जनता धेरै धाउनुपर्ने कार्यालयबाट हुनुपर्छ । पदीय दुरुपयोगमा संलग्न जोुसुकै भए पनि कारबाही गर्नुपर्छ । जनताका मागलाई सम्बोधन गर्न पनि कर्मचारीको आचरणमा सुधार आवश्यक छ । सानो तहमा जागिर खाएर करोडौं रकम कुम्ल्याउने प्रवृत्ति नेपालको प्रशासनवृत्तमा छ । साना माछा उपाधि दिने गरिएकाबाट जनता मारमा परेका छन । तिनले राजनीतिक संरक्षण पनि पाएका हुन्छन् । नीतिगत भ्रष्टाचार गर्ने ठूला माछा अख्तियारको फन्दामा पर्न नसकेको जनगुनासो छ । नीतिगत तथा अन्य ठूला प्रशासनिक भ्रष्टाचारमा संलग्नलाई चोख्याउने काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरोस् भन्ने सबैको माग छ । अख्तियारको कार्य क्षेत्रको दायरा पनि स्पष्ट हुन आवश्यक छ । प्रशासनिक र नीतिगत निर्णयको परिभाषा स्पष्ट हुनुपर्छ । अख्तियारको अध्ययनलाई छल्ने बहानामा प्रशासनिक कामलाई पनि नीतिगत मानेर मन्त्रिपरिषद्बाट निर्णय गर्ने पद्धतिमा सुधार आवश्यक छ ।
मुख्य कुरा सुशासनका लागि राजनीतिक शुद्धीकरण आवश्यक छ । अर्थप्रशासनमा देखिएको विकृति न्यूनीकरणका लागि साझा प्रतिबद्धता आवश्यक छ । यसको मुख्य जिम्मेवार सरकार स्वयं बन्नुपर्छ । महालेखापरीक्षकका प्रतिवेदनले औंल्याएका कमजोरी सुधार्नेतर्फ ध्यानु दिनुपर्छ । जहाँ भ्रष्टाचार बढी हुन्छ, त्यहाँ नागरिक अधिकार कमजोर हुन्छ । भ्रष्टाचारले कानुनी शासनमा चुनौती थपिदिन्छ र स्वतन्त्र प्रेसलाई नियन्त्रण गरिदिन्छ । सुशासन र सदाचार प्रणाली स्थापित गराउन नागरिक संस्थाले पनि सहयोग गर्नुपर्छ । भ्रष्टाचार रोक्ने काममा अख्तियारले नागरिकको सहयोग लिने वातावरण बनाएमा भ्रष्टाचारीलाई कानुनी र सामाजिक कार्वाहीको दायरामा ल्याउन सकिनेछ ।

प्रतिकृया दिनुहोस्

छठ पर्वको शुभकामना

नेपाल र भारतमा मनाइने चाडपर्व मध्ये तराई मधेश मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्त्व बढेर गएको छ । छठ पर्व मानिसमा भएको दुःख रोगभोक जस्ता समस्याहरुलाई...

दीपावलीको शुभकामना

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...

बडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान जीवन्त राख्न संशोधन गर

नेपालको संविधान जारी भएको नौ वर्ष पुरा भएको छ । संविधान कार्यान्वयन जाँदा असन्तुष्टिका स्वर पनि बढ्दै गएका छन् । संविधान जारी गर्दा असन्तुष्ट दलहरु...

साक्षरता अभियान प्रभावकारी बनाऊ

अन्तर्राष्ट्रिय साक्षरता दिवस ‘बहुभाषिक शिक्षाको प्रवर्धन ः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ मनाइएको छ । ५८ औं साक्षरता दिवस मनाईरहँदा अझै पनि...

व्यावसायिक हुन नसकेको निजामती

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको हो...