Pokharapatra National Daily

युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारीको १७ औं वार्षिक साधारण सभा

युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कास्की जिल्लाभर कार्यक्षेत्र रहेको यस सहकारीको कार्यक्रममा प्रमुख अतिथि सहकारी रजिष्टार कार्यालयका शाखा अधिकृत चोलाकान्त वाग्ले रहेका थिए भने विशेष अतिथि साइन रेसुङ्गा बैंकका पूर्व सिइओ प्रकाश गुरुङ रहेका थिए । यसैगरी कार्यक्रमा अतिथि सिडिई किसान सिंह गुरुङ रहनु भएको थियो । कार्यक्रममा शिक्षा उपसमिति संयोजक विमल गुरुङले सहकारीका सात सिद्धान्त बाचन गर्नु भएको थियो भने कार्यकारी प्रमुख संगम पोखरेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष दान बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष पूर्ण बहादुर गुरुङले वार्षिक प्रतिवेदन र आगामी आ.व.का कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । सचिव कमला गुरुङले सचिवको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन संयोजक शुशील कुमार श्रेष्ठले र कोषाध्यक्षको प्रतिवेदन पदम बहादुर गुरुङले प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा उत्कृष्ट कार्यसम्पादकबाट कार्यकारी प्रमुख संगम पोखरेललाई सम्मान गरिएको थियो भने कर्मचारी बजार प्रतिनिधि यूनिसा गुरुङ, बचत कर्तामा जित बहादुर गुरुङ, भोविन्द्र विश्वकर्मा, भिमकुमारी राई, उत्कृष्ट ऋणी गोविन्द प्रसाद भुसाल, उत्कृष्ट बाल बचत कर्ताबाट प्रविशा गुरुङलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा रिक्त रहेको संचालक समिति सदस्य पदमा सु. भोज बहादुर गुरुङ र लेखा समिति सदस्य पदमा जितबहादुर गुरुङलाई निर्वाचन संयोजक अधिवक्ता महेन्द्रमान व्यथितले नियुक्त गनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष पूर्ण बहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने संचालन सचिव कमला गुरुङले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्