Pokharapatra National Daily

कांग्रेसको अप्ठ्यारो

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्थापना गर्ने फैसला पछि सत्ता सहकार्यको प्रस्ताव लिएर नेकपा प्रचण्ड–माधवकुमार नेपाल काङ्ग्रेस र जसपासंग पुगेका छन । सर्वोच्चको फैसला भएको भोलिपल्टै प्रचण्ड र नेपाल काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई सरकार गठनको प्रस्ताव लगेका थिए । बिहीबार जसपा नेताहरूलाई सत्ता सहकार्यको प्रस्ताव राखेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर सरकार बनाउने खेलमा नेकपाको प्रचण्ड नेपाल समूह सक्रिय छ।नेकपा कानुनी रुपमा विभाजन हुन नसके पनि सरकार कसरी बन्छ भन्ने स्पष्ट हुन सकेको छैन । सरकारको नेतृत्व गर्न काङ्ग्रेस सभापति शेर बहादुर देउवालाई प्रस्ताव गरेपनि नेकपा विभाजन नभै सजिलो छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने भएको छ । बिहीबार कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहसँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको छ । काङ्ग्रेस सभापति देउवाले प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनमा पनि संयुक्त रुपमा नजाने निर्णय गरेका थिए । नेकपा विभाजन नभई संयुक्त आन्दोलन नहुने निर्णय गरेका देउवाले सत्तामा पनि नेकपा विभाजन नभई नजाने निर्णय गराएर ओली हटाउन कस्सिएका नेतालाई गति तिब्र बनाउन दबाब दिएका छन । नेकपा विभाजन नभई काङ्ग्रेसलाई सरकारको नेतृत्व गर्ने आधार देखिदैन । बाहिर देखाउन दुवैसंग सहकार्य नगर्ने भनेको चाँडो विभाजन गर्न उक्साउनु हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कानुनी रुपमा एउटै भएका कारण उनीहरुले आधिकारिकता प्राप्त नगर्दासम्म सहकार्य नगर्ने निर्णय गराएको हो । अहिलेसम्म कानुनीरुपमा नेपाल कम्युनिष्ट पार्टी एउटै छ र त्यो दलको संसदीय दलको नेता प्रधानमन्त्री केपी शर्मा ओली नै छन्।कुन नेकपासँग सहकार्य गर्ने, सरकारमा जाने कि नजाने भन्ने सजिलो छैन ।कानुनी र नैतिक विषय हल नभई सहकार्यका विषयमा छलफल गर्नु कांग्रेसका लागि हतारो हो । नेकपा विभाजित भएर फरक–फरक पार्टी बने पनि निर्वाचन आयोगले अहिलेसम्म विभाजित गरिदिएको छैन । ओलीले निरन्तरता पाउने हुने कि भन्ने आशंका छ । केपीको विकल्प खोजेर कम्युनिष्ट पार्टीकै सरकार बनाउनुपर्ने मत पनि छ। कानुनी आधार तयार पारिसकेपछि मात्र सहकार्यको प्रस्ताव परिपक्व हुन्छ ।
काङ्ग्रेस नेताहरू सत्ताका लागि आतुर भए पनि तल्लो पङ्ति विपक्षमा बस्नुपर्छ भन्ने छ। सत्तामा जाने समय र आवश्यकता भए पनि कांग्रेसले परिपक्व निर्णय गर्नुपर्ने बाध्यता छ । प्रतिनिधि सभा विघटनपछि सर्वसम्मत निर्णय गरेको कांग्रेस आन्दोलनको मैदानमा भने विभाजित अवस्थामा मतका आधार बाँडिएको थियो । संविधानको रक्षाका पक्षमा उभिने कि चुनावका पक्षमा भन्दै रुमल्लिएको कांग्रेसको विवाद सर्वोच्चको फैसलापछि विवाद मत्थर भएको छ । काङ्ग्रेसको महाधिवेशन भदौमा हुने भएको हुँदा सरकार र पार्टीको नेतृत्व बाँडफाँड गरेर मात्र सहज देखिन्छ ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...