Pokharapatra National Daily

उपकार बचत तथा ऋण सहकारी संस्था लि. को १८ औं साधारण सभा सम्पन्न

पोखरा महानगरपालिका वडा नं. ६, नारेश्वर स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि. को १८ औं साधारण सभा सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं. ६ की वडा सदस्य एवम् शेयर सदस्य पवित्रा थापाले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा संस्थाका कार्य समिति सदस्य भगिरथी थापा क्षेत्रीले सहकारीको सात सिद्धान्त वाचन गर्नु भएको थियो भने संस्थाका सचिव कृष्ण कुमारी घिमिरे पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष सुन्दर राज पहारीले स्वागत मन्तव्य दिदै सुरु भएको कार्यक्रममा, शेयर सदस्यको तर्फबाट तुलसी दाहालले आफ्नो भनाई राख्नु भएको थियो ।
संस्थाको बित्तीय जानकारी दिदै कोषाध्यक्ष बैकुण्ठ ढुङ्गानाले जम्मा निक्षेप २९ करोड ६८ लाख ३९ हजार ५ सय ३७ रुपैया ९५ पैसा रहेको, कर्जा तर्फ २१ करोड ६० लाख ५९ हजार ५ सय १५ रुपैयाँ ९५ पैसा र शेयर पूँजी ७ करोड ८१ लाख ६७ हजार ८ सय रुपैयाँ रहेको बताउनुभयो । कार्यक्रमा गत आ.ब. २०८१÷८२ मा असल कारोबार गर्ने विभिन्न बिधामा शेयर सदस्यहरुलाई सम्मान पत्र, नगद तथा दोसल्ला ओडाएर सम्मान पनि गरेको थियो, जस अनुसार असल कारोबारीमा शेयर सदस्य राम कुमार श्रेष्ठ तथा निरमाया श्रेष्ठ, मुद्दती बचत तर्फ नारायणी पहारी, बाल बचत तर्फ गौरव पहारीलाई सम्मान गरिएको हो ।
प्रमुख अतिथिको तर्फबाट पबित्रा थापाले शेयर सदस्यहरुले आफ्नो सम्पुर्ण कारोबार इमान्दारीताका साथ आफु शेयर सदस्य भएको सहकारीबाट गरे सहकारीलाई आजको बिषम परिस्थितीमा सहज हुने बताउनुभयो ।
सम्पूर्ण शेयर सदस्यहरुलाई धन्यबाद सहित आउदै गरेकोे बडा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना दिदै संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले कार्यक्रमको समापन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्