Pokharapatra National Daily

महिलालाई कानुनमा विभेद

देश र समाजले प्रगति गर्न महिला र पुरुषले समान रुपले अवसर पाउनुपर्छ । जुन देश र समाजले महिला र पुरुषबीच रहेको असमानता हटाएका छन त्यहाँ प्रगति भएको छ । अझै पनि महिला र पुरुष समान अवसरबाट बन्चित गर्ने कानुनमा सुधार हुन सकेको छैन । महिलालाई बंश र अंशमा समान हक दिन हिचकिचाउने नै नेतृत्वमा छन । नेपालमा महिलाले संविधानमा पाएको अधिकार कानुनबाट संकुचित पार्ने काम नागरिकता बिधेयकमा गरिएको छ । महिलालाई समान अवसर दिएमा आकाश नै खस्छ कि झैं गरेर कुर्लनेहरु सबै ठाउँमा हावी रहेसम्म राजनीतिक, आर्थिक र साँस्कृतिक विभेदको सिकार बनिरहन्छन भन्ने अध्ययनले देखाएको छ ।
चौतर्फी प्रगतिका बाबजुद अझै पनि महिलाको आर्थिक अवसरका लागि नियम कानुन नै बाधक रहेको अध्ययनले देखाएको छ । विश्व बैंकको अध्ययनले विश्वका राष्ट्रहरु लैगिक समानताको बाटोमा अग्रसर भए पनि महिलाहरु अझै पनि कानुनी झमेलामा अड्किएर आर्थिक अवसर प्राप्त गर्नबाट बञ्चित हुने देखाएको छ । कानुनी रुपमा अल्झाउनु समाजलाई पछाडि पार्नु हो । यो समस्यालाई कोभिड १९ सिर्जित स्वास्थ्य तथा आर्थिक सुरक्षाको थप चुनौती खडा गरेको छ । धेरै क्षेत्र तथा उपक्षेत्रमा ‘वुमन, बिजनेस एन्ड ल २०२१’ मा महिलाको आर्थिक समावेशीकरणमा आएका बाधा हटाउन गरिएका प्रयास सुस्ताएको उल्लेख गरिएको छ । अध्ययनमा पुरषसँग भएको न्यायिक अधिकारको एकतिहाइमात्र महिलालाई दिइएको उल्लेख गरिएको छ । प्रतिवेदनमा भनिएको छ, “महामारीभन्दा अघि नै महिलाहरु प्रतिकुल परिस्थितिमा रहेकामा कोरोनाले सरकारी पहल झनै सिमित बनाएको छ ।
“थप सबल विकास सुनिश्चित गर्न महिलाहरु अर्थतन्त्रमा पूर्णरुपमा समावेश हुन जरुरी रहेको विश्व बैंकको मान्यता छ । धेरै देशमा महिलाको आर्थिक पहुँच बढाउन उल्लेख्य प्रयास भएपनि केही देश विपरित गतिमा हिँडेको विश्व बैंकको बुझाई छ । नेपालले पुरुष अभिभावको अनुमति बिना यात्रा गर्ने छुट नदिने प्रयासले असमानताको उजागर गराएको छ । महामारीले महिलालाको हकमा प्रतिकुल हालका असमानता अझै बढाएको छ ।यस्ता बाधाले विद्यालय जान तथा रोजगारीका अवसर पाउनबाट बञ्चित गरेका छन् । महिलाहरु अझैपनि घरायसी हिंसा, स्वास्थ्य र सुरक्षाको चुनौती भोगिरहेको अध्ययनले देखाउँछ । विश्व बैंकले महिलाहमा वित्तीय पहुँच हुनुपर्ने, पुरुषझैं न्यायिक समानता हुनुपर्ने मान्यता समाजलाई प्रगतिको दिशामा अघि बढाउने कदम हो ।

प्रतिकृया दिनुहोस्

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...

तिहार पर्वको शुभकामना !

नेपालीहरुको ठूलो चाड दीपावली (तिहार) शुरु भएको छ । नेपालमा तिहार हिन्दु मात्र होइन धेरैजसो नेपालीले मनाउने गर्दछन । तिहारमा सन्देशबाहक काग, घरको रक्षक कुकुरका...