Pokharapatra National Daily

अबैध मोवाइल कारोवार रोक्न माग

नेपाली बजारमा मोवाईल फोनको बिक्री वितरण करिब साँढे दुई दशकदेखि हुदै आएको पाइन्छ । नेपालले विभिन्न देशबाट आयात गर्ने बस्तु मध्य मोवाईल फोन पनि ठुलै मात्रमा आयात गर्ने गरेको छ ।
नेपालमा बर्षेनी करिब ३० अर्ब मुल्य बराबरको कानुनी मान्यता प्राप्त ढंगले र अबैध (ग्रे) मोवाइलका करिब ५० प्रतिशत जसो मोवाईल फोन भित्रिने गरेको मोवाइल फोन इम्पोर्टर्स एशोशियसनका अध्यक्ष दीपक मल्होत्राले बताए । नेपालमा भित्रिएको अबैध मोवाइलले आम उपभोत्ताहरुलाई समेत यसले ठुलो असर पार्ने भएको नेपाल मोवाइल वितरक संघ गण्डकी प्रदेशको ५ औं साधारण सभा तथा तेश्रो महाधिवेशसनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले उत्त कुरा बताएका हुन् ।
विगत साँढे दुई बर्ष देखि नेपालमा चोरी डकैतिका मोवाइल तस्खरीहरुले मोवाइलको अवैध कारोवार गर्न प्रसय पाएको उनको भनाइ छ । अर्थमन्त्री युवराज खतिवडा अर्थमन्त्रीमा नियुत्ती भएसंगै भ्याट फिर्ता लिने निर्णय गरेकोले देशमा भारतका चोरीका मोवाइलको कारोवार गर्ने गिरोहले प्रसय पाएको अध्यक्ष मल्होत्राले दाबी गरे । उनले भने “मोवाइलको कारोवार बजारमा व्यापक भएको छ, यसमा हाम्रो ट्याकिङ गर्ने सिस्टमको विकास नहुदा अबैध मोवाइल कारोवार गर्ने मोवाइल तस्खरीहरु निकै मौलाएका छन, उनीहरुलाई राज्यले पनि हालसम्म नियन्त्रण गर्न सकेको छैन् ।” नेपाल मोवाइल वितरक संघका केन्द्रिय अध्यक्ष दीनेश चुल्याधोले नेपालमा चोरी गरेका मोवाइल भारतमा र भारतमा चोरी भएका मोवाइल नेपालमा केही सहुलियत दरमा अझै पनि बजारमा छ्याप्प छ्याप्ती बिक्री वितरण हुदै आएको दाबी गरे । यस्ता अबैध मोवाइल बिक्रि वितरणलाई रोक्न एम.डी. सिस्टम लागु गरी मोवाइल ट्याकिङ गर्नुपर्ने टट्कारो आवश्यक भएको उनको भनाई थियो ।
एशोशियसनका उपाध्यक्ष संजय अग्रवालले विगत एक दशक देखि नेपालमा मोवाइलमा क्रान्ति आएको बताउदै कोरोना मोवाइल व्यवसायीहरुको लागि ठुलो अवसर र चुनौतीको रुपमा देखा परेको जनाए । गत बर्ष मात्र बैध रुपमा करिब ३० अर्ब मुल्य बराबरको मोवाइलको कारोवार नेपालमा भएको उनको दाबी छ । दक्ष जनशित्त अभाव, नेपालमा उत्पादन हुने मोवाइलको बजार सानो भएकोले गर्दा विश्व बजारसंग प्रतिष्प्र्रा गर्ने मोवाइल कम्पनाी नेपालमा खोल्न निकै कठिन भएको उपाध्यक्ष अग्रवालले बताए । करिब ५० प्रतिशत जसो बजारमा अबैध मोवाइलको कारोवार हुदा यसलाई रोक्न वालुवाटारसम्म पुगे पनि हालसम्म नियन्त्रण हुन नसकेको उनको भनाई छ । संघका केन्द्रिय महासचिव रघु त्रिपाठीले पोखरा र गण्डकी प्रदेशमा पनि अबैधका मोवाइलको ठुलै कारोवार हुने गरेको दाबी गरे । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले व्यवसायीहरुले उपभोत्ता मुखी भई सेवा संचालन गर्नु पर्ने बताउदै व्यपार घाटा घटाउने तर्फ व्यवसायीक उन्मुख हुन आग्रह गरे । पोखरामा मोवाइल बैंकिङ करिब एक प्रतिशतले मात्र प्रयोग गर्ने गरेको उनको भनाई थियो । पोखरा उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष गोकर्ण कार्कीले ३० अर्ब भन्दा बढी मोवाइल आयात हुने नेपालमा उत्पादन गर्न तर्फ समेत ध्यान दिन व्यवसायीलाई आग्रह गरे । वडा प्रहारी कार्यालय बैदामका डि.एस.पी. चिनुमाया तामाङले मोवाइलमा ट्याकिङ सिस्टम नहुने र चोरीका मोवाइल प्रयोगकर्ताले सिम कार्ड विना इन्टरनेट सेवा सहितको सुविधा प्रयोग गर्न मोवाइल संचालन गरेकोले गर्दा प्रहरीलाई टाउको दुखाइ भएको गुनासो गरिन् ।
संघ गण्डकीका अध्यक्ष शिवराज पहारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा इलेक्ट्रोनिक व्यवसायी संघका अध्यक्ष ददिराम दाहाल, संघका उपाध्यक्ष शुसिल गुरुङ, महासचिव जीवन ढुंगना लगायतले अबैध रुपमा हुने गरेको मोवाइल कोरोवारलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । पोखरामा सम्पन्न भएको ५ औं साधारण सभा तथा तेश्रो अधिवेसनले मनोहर प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको बरिष्ठ उपाध्यक्षमा सुशील कुमार गुरूङ्ग, उपाध्यक्षमा जीवन ढुगांना, सचिवमा बिनोद केसी, सह सचिवमा चिन्तामणी खरेल, कोषाध्यक्षमा सुनिल श्रेष्ठ र अन्य सदस्यहरूमा सुदिप कँडेल, पुरूषोत्तम पौडेल, मुक्तिनाथ त्रिपाठी, केशब पराजुली र संजय श्रेष्ठ सर्वसम्वत रुपमा चयन भएका हुन् । संघको मनोनित सल्लाहकारमा शिबराज पहारी एवं दिनेश श्रेष्ठ रहेकाछन ्।

प्रतिकृया दिनुहोस्